×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियता : दायित्व र कर्तव्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रियता : दायित्व र कर्तव्य

Artha Sarokar

२५ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • भुवन रोका 

जापानमा एक जना बिद्यार्थिलाई सेवा दिन बर्षौदेखि एउटा  रेल गुडिरहेको छ भन्दा अचम्म लाग्न सक्छ । तर जापानको सिराताकी बस्ने एक छात्रालाई स्कुल ओसारपसार गर्न मात्र एउटा रेल सिराताकी स्टेशनमा रोकिन्छ । ग्रामिण वस्तीमा सरसामान ओसारपसार गर्ने काम सकिएकोले तीन वर्ष अघि जापानी रेल्वे संस्थानले सो ट्रेन बन्द गर्ने योजना बनाएको थियो। तर सो ग्रामिण वस्तीमा कुद्ने ट्रेन मार्फत उक्त छात्रा स्कुल आवतजावत गर्छिन भन्ने खबर पाएपछि रेल्वे संस्थानले उनको स्कुल अबधि भरी सो रेललाई सुचारु राख्ने भएको हो। आसाही पत्रिकाको अनुसार अध्ययन गरिरहेकी ती छात्राको पढाई २०१६ मार्च २६ मा सकिन्छ। उनको पढाई सकिना साथ जापानी ट्रेन स्टेशनले सो ट्रेनलाई बन्द गर्नेछ । एक स्कुले विधार्थी प्रति जापानी सरकारले निर्वाह गरेको भूमिका र दायित्व साच्चिकै सम्मान योग्य छ । 

अब कल्पना गरौ यी छात्रालाई आफ्नो देश प्रतिको माया कति होला ? सरकारले गरेको कार्य प्रति सम्मान कति होला ? के यिनले बिदेश जाने कुरा सोच्न सक्छिन् त ? बिदेशनै गए पनि आफुले राष्ट्रलाई गर्नुपर्ने कर्तब्य भुल्न सक्छिन् त ? यी यस्ता धेरै प्रस्नहरु उठ्न सक्छन् यो परिबेशमा । 
हामी नेपालीहरु सबैभन्दा ठुलो स्वरले राष्ट्रियता भनेर हरेक दिनजस्तो कराउछौँ, कसैले सुन्दैनकी भनेर सडक बन्द गरेर चिच्याउछौँ ठुलो ठुलो स्वरमा । तर न त राज्यले राष्ट्रियता बचाउन आफ्नो दायित्व पुरा गर्न सकेको छ, न त नागरिक तहमा राष्ट्रियताको सहि बहस भएको छ । आखिर के हो राष्ट्रियता ? 
राष्ट्रको सिमानालाई माया गर्नु मात्र पनि राष्ट्रियता होईन । राष्ट्र भित्र रहेका बिबिधताको समान सम्मान र दिर्घकालीन संरक्षण र प्रबर्धन गर्न सक्नु नै राष्ट्रियता हो । सरल भाँषामा भन्नु पर्दा काठ्माण्डुमा जस्तै जुम्लामा पनि शिक्षाको अबसर प्रदान गर्नु राष्ट्रियता हो । जुम्लाको स्याउ र झापाको धान साटासाट गर्ने भावनाको निर्माण हो राष्ट्रियता । राज्यले हरेक लिंग, जातजाती, भाषा, धर्म, क्षेत्र, वर्ण आदी बिबिधताको बिचमा सबैलाई समान स्नेह र अबसर दिन सक्नु नै राष्ट्रियता हो । 
राष्ट्रियताको निम्ति सरकारको दायित्व:
“राष्ट्रले के दियो भन्दा पनि राष्ट्रलाई के दिन सकिन्छ ।” यो भनाई केवल आदर्समात्र हो । वास्तविकतामा  त देश चलाउन जिम्मेवार लिएका प्रशासकहरु हरेक नागरिकहरुहरु प्रति उत्तरदायी हुनुपर्ने दायित्व पहिलो हो किनकी भर्खर जन्मिएको बालकले देशलाई योगदान गर्न सक्दैन् । सरकारले देशको सिमानाको रक्षा र जनताको आबस्यक्ता पुर्ति गर्न सक्नु पर्छ । देशैभरि जन्मिएका बालकलाई स्वास्थ्य र शिक्षा जस्ता आधारभुत आवस्यक्ताहरु समान रुपले प्रदान गर्नु पो राष्ट्रियता हो । तर सिमीत बिद्यार्थीहरुलाई सुबीधा सम्पन्न बिद्यालयहरुमा सरकारले निःशुल्क पढाईरहेको हुन्छ, सिमीत बिद्यार्थीहरु महॉंगा बिद्यालयहरुमा शिक्षा किनीरहेका छन् , केही विद्यार्थी बिना छानोको स्कुलमा सुविधा बिना नै पढ्न बाध्य छन् र केही शिक्षाको पहुँच भन्दा बाहिर छन् । सरकारले स्वास्थ्य सेवामा असमानता देखाएको छ । हरेक नागरिकलाई समान रुपले सुरक्षाको प्रत्याभुति दिलाउन सकेको छैन् सरकारले । 
राजनैतिक व्यवस्था परिबर्तन भए पनि ईतिहासमा सामन्त बर्गले चलाएको शक्ति केन्द्रकृतको निरन्तरता नै हो आजसम्मको सरकार । सधै आफ्ना वरीपरी भएकाहरुलाई मात्र देख्छ र दायित्व सम्झन्छ सरकार । ईतिहास देखि अहिल्य सम्म शहर केन्द्रित भयो सरकार । सबै जातजाती, भाषा र धर्मलाई समान सम्मान गर्न सकेको छैन राष्ट्रले । धेरै गाऊँहरुलाई नै उपेक्षा गरेको छ सरकारले । सिमानामा बस्ने नेपालीको पिडा सुन्न सकेको छैन सरकारले ।
राष्ट्रियताको निम्ति  ब्यक्तिको कर्तव्य :
सामान्य अर्थमा हरेक ब्यक्तिले आफ्नो देशको सिमाना भित्र रहेका हरेक पक्षलाई माया गर्नु नै राष्ट्रियता हो । एक अर्काको भावना, धर्म, संस्कृतिलाई सम्मान गर्नु राष्ट्रियता हो । हरेक ब्यक्तिले राष्ट्रको कानुनको पुर्ण पालना गर्नु राष्ट्रियता हो । राष्ट्र सफा होस भनेर आफ्नो आँगन बढार्नु, हरियाली जोगाउन एउटा रुख रोप्नु पनि हरेक नागरीक को कर्तव्य हो साथै राष्ट्रिय सम्पत्तीको संमक्षण गर्नु पनि हरेक ब्यक्तिको कर्तब्य हो । तर जब एकै दिन जन्मिएका दुईजना बालकहरुलाई सरकारले भेदभाव गरि एउटालाई राम्रो शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्छ र अर्कोलाई उपेक्षा गर्छ भने के उनीहरुमा समान क्षमताको बिकास हुन्छ त ? के राष्ट्र निर्माणमा दुबैको समान दायित्व हुन सक्छ त? 
यो भेदभावपूर्ण अधिकारले राष्ट्र निर्माणमा हरेक ब्यक्तिको दायित्वलाई पनि प्रभाव पारेको छ । राष्ट्र निर्माणमा ब्यक्तिको पहुँचलाई असर पारेको छ । केही ब्यक्तिहरु पुस्तौ पुस्ता सत्तामा रहेर राज्यको सुबिधामा राज गरिरहेका छन् भने अर्कोतिर केही ब्यक्तिहरु युगौ देखि पुस्तौ पुस्ता राज्यले प्रदान गर्नुपर्ने वा गरिरहेको अधिकारबाट पनि बन्चित छन् । संबिधानमा समानताको कुरा उल्लेख गरिएको भए पनि ब्यबहारमा त्यसको प्रत्याभुति गर्न गराउन सकिएको छैन् । यो असमानता र बिभेद किन ? जसलाई राष्ट्रले हरेक सुबिधाहरु दिएर गुणस्तरिय भनिएको शिक्षा र स्वास्थ्य प्रदान गर्यो उनिहरुले के योगदान गरे देशको लागी ? दुर्गम क्षेत्रको एउटा बालक जसलाई सरकारले सधै उपेक्षा गर्यो, उसले किन राष्ट्रलाई माया गर्ने? 
अन्तमा 
यो असमानताको अन्त्य नभएसम्म गरिएका राष्ट्रियताको कुरा खोक्रो र अर्थहिन छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी