
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने भएको छ ।
मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेको प्रस्तावमा बैठकले सो निर्णय गरेको हो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ छ मा सरकारले चाहेमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था भए बमोजिम सरकारले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए।
उक्त दफा बमोजिम अनिवार्य रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता गर्ने निकायमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर सुर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए।
सुर्तीजन्य पदार्थको कारोबार गर्न दर्ता गर्ने निकायमा दर्ता भई इजाजतपत्र लिनका लागि २०७३ फागुन मसान्तभित्र समयसीमा तोकिएको छ । सोका लागि मन्त्रालयले सूचना प्रकाशन गर्नेछ ।
तोकिएको म्यादभित्र दर्ता गर्ने निकायमा दर्ता भई इजाजतपत्र नलिइ आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा उक्त ऐन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवतीलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना पनि टाँस्नुपर्नेछ । सो सूचना ३० सेन्टिमिटर लम्बाइ र २० सेन्टिमिटर चौडाइ हुनुपर्नेछ ।
अब दैनिक उपयोग्य वस्तु बिक्री गर्ने स्थानामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्न सरकारले हरेक जिल्लाका सहायक प्रजिअलाई निरीक्षकका रुपमा तोकेको छ ।
सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी र गुट्खालगायत हरेक स्थानमा सार्वजनिक रुपमा बिक्रीवितरण हुँदा महिला बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासा आइरहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्