Skip to content
LAXMI SUNRISE BANK

तत्काल लगानीयोग्य रकम बढाउन सकिने तीन उपाय, रोहित शर्माको विश्लेषण

अर्थ सरोकार


आज पुगे भोलीलाइ साचौला 
आजै मरे  भोली  के  गरौला,,,,,
कुनै व्यक्तिलाई  १०२ डिग्री वा सोभन्दा बढीको ज्वरो आएको छ भने के गर्नु पर्ला ? पक्कैपनि सर्वप्रथम ज्वरो नियन्त्रण गर्न सिटामोल वा अन्य औषधी प्रयोग गरिन्छ । त्यसपछी मात्रै डायग्नोसिस गर्दै अन्य उपचार विधि अपनाइन्छ । 
निक्षेपमा १५ % सम्म ब्याजदर लागु गर्न सकिने कुराले नेपाली अर्थतन्त्रमा निकै प्रतिकुल असर गर्न सक्ने निश्चित प्राय छ । उसो भय कर्जाको ब्याजदर कती हुने  ? २०- २५ प्रतिशत  ? प्राय सबै जसो बैंक तथा बित्तिय संस्थाले कर्जा प्रबाह गर्न रोकेको अवस्थामा अर्थतन्त्रलाई चलाएमान बनाउन नेपाल रास्ट्र बैंकले केहि कदम तुरुन्तै चाल्नु पर्ने जरुरी छ ।
तत्काल लगानीयोग्य रकम बढाउन यि तीन मध्य कुनै बिकल्प प्रयोग गर्न सकिन्छ :
१) सरकारी कोषलाई बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने व्यवस्था गर्ने ।
२) कर्जा निक्षेप अनुपात जुन अहिले ८० प्रतिशत छ त्यसलाई ८५ प्रतिशत बनाउनुपर्ने ।
३) ‘क’ ‘ख’ र ‘ग’ बर्गका बित्तिय संस्थालाई तोकिएको सिआरआर जुन अहिले क्रमश ६ प्रतिशत, ५ प्रतिशत र ४ प्रतिशत रहेको छ त्यसलाई १ प्रतिशतका दरले घटाउनुपर्ने ।
नेपाल रास्ट्र बैंकले रिपो जारी गरेर वा ट्रेजरी बिल बैंक तथा वीत्तीय संस्थाबाट खरिद गरेर अहिले बैकिङ क्षेत्रमा देखिएको समस्या समाधान हुन सक्दैन । माथी उल्लेख गरिएका अल्पकालिन समाधानका लागी केन्द्रिय बैंकले प्रयोग गर्न सकिने वा भनौ प्रयोग गर्नै पर्ने मौद्रीक उपकरण मात्र हुन । अन्त्यमा सिसिडी रेसियो बृद्दी गरे बैकिङ अराजकता बढ्न सक्ने अन्तरास्ट्रीय मुद्रा कोशको चेतावनिमा मेरो प्रतिकृया ‘ अचानोको पिडा हतौडालाई के थाहा हुन्छ र ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK