×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता अभाव र वैंकहरुले राष्ट्र वैंकवाट रिपो नलिएको सम्वन्धमा मेरो भन्नु : (पर्शुराम कुँवरको विश्लेषण)

PRIME CA

तरलता अभाव र वैंकहरुले राष्ट्र वैंकवाट रिपो नलिएको सम्वन्धमा मेरो भन्नु : (पर्शुराम कुँवरको विश्लेषण)

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • पर्शुराम कुँवर 

अहिलेको तरलता अभाव भन्नाले वैंकहरुसंग थप कर्जा दिनको लागी रक़म नभएको हो, सर्वसाधारण जनताको चेक साट्न पैसा नभएको होइन ! अहिले धेरै वैंकहरुको credit to capital and deposit (CCD) ratio 80 % को हाराहारीमा छ। यस्तो अवस्थामा ती वैकहरुले रिपो रकम लिएर थप कर्जा दियमा उनीहरुको CCD ratio राष्ट्र वैंकले तोकेको अधिकतम ८० प्रतिशत नाध्ने छ र राष्ट्र वैंकको निर्देशनको उल्लंघन हुने छ ! यी वैकहरुलाई रिपो भनेको टाउकाको विरामीका लागी पेट दुखेको औषधी दिए जस्तो हो ! कम CCD ratio भएका वैकहरु (जस्तै स्टान्डर्ड चार्टरड वैक) का लागि फेरी रिपो उपयोगी हुन सक्छ ! स्टान्डर्ड चारटड वैकले रिपो लिएको पनि छ । यसलाई एउटा उदाहरणले पुष्टी गरौं :
कुनै “क” वैकको डिपोजिट र पूंजी रू १०० छ र उसको कर्जा ८० छ । मानौं उसले रु १० रिपो लिएर थप कर्जा दियमा उसको CCD ratio ९० प्रतिशत हुनेछ र यो राष्ट्र वैकको निर्देशनको उल्लंघन हुनेछ । त्यसैले यो वैंकले रिपो लिएर थप कर्जा दिने गल्ति गर्ने छैन ! अव हामीले यो वैकले रिपो लिएन भनेर आलोचना गरेमा हामीले यो वैकलाई अन्याय गरेको हुनेछ! यो वैकलाई थप डिपोजिट र / वा रिफाईनान्सिगं चाहिएको छ, रिपो हैन ।
उता कुनै “ख” वैकको डिपोजिट र पूंजी रू १०० छ र उसको कर्जा ६० छ र उसले, मानौं, रु १० रिपो लिएर थप कर्जा दियमा उसको CCD ratio ७० प्रतिशत मात्रै हुनेछ र यो राष्ट्र वैकको निर्देशन भित्रै हुनेछ! (यस्ता वैकहरु हाम्रो वजारमा अहिले कम छन्) यही कारणले SCB ले कर्जा दिन वन्द गरेको छैन र उसले अटो लोन ७.२५ प्रतिशत व्याजमा आक्रमकरुपले कर्जा दिईरहेको छ र कम व्याज आर्जन गर्ने सरकारी सुरक्षणपत्रलाई वढी व्याज आर्जन गर्ने कर्जाले प्रतिस्थापन गरेको छ ! समयले कम CCD ratio भएका वैकहरुलाई वढी नाफा कमाउन सहयोग गरिरहेको छ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: