×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिनर्जी फाइनान्स’ बर्ष २०१६ भरिनै विवादित ! जनताको पैसा अझै ‘रिस्क’मा !

PRIME CA

‘सिनर्जी फाइनान्स’ बर्ष २०१६ भरिनै विवादित ! जनताको पैसा अझै ‘रिस्क’मा !

१७ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली फाइनान्स कम्पनीहरुमा सिनर्जी फाइनान्स बर्षभरिनै विवादमा रह्यो । बैंकिङ कसुरको अभियोगमा जेल परिसकेका व्यक्ति सिनर्जी फाइनान्समा अहिले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदमा कार्यरत रहेको खुलासा भएपछी जनताको पैसा रिस्कमा रहेको चर्चाले २०१६ भरि सिनर्जी फाइनान्स विवादमै रहिरह्यो । सिनर्जी फाइनान्स कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । उनका कारण जनताको पैसा अझै रिस्कमा रहेको चर्चा पनि चलिरहेको छ । 
सिनर्जी फिनानान्स लिमिटेडका सीईओ अहिले पनि फाइनान्स डुबाउने खेलमा लागेको भन्दै सेयर होल्डरहरु विभिन्न निकायमा उनी विरुद्ध उजुरी गरिरहेका छन् । कमिसनको लोभमा खराब कर्जामा लगानी गरेको आरोप लागेका उनलाई अन्य थुप्रै आरोप पनि लाग्दै आएको छ । बर्षभरिनै फाइनान्स कम्पनीका सीईओहरुमध्ये सर्वाधिक विवादमा तानिएका विनितमणि उपाध्याय विरुद्ध केहिदिन अगाडी अख्तियारमा समेत उजुरी परिसकेको छ ।
तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए । वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो । 
अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: