×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो लगानी, मेरो अधिकार…! किन गर्दैछ नेप्से बैंकले लाइसेन्स दिन छेकबार ?

PRIME CA

मेरो लगानी, मेरो अधिकार…! किन गर्दैछ नेप्से बैंकले लाइसेन्स दिन छेकबार ?

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • संजीत सिटौला

जब नियामक निकायनै आँखा देख्दैन, अनि आफ्नो कुर्सीको दुरुपयोग गर्न लाग्छ, भ्रस्टाचारीको पोषण गर्न तल्लीन हुन्छ र कमाऊ धन्दामा लाग्छ । हामीजस्ता पहुँच विहीन लगानीकर्ता सड़कमा आउन केबेर लाग्छ । सम्पति हाम्रो,  लगानी हाम्रो,  तर त्यसमा रजाई दलालको कहिलेसम्म ? जब  लगानीकर्ताको पक्षमा निर्णय हुदैन भने, के को लागि चाहियो निमयाक निकाय ? अहिलेको समय भनेको नियामक निकाय भ्रस्टाचारमा चुर्लुम्म डुबेको छ । उ फगत ब्रोकर बनेको छ । उसको नियत प्रष्टै छ, केबल निहित स्वार्थको लागि आम लगानीकर्तालाइ बन्दी बनाउनु उसको नियत हो । 
प्रसंग शेयर बजारको हो, हिजोआज बजार घटेर चिन्ता लिनुभन्दा आम लगानीकर्ताको पक्षमा कसरी नीति बनाउन सकिन्छ भन्ने हो । बिगत केहि समयबाट शेयरको आपूर्ति मात्रा करीब करीब ५ गुना सम्म बढेको छ । बोनस र राईटले गर्दा आपूर्ति त बढ्यो तर माग यही छ । नयाँ  माग सृजना हुन सकेको छैन । नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम  सुन्य प्राय नै छ । भएको लगानीकर्तानै बाजारको अवस्थाले विस्थापित हुने अवस्था छ । त्यसैले बजारमा नयाँ माग सृजना गर्न नसकीए  कतिको घर- खेत जाने निश्चित छ । 
नियामक निकायको कर्तव्य दलाल र भ्रस्टचारीको साथ दिनु होइन ।  आम लगानीकर्ताको हीतमा काम गर्नु हो । तर त्यस्तो हुन सकेको छैन ।  प्रश्न उठ्छ माग सृजना गर्ने कसले त ?  पक्कैपनि  नियामक निकायले नै हो ।  तर हाम्रो देश न हो,  दलालले सरकार चलाउछ,  दलालले जनताको लगानी डुबाउछ, नेप्सेको अधिकांस कर्मचारीको  ब्रोकर मा लगानी छ ।  अनि किन गरुन् सर्वसाधारणको हित ?
अहिलेको बजार प्रतिस्पर्धाको बजार हो .प्रतिस्पर्धामा जसले जित्छ, उसले बजार कब्जा गर्छ । हार्ने बजारमा बिलीन हुन्छ । त्यसैले बजारलाई प्रतिस्पर्धी बनाउन बैंकलाई  पक्कै लाइसेन्स दिनैपर्छ । अनिमात्र लगानीकर्ताको हीत हुनेछ । जहाँ राम्रो सेवा पाइन्छ,  त्यही सेवा लिने दिनको सुरवात हुने छ ।  साथै बैंकलाई लाइसेन्स दिएपछि पक्कैपनि बजार बिस्तर हुनेछ । कालीकोटका जनताले शेयर किन्न पाउनेछन्  त मुगुकोले बेच्न ।  अनि पो बढ्छ बजार ।
त्यसैले अहिले आफ्नो अधिकार पाउनको लागि लड्नुपर्छ । साथै नेपाली पूँजी बजारको बिकासका लागि निम्न कुरा अति अवास्यक छ . 
१ गैर आवासीय नेपालीलाई लगानी गर्न दिनैपर्छ । 
२ बजार निर्माताको लागि नागरिक लगानी कोष र संचय कोष लाइ बजार प्रवेश गराउनुपर्छ । 
३ मार्जिन ट्रेडिंङको ब्यबस्था गर्नुपर्छ । 
४ अनलाइन ट्रेडिंङको ब्यबस्था गर्नुपर्छ ।  
५ बैंक लाइ ब्रोकर लाइसेन्स दिनुपर्छ ।  
६ र स्टक डीलरशिपको ब्यबस्था गर्नुपर्छ ।
र अन्त्यमा हामी लगानी कर्ताले बुझ्नै पर्छ” मेरो लगानी मेरो अधिकार किन गर्दैछ नेप्से  बैंकले लाइसेन्स दिन छेकबार ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: