×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्तमान बैंकिड़ समस्या र यस सम्बन्धी आईरहेका प्रतिक्रिया तथा बुझाई सन्दर्भमा (मनोज ज्ञवालीको विश्लेषण)

GLOBAL IME BANK

बर्तमान बैंकिड़ समस्या र यस सम्बन्धी आईरहेका प्रतिक्रिया तथा बुझाई सन्दर्भमा (मनोज ज्ञवालीको विश्लेषण)

७ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

 

  • मनोज ज्ञवाली 

 तरलता अभाब छ भन्ने बैंकहरु ले REPO मा किन आबेदन दिएनन् ?
तरलता अभाब भन्नाले अहिले बैकहरुले Deposit फिर्ता गर्न नसकेको या CRR, SLR default हुन लागेको होईन। बैकहरुलाई CCD को समस्या हो। बैकहरुलाई 80% CCD maintain गर्न समस्या भएको हो ।CCD को calculation formula : CCD = Credit/ ( Primary Capital+ LCY Deposit) हुन्छ। REPO भनेको न Deposit हो न Capital यसैले REPO ले CCD तल झार्न कुनै भुमीका खेल्दैन। फेरी interbank को भन्दा तल रेटमा REPO apply गरे नदिने भनेपछि बैकहरुले REPO मा Apply नगरेको हो। स्मरण रहोस् REPO मा पैसा लिएर loan दिन सक्ने अबश्था रहदैन। अहिलेको तरलता समस्याको समाधान REPO होईन।पेट दुखेको मान्छेलाई जरोको औषधी दिएर हुदैन नी। यसैले बैकहरुले तरलता समस्या भन्दै कर्जामा ब्याज बढाए खासमा तरलता अभाब छैन भन्ने साथीहरुलाई कुरा बुझिदिन आग्रह छ।

2.किन भयो? बैकहरु रणनितिमा चुकेको हो त ?
गत बर्षहरुको Business growth हेर्यो भने BFIs हरुको Annual Growth 15-20% थियो। जब एकै पटक 4 गुणा पुंजी बृद्दि गर्नु पर्ने भयो, पूंजी बजार Bullish trendमा थियो; सबै खुशी भएर right बाट नै पूंजी बढाउने निर्णय तर्फ लागे अनी पूजी 200% देखी 400% बढाउदा business growth को target नी 50% देखि 150% सम्म लिएर अघी बढे। यसरी बर्ष भरी को Average growth भन्दा एक quarter को growth बढि हुन पुग्यो। यस्तो credit growth पनी real sector मा नभ्ई consumer lending मा हुन गयो। बैकहरुले अर्बो रुपयाको गाडि ग्राहकलाई 6% देखी 7% को ब्याजमा कर्जा दिदै किनाईदिए। बजार भरी creta, Duster ra Brezza ko तांती।
productive sector मा लगानी गर्न राष्ट्र बैकको निर्देशन छ र बैकहरुलाई पनी थाह छ तर political condition ले जर्जर भएको economy मा productive अनी real sector मा लगानीको अबसर के कति छ भनीरहनु नपर्ला। यसरी एकातिर consumer lending मै focus हुदै पनी credit growth भयो तर उक्त credit growth लाई match गर्ने गरी Deposit Growth भएन। हुन सक्ने सम्भावना नी हुदैन। 
झन् सरकारी खर्च नहुनु, Remmittance को बृद्दिदर घट्नु ( 19% बाट 6%) अनी चलनचल्ती मै रहेको भा.रु. भारततिर लाग्नुले GAP झन बढेर गयो। यसैले रणनितिको हकमा बैक मात्र होईन को को फेल भयो आफै बुझ्नुस्। एकै पटक 400% पूंजी बृद्दि गर्दा कर्जा 100% सम्म बृद्दि गर्ने रणनिति नबनाई कसरी EPS/DPS maintain गर्ने? त्यो पनी 2 बर्षमा EPS/DPS maintain हुन्छ। आंगनमा हात्ती ल्याएर बाँधिदिए पछि गाईको खान्कीले कसरी पुर्याउने? त्यसमाथी खडेरी यसै बेला पर्यो!!!
3.समाधान के त ?
समाधान कि त Govt. Expenditure बढ्नु पर्यो, कि Remittance flow बढ्नु पर्यो, कि Deposit growth हुने अरु कुनै measures आउनु पर्यो की त CCD 85% गर्नु पर्यो नी ( त्यो पनी अल्पकालीन समाधान मात्रै हो लगभग रु 95 अरब liquidity थपिन्छ)।
कि BFIs हरु right announcement cancel गरेर मर्जर/अकुजिसन मा जानु पर्यो, कि BFIs हरुले EPS/ DPS को trend लाई आगामी 3,4 बर्षलाई 50% मात्रै expect गरेर अघी बढ्नु पर्यो।
४. बैंकहरुले किन saving deposit मा rate बढाएनन्? के deposit मा interest rate बढ्यो भने समस्या समाधान हुन्छ?
धेरै बैंकहरुको perception यो liquidity problem छिट्टै समाधान हुन्छ की। Govt Expenditure संगै सहज हुन्छ की भन्ने रह्यो (जुन कुरामा म त्यती आशाबादि छैन)। यसैले बैकहरुले बरु छोटो अबधीको FD बढि rate मा लिएर गए। interest rate FD मा यसरी बढ्यो की बचतमा दिएको कम ब्याजदरको सहारामा COD maintain गर्न धेरै BFIs ले बचत खातामा ब्याज बढाएनन ( म सम्बद्द संस्थाले त 1.75% सम्म बढाएको पनी छ)। अनी रह्यो कुरा ब्याज बढाउदा deposit बढ्ने: कुनै एक संस्थाले त ब्याज बढि offer गरेर deposit बढाउला तर banking system मा त्यहि अनुपातमा deposit growh हुदैन। A मा घट्ला त B मा बढ्ला, फेरी A ले बढि rate B बाट तान्ला। Rate को खेल ले FD को rate 13% सम्म पुगीसक्यो। 13% ब्याजमा लिएको Deposit को लागत CRR र liquidity requirement हिसाब गर्दा operating खर्च छोडेर 15% पर्छ अनी कर्जा कतिमा दिने। कर्जा लिनेले तिर्छ कसरी??
५. किन बैकहरुको hue & Cry?
जुन समस्या अहिले देखिएको छ यसलाई बैकहरूको मात्र समस्या भनेर बुझेर bank’s hue n cry भन्नु भन्दा यसको दुरगामी असरलाई timely analysis गर्न जरुरी छ। BFIs एकातिर, नियमनकारी निकाए एकातिर अनी ग्राहकहरु अर्को ति हुने होईन कि समस्याको समुचीत निकास बारे छलफल हुन जरुरी देख्छु मैले। यसलाई बहसको बिषय बनाएर तर्क बितर्क गर्ने बेला होईन सम्बद्द पक्षहरु बिच गहन छलफल जरुरी छ। होला अहिले BFIs को मात्र समस्या होला बिस्तारै ग्राहक अनी पछि Financial System को हुन्छ। छिमेकीको घरमा आगो लाग्यो भनेर ताप्ने होईन, निभाउन दौडिनु पर्छ ; हावाले एक लाप्का यता ल्यायो भने आफ्नो अनी फेरी गाँउ नै खान सक्छ। समय मै छलफल गरौ।
समस्या credit growth र Deposit growth को Gap बढेर भएको हो ( credit growth 31% हुदा deposit growth 6% भन्दा कम छ)। जुन समयसंगै झन गार्हो हुदै जादैछ। यसले finacial system लाई हित गर्देन। यो बेला भनेको एक अर्को तिर औला देखाउदै कमी कमजोरी खोतल्ने होईन, सम्बद्द सबै पक्ष बसेर उचीत समाधानको बाटो पहिल्याउनु पर्छ। 6.99% को EMI देखेर घर, गाडि किनेको ग्राहकको EMI 13% माथी पुर्याएर माग्दा तिर्छ कसरी? 15% माथीको कर्जा उठाएर व्यबसाय गर्न तम्सिन्छ को? अनापसनाप credit growth ले BFIs को कर्जाको गुणस्तर कहां पुग्छ? बेलैमा गहन छलफल जरुरी छ..घाऊको उपचार बेलैमा नगरे क्यान्सर हुन्छ। केहि छलफल होस् र उचीत निकास आवस्..शुभेच्छा।
जय होस्, शुभ होस्!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: