×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाद काफ्ले भन्छन्,’लगानी गर्नुअघि सर्तकता अपनाउनुहोस्’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुर्गा प्रसाद काफ्ले भन्छन्,’लगानी गर्नुअघि सर्तकता अपनाउनुहोस्’

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दुर्गा प्रसाद काफ्ले 

नेपालको पुँजी बजारमा केही समययता निरन्तर गिरावट आउने क्रम जारी छ । दिनहुँ बजारमा गिरावट आइरहेकाले यो अवस्था कहिलेसम्म हो र बजार कति तलसम्म झर्ने हो भनेर अहिल्यै विश्लेषण गर्न सकिने अवस्था छैन । तर, पुँजी बजारमा बढ्दा या घट्दा धेरै नै हल्ला धेरै नै चल्ने भएकाले बजारमा किन यस्तो भइरहेको छ भनेर समिक्षा गर्नुपर्ने अवस्था आएको छ । पुँजी बजारमा आएको गिरावट स्वभाविक हो कि अस्वभाविक ? यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८८८ अंकमा पुग्यो कि पुर्याइयो ? अब यी कुराको समिक्षा गनुपर्ने भएको छ ।
नेपालको पुँजी बजार सानो छ । केही समूहको हातमा बजार रहेकाले उनीहरुकै स्वार्थका आधारमा बजारमा उतारचढाव देखिदै आएको छ । ठुला कहलिएका लगानीकर्ताकै पहुँचमा नेप्से, धितोपत्र बोर्ड र राष्ट्र जस्ता नियामक निकाय रहेकाले नेपालको पुँजी बजारमा उनीहरुले चाहे अनुसारका नीति अघि ल्याइएको छ ।
यो अवस्थामा बजारमा आएको तिव्र उतारचढावबाट सबैभन्दा पिडित साना लगानीकर्ता छन् । उनीहरुको समस्यालाई कसैले नजरअन्दाज गरेको छैन । अस्तव्यस्त अवस्थामा चलिरहेको पुँजी बजार ठुला व्यक्ति मोटाउने र साना लगानीकर्ता फस्ने ठाउ भएको छ । साना लगानीकर्तालाई विभिन्न बहाना बनाएर सजिलै फसाउने गिरोहहरु सक्रिय छन् । यसर्थ बजार सुधार र लगानीकर्ताको संरक्षणका लागि पुँजी बजारमा पनि ‘कुलमान’ को आवश्यक्ता त ।
साना लगानीकर्ता फसाउने शुत्र
  • मिडियामा गलत प्रचारबाजी गर्दै कम्पनीका बारेमा गलत हल्ला फिजाउने 
  • नेप्से २५०० ५००० अंकमा पुग्छ जस्ता हल्ला
  • सेयर बजारमा स्वर्णिम युग सुरु भयो भन्ने
  • धितोपत्र बोर्ड र नेप्सेलाई विज्ञप्ती जारी गर्न लगाउने
  • मन्त्री भेट्ने
  • सेयर सधै होल्ड गर्नुपर्छ भनेर हल्ला फिजाउने
  • अस्वभाविक रुपमा कम्पनीको मूल्य बढाउने
  • म्याचिङबाट मूल्य बढाउने तथा घटाउने

साना लगानीकर्ताले सचेत हुनुपर्ने विषय
सेयर बजारमा गरिएको आफ्नो लगानी सुर्रिक्षत गर्न लगानीकर्ताले केही सतर्कता अपनाउनुपर्छ । यसका लागि पुँजी बजारको बारेमा पर्याप्त ज्ञान लिएर मात्र लगानी गर्नुपर्छ । बजारमा लगानी गर्नुअघि बजारलाई असर गर्ने राजनीतिक, कानुनी, प्रविधि, आर्थिक, वातावरण, अवसर, लगायतका विषयहरुको गहिरो विश्लेषण गर्न सक्ने हुनुपर्छ । यी कुराहरु विश्लेषण गर्न नसक्ने व्यक्तिहरु सिधै पुँजी बजारमा नछिर्दा बेस हुन्छ । लहैलहैमा गरिएको लगानी जोखिमपूर्ण हुनसक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: