×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रबैंकका अधिकारी भन्छन् “मन्त्रीहरुकै सेटिङमा सुन तस्करी भइरहेको हुनसक्ने शंका हामीलाईपनि छ”

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रबैंकका अधिकारी भन्छन् “मन्त्रीहरुकै सेटिङमा सुन तस्करी भइरहेको हुनसक्ने शंका हामीलाईपनि छ”

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – ठूलो परिमाणमा सुन तस्करी भइरहँदा प्रहरीले भरियालाई समाउने तर मालिक पक्राउ नपर्नुमा सुन तस्करीमा निकै ठूलो र पहुँचवाला गिरोहको संलग्नता रहेको सहजै अनुमान गर्न सकिन्छ । प्रहरीले कारबाही गर्न नसक्ने र आँट नगर्ने व्यक्तिकै नेतृत्वमा सुन तस्करी भइरहेको प्रष्ट बुुझ्न सकिन्छ ।

 यसमा प्रहरीकै हाकिम, उनीसँग निकट दुुई ठूला मोवाइल व्यवसायीतर्फ सोझिएको शंकाको सुईँलाई स्वभाविक नै मान्न सकिन्छ । यदि होइन भने भरियालाई पक्राउ गरेर यति किलो र उति किलो सुन पक्राउ गर्यौ भन्ने प्रहरी अहिलेसम्म ती भरियालाई भाडामा प्रयोग गर्ने मालिकलाई किन पक्राउ गर्न सक्दैन ? प्रश्न उठाउने ठाँउ यही छ ।
शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । यी पछिल्ला उदाहरणहरु  हेर्दा उपल्लो तहमा पहुँच भएका केही व्यापारी, नेपाल राष्ट्रबैंकका अधिकारी, गृहमन्त्रालय, अर्थमन्त्रालयका अधिकारी र केही मन्त्रीहरुको समेत मिलेमतो रहेको सूत्रहरुले दाबी गरेका छन् ।
राष्ट्रबैंकका एक अधिकारीका अनुसार मन्त्रीहरुसँग निकट व्यापारी नै सुन तस्करीमा संलग्न रहेका हामीलाई समेत शंका छ ।’ नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने–‘हाम्रै हाकिमहरुको भूमिका समेत रहस्यमय छ ।’
सुनचाँदी व्यवसायी संघका अर्का एक नेताले भने–‘मन्त्रीहरुकै सेटिङमा सुन तस्करी भइरहेको भरपर्दो सूचना हामीसँग छ । तर सबैतिर भागबण्डा पुुग्ने हुनाले यो तस्करीलाई कस्ले रोक्ने ?’ सूत्रहरुका अनुसार बजारमा मोवाइल तथा अटोको व्यवसाय गर्ने भनी चिनिएका उच्च तहका व्यापारीहरु सुुन तस्करीमा संलग्न छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: