
- अर्थ सरोकार संम्वाददता
काठमाण्डौ – मेहनत र साहस गरियो भने छोराछोरीको उच्च शिक्षाका लागि जागिर खानु नै पर्छ भन्ने नभएको रामपुरका टिकादेवी भट्टराईको कामले देखाएको छ । सात वर्ष अगाडि छोराले एसएलसीमा राम्रो नतिजा ल्याएर उत्रीर्ण भएपछि उनलाई खुशीसँगै छोराको उच्च शिक्षाको चिन्ताले सतायो ।
परिवारमा कमाउने कोही नहुँदा उनलाई छोराको इञ्जिनियरिङ पढ्ने चाहना कसरी पुरा गर्ने भन्ने ठूलो समस्या पर्यो । तरकारी खेती गरेरै भए पनि छोराको पढ्ने रहर पुरा गर्ने अठोट गरेर उनले व्यवसाय शुरू गरिन । उनले एक रोपनी जमिनबाट तरकारी खेती शुरू गरेर मनग्य आम्दानी गर्न थालेपछि विस्तारै छ रोपनी जग्गामा तरकारी खेती विस्तार गरिन । तरकारीको उत्पादन बढ्दै गएपछि त्यसैको आम्दानीबाट उनले छोरालाई इञ्जिनियरिङ शिक्षा पढाउँदै छिन् ।
बेमौसमी तथा मौसमी तरकारी लगाएर उनले एउटै याममा रू। दुई लाखदेखि रू। तीन लाखसम्म आम्दानी गरिरहेकी छिन । ‘छोराको पढ्ने इच्छा रोक्न पनि भएन, पढाउँ त कसरी भन्ने थिया’ उनी भन्छिन् ‘छोराको भविष्यकै लागि तरकारी लगाउन शुरु गरेर काठमाडौंमा उच्च शिक्षाका लागि पठाएँ ।’ चल सम्पत्ति केही नहुँदा पनि छोरालाई उच्च शिक्षा आर्जन गर्न सक्ने वातावरण तरकारी खेतीबाटै भएको उनी बताउँछिन । उनले दैनिक ६० किलोदेखि ८० किलोसम्म तरकारी उत्पादन गरी बिक्री गर्ने गर्छिन ।
आर्थिक अभावमा शुरूमा जागिरका लागि धेरै ठाउँ भौँतारिँदा कहीँ कतैबाट नमिलेपछि तरकारी खेती शुरू गरेको बताउने भट्टराईलाई यतिबेला आम्दानीको बलियो र दिगो माध्यम तरकारी व्यवसाय बनेको छ । उनी अहिले गाउँघरका छिमेकी, अफन्तलाई जागिरको सट्टा कृषि व्यवसायमा लाग्न सल्लाह दिँदै आइरहेकी छिन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्