×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिलेको बैकिड़ समस्या :के गर्ने त? (मनोज ज्ञवालीको विश्लेषण)

GLOBAL IME BANK

अहिलेको बैकिड़ समस्या :के गर्ने त? (मनोज ज्ञवालीको विश्लेषण)

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • मनोज ज्ञवाली 

समस्या किन भयो?
पुँजी बजार Bullish Trend मा भएको बेला नै पूजी 4 गुणा बढाउने निर्देशन आयो। Right share आउने भो भन्दै सबै खुशी भए, बजार झन बढ्यो अनी BFIs धेरैले Merger/ acquisition भन्दा Right Share बाटै पुजी पुर्याउने निर्णय गरे; AGM बाट नी पारित भयो। जब पूजी 400% ले बृद्दि हुने निर्णय भयो सबै बैक बित्तीय संस्थाहरुले 50% देखि 100% को Business growthको aggresive लक्ष्य लिएर गए। RM/ BM  हरुको क्षमता कति भन्ने मापनको मापदण्ड नै कति कर्जा दिन सक्छ भन्ने रह्यो । 
व्यवसाय बृद्दिको होडमा जे अगाडि छ त्यहि टिप्दै अनी तान्दै जाने क्रम शुरु भयो। देशको राजनैतिक अबस्थाले जर्जर भएको Economy मा productive sector भेट्नै मुस्किल, Hydro मा लगानी गरौ स्थानीयहरुको किचलो,  Transmission line को अनीश्चीतता, Developer हरूको कहानी हेरेर गारै भो अनी सजीलो र छिटो देख्दै BFIs ले भटाभट consumer lending focus गरे। नतिजा 4 महिना मै 10% को हाराहरीले कर्जामा बृद्दि भयो ( स्मरण रहोस् normal annual growth 20% भन्दा कम थियो) जब कि सरकारी खर्च नहुदा, Remittance को growth नकारात्मक हुदा, पुनर्निमाण प्राधिकरणले आशा गरे अनुरुप काम नगरिदिदा, बुढिगण्डकि जस्ता ठूला Hydropower को मुआब्जा रकम बितरण तथा development को काम अगाडि नबढ्कै बेला INR को  Demonetizatio   को थप effect ले निक्षेप बृद्दि जम्मा 6%  नि भएन। यसरी कर्जा बृद्दि र निक्षेप बृद्दिको अनुपात मा आएको ठूलो GAP ले हालको liquidity समस्या आएको हो। 
को जिम्मेवार?
Overall system मा एकैचोटी कर्जा 100% सम्म बृद्दि गर्दा निक्षेप त्यसरी बढ्दैन यसैले कर्जा प्रवाह गर्दा offer गरेको ब्याजदर र कर्जा प्रवाह गरेको क्षेत्र forecaste गर्ने नसकेकोमा BFIs जिम्मेवार भए लौ। यथोचित समय नदिई एकैचोटि 4 गुणा पूँजी बृद्दिको निर्णय गर्यो भने असर के हुन्छ होला भन्ने सन्दर्भमा कति छलफल र कसरी निर्णय भयो आफूलाई थाह नभाको कुरामा के बौलो। सरकारले जिम्मेवारी पुर्वक देशको भौतिक पुर्वाधारमा खर्च गरि देशलाई बिकासको बाटोमा लानुको साटो जनताले तिरेको कर समेत खर्बौ रुपैयां राष्ट्रबैकमा Freeze गरि दिन्छ भने दोष कस्लाई दिने।
समाधान के?
समाधानलाई तत्कालीन र दिर्घकालीन रुपमा  छुट्याई काम गर्न जरुरी छ ।
तत्काललाई:
सरकारी खर्चहरुमा काम भएको क्षेत्रहरुमा छिटो भुक्तानी दिने, ठूला आयोजनाहरुको मुआब्जा रकम छिटो बितरण गरी काम सुचारु गर्ने, बैकहरु आत्तीएर हुने नहुने बिज्ञापन गर्दे FD मा  rate बढाउने अनी हप्ता हप्ता कर्जा लिएको ग्राहकलाई rate बढ्यो भन्दै sms पठाउने होईन की संयमित र जिम्मेवार भई ब्यबहार गर्ने ( याद राख्नुस FD को rate बढाउदैमा systemमा निक्षेप बढ्नेवाला छैन- बजार नबिगार्नुस्  saving deposit र FD को  ब्याजदर अन्तर 9%-10%  भन्दा बढि गराएर के message दिएको के?- जिम्मेवार बन्नुस है) बैकिड़को साख गिराउने या बचाउने भन्ने कुरा को test यस्तै बेला हुन्छ। 6%-7% मा फकाई फकाई दिएको loan को ब्याज 4 महिना नबित्दै 11%-12%गर्न हुन्छ? तिर्ने ले तिर्छ कसरी? संयमित हुन जरुरी छ। भागदौडमा आत्तीदा ज्यान जान्छ, सबै संयमित भएर निस्के ठेलमठेल होला तर स्थीती सहज हुन्छ। सम्बद्द सबैले NLIC को allotment छिटो गराउनु पर्यो। केहि समय BFIsले कर्जा बृद्दि भन्दा कर्जा ब्यबस्थापनमा focus गरौ। rate ले भन्दा relation ले deposit तानौ। 
Loan को rate नी बेपत्ता बढाएर ग्राहकलाई अत्ताउन नहालौ- Saving Deposit बाटै दिएको सम्झिऊँ न केहि समयलाई।
बैकर्ष एसोसियसनहरु एकचोटी आपसमा बसेर जिम्मेवार भई गहन छलफल गरौ। सफल मांझीको असली परिक्षा हुरी बतास चलेकै बेला हुन्छ है।
CCD घटबढ को त कुरा त आफ्नो बसमा भए पो गर्नु चाबी नै अन्तै छ।

दिर्घकालीन रुपमा गर्नु पर्ने :
BFIs हरुले आफ्नो capital plan लाई संसोधन गर्न पर्छ। capital market bullish trend मा भएको बेला फुर्केर 1:1,1:2 को right share announcement र approval लाई revisit  गर्ने र Ego बिर्सेर कुरो मिल्ने अनी राम्रो संस्थासंग मर्जर/अकुजीसनको संबाद अगाडी बढाउने कि। पूँजी नी पुग्छ अनी ब्यबसाय नी संगै बृद्दि हुन्छ अनी operating cost नी घट्ने हुँदा EPS/ DPS नी maintain संगसंगै हुन्छ । आखिर एती सानो देशमा सयौ संस्था किन र कस्लाई चाहियो र? Capital market को trend नी ठिक नभएर सबै संस्थालाई  right हाल्न नी मुस्किलै होला है।
अनी पूँजी बृद्दिको समयाबधी अली बढाउन मिल्छ भने हेर्ने कि? खै मिल्छ मिल्दैन्।
सरकारी खर्चहरुको plan लाई defined समयाबधी सहित बढाउनु पर्यो। ठूला आयोजनाहरुको कार्यन्वयन समायाबधी तोकेर सम्पन्न गर्ने निति नियम बनाउनु पर्यो।
बैकहरुले लगानीको क्षेत्रमा productive sector लाई बढि focus गर्नु पर्यो र सरकारले productive sector लाई उत्साहित बनाईने plan अनी policy लिएर आउनु पर्यो।
बैदेशीक रोजगारीमा जाने कामदारहरुलाई Financial literacy सम्बन्धी ज्ञान दिएर पठाउनु पर्यो ता की फर्किदा भित्तामा नअट्ने TV र 4,5 ओटा smart phone set को साटो पैसै लिएर आवस् अनी सानै भए नी ब्यापार धन्दा गरोस्।
यसरी सबै ठांउबाट सबैले केहि न केहि रुपमा जिम्मेवारी लिदै एक अर्कोलाई दोष दिनु भन्दा आफ्नो तर्फबाट भएका कमी कमजोरी सच्याउदै अघी बढ्न जरुरी छ। आत्तीएर भटाभट 13%,14% मा FD मा Bid गर्ने अनी त्यसमा नी deposit आएन भने 14%-15% मा अन्तै bid गर्ने यसरी deposit cost बढाएर 4 महिना पहिला मात्र EMI मा दिएको कर्जाको rate double पार्यो भने बैकरहरुलाई professional किन भन्ने अनी बैंकिड़लाई विश्वास कस्ले कसरी गर्ने। 
साख बचाउनुस् है: यो आत्तीने बेला होईन संयमित हुने बेला हो – परिक्षामा आत्तीनु हुदैन है फेल हुन्छ।
जय होस्,शुभ होस्!!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: