×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार क्र्यास भए ५३ करोडको शेयर कसले किन्यो ? हल्लाको पछी नलागौं, अव यसो गरे कसो होला ?

PRIME CA

बजार क्र्यास भए ५३ करोडको शेयर कसले किन्यो ? हल्लाको पछी नलागौं, अव यसो गरे कसो होला ?

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • केशव भण्डारी 

हो, बजार अस्वाभाविक रुपमा घटेकै हो । तर बजारको विसेषता भनेको घट्नु र बढ्नु हो । बजार क्र्यास भएको छैन । बजार क्र्यास  भए ५३ करोडको शेयर कसले किन्यो ? जसरी बजारमा प्रस्तावित बिमा ऐनमा कम्पनीको चुक्तापूँजी हटाइयो भनिएको छ, यो पनि राम्रो पक्ष हो भन्ने कुरा नबुझेका र बजारबारे अल्पज्ञान भएकाहरुले यस विषयमा गलत प्रचार गरिरहेका छन् ।  
बजारमा थुप्रै समस्याहरु छन् । तरलता मुख्य समस्या भएको छ । बैंकहरुमा निकै कमी कमजोरी छ । जसरी बैंकहरुले नाफा देखाउनका लागि जबरजस्ती ‘अटो लोन’ र ‘रियल स्टेट्मा’ लगानी गरेका छन्, यसले बैंकहरुलाई फाइदा गर्दैन ।   बैंकले ब्याजदर बढाएर आफ्नो खुट्टामा बन्चरो हाल्ने काम गरेका छन् । यसको समिक्षा बजारले गर्ने नै छ ।
बजारबाट आत्तिने होइन । यो धैर्यता हुनेले कमाउने ठाउँ हो । बजारलाइ बलियो बनाउनु पर्छ सबै मिलेर । हल्लाको पछी लागेर बजारलाइ शशक्त बनाउनुपर्छ । नेपालको आजको सथितिमा पूँजी बजारजस्तो सहज र लगानीयोग्य ठाउँ कम नै छ । हरेक लगानीकर्ताले यो कुरा बुझ्न जरुरी छ ।
हो, धीतोपत्र बोर्ड, नेप्से, राष्ट्र बैंक लगायतका निकायमा पनि समस्या छन् । तीनै समस्याको फाइदा उठाएर अहिले बजार घटाउने कार्य भैरहेको छ । बजारका बारेमा अफवा फैलाएर गलत काम भइरहेको छ । यसमा सबै सजग हुन जरुरी छ । हल्लाको भरमा नलागी बुद्धिमानीपूर्ण ढंगले लगानी गर्नु राम्रो हुन्छ ।
बजार यति आउँछ र उति आउँछ भन्ने कुराको पछी लाग्नु मुर्खता बाहेक केहि होइन । यो मान्छेले भनेर हुने कुरा होइन । बजार जातिमा आएपनि राम्रो कम्पनीमा लगानी गरे घाटा हुन्न । हरेक लगानीकर्ताले बुझ्नुपर्ने कुरा यहि हो ।               
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: