
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – विगतका वर्षमा इलाममा किसानलाई बारीमै सुन्तला कुहिने चिन्ताले किसानलाई सधैँ सताउने गर्थ्यो तर, यो वर्ष भने बगानबाटै सुन्तला बिक्री भएपछि किसान ढुक्क भएका छन्। इलाम नगरपालिका ८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यापारीहरु घरमै आएर बगानबाटै सुन्तला किनेर आफैँ टिपेर लान्छन् सुन्तला बिक्रीमा कुनै समस्या नै छैन।’
सदरमुकाम ७ स्थित गरिमा टोलका उमेश महतले आफ्नो बगानमा भएका ५०० वटा बोटका सुन्तला बगानबाटै सुन्तला व्यापारीलाई ५ लाख ५० हजारमा बेचे। १० रोपनी क्षेत्रफलमा रोपिएको बगानबाट उनले वर्षेनी मनग्गे आम्दानी लिने गरेका छन्। गरिमा टोलकै अन्य किसानले लाख बढीको सुन्तला बिक्री गरिरहेको महतले बताए।
विशेष गरि इलामको जिर्मलेमा सुन्तलाको उत्पादन धेरै हुने गरेको छ। अन्य गाविसहरु गोदक, नाम्सालिङ, सोयाङ, सुम्बेक, सुलुवुङ, सोयाक र इलाम नगपालिकामा पनि सुन्तलाको उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाश मणि काफ्लेले बताए। इलामको सुन्तला स्थानीय बजारमा नै बिक्री भइरहेको सुन्तला व्यापारीहरुले बताए। अहिले इलाममा सुन्तला ८० रुपैयाँ प्रतिकिलोदेखि राम्रो ग्रेडिङ गरेको सुन्तला १२० रुपैयाँ किलोसम्ममा बिक्री भइरहको छ।
इलामको सुन्तलाले झापाका ठूला तथा साना बजारका साथै छिमेकी मुलुक भारतको सिलिगुडी र कोलकत्तामा समेत बिक्री हुने गरेको छ। यहि वर्ष मङ्सिरमा मात्र पनि जिर्मलेका किसान मेची पर्यटनको सहयोगमा भारतको कोलकत्तामा भएको ‘हिमालयन ओरेन्ज फेस्टीवलुमा सहभागी भइ इलामको सुन्तला बिक्री गरेको मेची क्षेत्र विकास पर्यटन प्रर्वधन समितिका केशव द्यौरालीले जानकारी दिए। इलाममा अहिले ३४० हेक्टर क्षेत्रफलमा सुन्तलाको खेति भइरहेको छ।
इलाममा गत वर्ष ३५२३ मेट्रीक टन सुन्तला उत्पादन भएको थियो। गतवर्षको तुलनामा ३।५ प्रतिशतले सुन्तला खेतीको क्षेत्रफमा वृद्धि भएको भए पनि विभिन्न रोगहरुको कारणले उत्पादनमा भने गत वर्षको भन्दा वृद्धि नहुने योजना अधिकृत काफ्ले बताए। उनका अनुसार इलामको सुन्तलामा विषेश गरि क्यङ्करले सताउने गर्छ, जुन मानिसमा लाग्ने क्यान्सर जस्तै हो।
अन्य केहि रोगका नमुना कृषि अनुसन्धान केन्द्र पाख्रिवास धनकुटामा गतवर्ष पठाइए पनि अहिलेसम्म त्यसको रिपोट आइपुगेको छैन, पठाइएको नमुनाको रिपोर्ट आइपुगेपछि रोगहरुको समाधान हुने काफ्लेले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्