×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जंगली जनावरको आक्रमण बढ्दै , डेढ महिनामा चारको गयो ज्यान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जंगली जनावरको आक्रमण बढ्दै , डेढ महिनामा चारको गयो ज्यान

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार ड्कटम 

काठमान्डौ –  जंगली जनावरबाट चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा मानवीय क्षति हुने क्रम बढ्दो छ । पछिल्लो समय गाउँ नै प्रवेश गरेर आतंक मच्चाउँदै हात्ती र गैंडाले यहाँका स्थानीयलाई दिनप्रतिदिन निशाना बनाउदै गएको छ । प्राप्त जानकारी अनुसार करिब डेढ महिनाको अवधिमा बछौली क्षेत्रमा मात्रै तीन जनाले जंगली जनावरको आक्रमण बाट ज्यान गुमाए । दुईवटा घटना सामुदायिक वन क्षेत्रभित्रै भएको थियो भने एउटा वन बाहिर ।
कहाँ  कहिँले  कतिले ज्यान गुमाए :- 
१. पुस ४ गते भैंसीलाई आहाल खेलाउँदै गर्दा बछौलीको बद्रेनीमा गैंडाले आक्रमण गर्दा बद्रेनीकै ६९ वर्षीया मोतिमाया तामाङले घटनास्थलमै ज्यान गुमाइन् ।
२. पुसकै अन्तिम साता जंगली हात्तीको आक्रमणमा परी सौराहा घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भयो । परिवारसँगै हात्ती प्रजनन् केन्द्र घुम्न गएकी भारतकी २२ वर्षीया स्नेहा कानपरालाई पुस २६ गते रोनाल्डो नामको हात्तीले आक्रमण गर्दा उनको घट्नास्थलमै ज्यान गयो ।
. पौष २७ गते माडीमा हात्तीले एक बालकको ज्यान लियो ।
४० हात्तीले आक्रमण गरेको १८ दिनपछि पुनः गैंडाले शनिवार एक महिलाको ज्यान लिएको छ । बछौलीको जनकौली सामुदायिक वनमा शनिबार दिउँसो गैंडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीया लक्ष्मी श्रेष्ठको ज्यान गयो । घाँस काट्न गएकी श्रेष्ठको गंैडाको आक्रमणमा परी करिब एक बजेतिर घटनास्थलमै ज्यान गएको थियो ।
के भन्छन् निकुञ्जका सूचना अधिकारी :-
गैंडा र बाघले यस क्षेत्रमा मान्छे मार्दै आएपनि हात्तीले मान्छे मारेको भने यहाँका लागि नयाँ घटना होईन । जनावर सजिलै बस्ती प्रवेश गर्ने हुँदा निकुञ्ज आसपासका स्थानीय त्रासमा बस्न बाध्य भएपनि जंगल प्रवेश गर्दा सावधानी नअपनाउँदा यस्ता घटनाहरु हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अर्थ सरोकार लाई जानकारी दिए।
जनावरको आक्रमणबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, सोलार फेन्सिङलगायत का कार्यक्रम निकुञ्जले मध्यवर्ती उपभोक्ता समिति मार्फत गर्दै आएको सुचना अधिकारी अर्यालले बताए । जनचेतनाको कार्यक्रम गर्दै आए पनि जंगली जनावरको आक्रमण घटेको छैन ।
के भन्छन् मृगकुञ्जका अध्यक्ष ढुंगाना :-
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव ढुंगाना पनि जंगल प्रवेश गर्दा सावधानी अपनाउँदा जनावरको आक्रमण हुने गरेको बताउँ छन् । “जनावरबाट आफै बच्ने हो”, समितिका अध्यक्ष ढुंगानाले भने, “जनावरको क्रियाकलाप, जंगल प्रवेश गर्दा लगाउने लुगा, जनावरबाट कसरी बच्ने भन्ने बुझ्न जरुरी छ ।” जनावरको संख्या बढ्दै जाँदा पनि आक्रमणका घटना बढेको उनको बुझाइ छ ।
 बस्ती प्रवेश गरेर हुने आक्रमण न्यूनीकरण गर्न मध्यवर्ती उपभोक्ता समितिले आरसीसी पर्खालसहित मेसजाली निर्माणको काम गरिरहेको छ । जनावर प्रवेश गर्न नदिन यसै वर्ष भित्र जनकौली सामुदायिक वन क्षेत्रमा आरसीसी पर्खाल लगाउने काम सकिने समितिका अध्यक्ष ढुंगानाले बताए । आगामी ५ वर्षभित्र मृग कुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेका सामुदायिक वनहरुमा करिब १४ किलोमिटरमा मेसजाली निर्माण काम सम्पन्न हुने उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: