
भुवन रोका
देश त देशमा हुदा दुख्छ किनकी थुप्रै समस्याहरु देखिन्छन् देशमा । अस्थिर राजनिती, बेरोजगार, गरीबी, बन्द, भ्रष्टचार आदी थुप्रै समस्याहरु बिद्यमान छन् देशमा । हिजो र आजलाई नियालीरहदा भोली पनि कतै यस्तै समस्यामानै रहने त होईन समाज भन्ने आभास हुन्छ र आफ्नो भबिस्य सुनिश्चित गर्न बिदेशिन्छन् युवाहरु । देशमा रहेर देश बनाउनु पर्छ भन्ने आदर्श र दर्शनले कसैको पनि आबस्यकता पुरा हुदोरहेनछ भन्ने यथार्थतालाई झल्काउछ यसले । यसरी लाखौ युवाहरु बिभिन्न उदेस्य बोकेर बिदेशिन बाध्य छन् ।
बाध्यता र जिम्मेवारीको कुम्लोसंगै आफन्तहरुबाट अझ देशैबाट टाडा हुनुपरेको पिडा बोकेकाहरुले जब बिदेशि भुमिमा पाईला टेक्छन् दुख र सुख एकैचोटी अनुभव गर्न पाउछन् । एकातीर बिकासका चमत्कारहरु देखेर मननै प्रफुल्ल हुन्छ तर अर्कोतीर आफ्नो देश यस्तो किन नभएको होला वा कहिल्य हुन्छ होला भन्ने सवाल जन्मिन्छ अनि दुख लाग्छ । साथै जब कामको चापले थिच्न थाल्छ अनि यसरी काम गरे त मेरो देश पनि बन्थ्यो होला भन्ने भावनाले देश दुखिरहन्छ । आखिर देश त बिदेशमा हुदा पनि दुख्दोरहेछ किनकी देशमा रहेका बिद्यमान समस्याहरुका केही समाधान भेटिन्छन् अनि देखिन्छन् ।
१. भौतिक बिकासको तुलना गर्दा
बिकास भन्नाले सामान्यतया भौतिक संरचनाहरु संगै जोडिएको हुन्छ । नेपालीहरुको गन्तब्यको सुचिमा रहेका देशहरुको भौतिक संरचना नेपालको तुलनामा धेरै राम्रो छ त्यसैले त त्यहाँ रोजगारीको लागी राम्रो अबसर छ । जब नेपालमा हुदा कहिल्य काही टेलिभिजनमा देखिने गरेका अचम्म लाग्दा दृश्यहरु आफ्नै अगाडी देखिन्छन् अनि अचम्म लाग्नुको साथै देश दुख्छ छातीभरी । ति अग्ला अग्ला घरहरु, सफा सड़कहरु, सडकमा नियम संगत गुडीरहेका सफा यातायातका साधनहरु, रेलहरु, उद्योग, कल(कारखानाहरु, पानी लगाएत बिजुलीको नियमित सुबिधा जस्ता आदी आदी सबै कुराले देश दुखिरहेको हुन्छ । नेपालीहरुले बिदेशमा बिकासका पुर्बाधारहरु नियालीरहदा सायद सबैले नेताहरुलाई सम्झीनु स्वभाबीक हो । अनि प्रश्न गर्न मन लाग्छस् धेरै नेताहरुले बिदेश भ्रमण गरिसकेका छन्, बिकसित देशहरुको बिकासलाई नजिकबाट नियालीसकेका छन् तर पनि आफ्नो देशलाई यस्तै बनाउन पाए हुन्थ्यो भन्ने किन नसोचेका होलान् रु किन त्यहि अनुरूप कार्य नगरेका होलान् रु
२. संस्कारको तुलना गर्दा
बिकसीत देशहरुमा परिस्कृत संस्कारको अनुसरण गरिरहेका हुन्छन् हरेक नागरिकहरुले । नेता, कर्मचारी देखि अधिकांस सामान्य जनताहरु सबै देशको कानुन र सामाजिक मुल्य मान्यतामा रहेका हुन्छन् । सानो भ्रष्टचारको कुरामा होस् वा अरु कुनै गल्तिको कारण जिम्मेवार पदमा बसेका ब्यक्तिहरुमाथी कसैले प्रस्न उठायो भने नैतिकताको आधारमा राजिनामा दिन्छन् । यो टुलुटुलु हेरीरहदा फेरी पनि देश दुख्छ ।
गल्ति गरेरै भए पनि लामो समय कुर्सिमा बसिरहन चाहने नेपाली नेता तथा कर्मचारीहरुलाई कसैले प्रस्न गर्ने हिम्मत गर्दैनन् किनकी उनिहरुनै शक्तिमा अनि बहुमतमा छन् । भष्ट्रचारीहरुको एकता छ । शक्तिमा हुनेहरुको मात्र फलिफाप छ । नेपालमा कुनै जिम्मेवार पदमा रहेको ब्यक्तिले गरेको भ्रष्टचारको कुरा उठ्दा होस वा पदको दुरुपयोग गरेको आधारमा स्वयम् ब्यक्तिले राजिनामा दिने संस्कार कहिल्य सुरु होला त रु देश बनाउनको लागि नै जिम्मेवार तहमा बसेकाहरुले गरेका गैर जिम्मेवार कार्यहरुले देश दुखिरहेको हुन्छ ।
३. राष्ट्रिय सम्पदा हराउदा
बिकसित देशहरुले आफुसंग भएका साना तथा ठुला सुन्दर प्राकृतिक र एेतिहासीक सम्पदाहरुको संरक्षण र प्रवर्धनमा जोड दिईरहेका हुन्छन् त्यसैले ती विस्वभरी नै परिचित छन् र पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । तर त्यतिबेला देश दुख्छ जब कुनै विदेशी साथि संग प्रसंगबस बुद्धको कुरा हुदा उसले बुद्ध त भारतमा जन्मिएको कुरा गर्छ त्यतिमात्र नभएर बुद्धको जन्मस्थान सिंगो लुम्बिनी नै भारतमा पर्छ भनेर जिज्ञासा राख्छ । सगरमाथा चिनमा छ भनेको सुन्दा देश दुख्छ । लुम्बिनी र सगरमाथा नेपालमा पर्छ भनेर परिचय गराउदा, होररु भनि जिज्ञासा राख्ने धेरै बिदेशिहरु भेटिन्छन् । अनि आफैलाई धिकार्नुको विकल्प नै हुदैन् ।
हामी संग यति धेरै सम्पदाहरु छन् । यी भएका प्राकृतिक, सांस्कृतिक, धार्मिक र एेतिहासीक सम्पदाहरुको परिचय विस्वलाई गराउनमात्र सकेको खण्डमा पनि पर्यटन उद्योगको बिकास भई रोजगारीको सृजना हुने र राष्टले ठुलो आर्थिक फड़को मार्ने सम्भावना देखिन्छ । आफुसंग भएका संमपदाहरुको परिचय त गराउन नसक्ने हामी नेपालीहरुले कहिल्य नयाँ सृजनाको कल्पना र निर्माण गर्नु । यति सानो कार्य पनि देशको जिम्मेवार पक्षले नगरेकोमा देश झनै दुख्छ ।
अन्तमा
बिदेशमा बसेर यहाँको प्रसासनिक कार्यलाई नियालीरहदा नेपालमा भएका धेरै समस्याहरुको सरल समाधान भेटिन्छ । राजनैतिक संस्कार नै सबै समस्याहरुको समाधान हो । परिस्कृत संस्कारको अनुसरण बिना सम्बृद्ध राष्ट्र निर्माण हुन सक्दैन् । ब्यक्ति स्वयम् जिम्मेवार बनेर देशको मुल कानुन र सामाजिक मुल्य मान्यतामा चल्नु नै आधुनिक र परिस्कृत संस्कार हो । जिम्मेवार पदमा रहेका ब्यकितहरुले यी र यस्ता राम्रा संस्कारको सम्मान गर्न नसक्नु नै राष्ट्र बिकास हुन नसकेनु र हरेक साधारण नेपालीको मनमा देश दुख्नुको प्रमुख कारण हो ।
लेखक जापानमा अंग्रेजी शिक्षक तथा अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानका प्रबक्ता हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्