
काठमाडौं । चुल्हो, खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री खरिद ठेक्कामा व्यापक भ्रष्टाचार गरेको नेपाली सेनाले मुलधारमा रहेका पत्रकारलाई भ्रमण ललिपप खुवाउने गरेका छन् ।
मुलधारका पत्रकारलाई साथमा लिएर आफ्ना आर्थिक वेथितिका विभिन्न कर्तुतलाई लुकाउने र प्रतिरक्षा गर्ने प्रयत्न सैनिक अधिकारीहरूले गरिरहेका छन् । भर्खरैमात्र सैनिक मेसका लागि खरिद गरिएका चुल्होमा ४६ करोड भ्रष्टाचार भएको थियो । त्यसबाहेक सेनाको डाइट विस्कुट, लत्ताकपडा, उर्जामा पनि व्यापक भ्रष्टाचार हुने गरेको छ । ठेकेदार कम्पनीसँग मिलेर सैनिक अधिकारीको यस्तो भ्रष्टाचारलाई लेप लगाउनका लागि मुलधारमा पत्रकारहरूलाई भ्रमण, तालिमका नाममा विभिन्न स्थानमा लगि मधुमासे बनाउने गरिएको छ ।
नेपाली सेनाले सैनिक जवानको मेसका लागि खरिद गरिएको नयाँ चुल्होको ठेक्कामा भएको भ्रष्टाचारको विषयमा संसदको लेखा समितिले छानविन गर्नेसम्म भएको छ । त्यसो त सैनिक जवानहरूको नाममा चुल्हो ठेक्का प्रकरणमा भएको भ्रष्टाचारको विषयमा अख्तियारमा उजुरी परेको थियो । २०७३ साल माघ ४ गते सैनिक जवानहरूले १३१०७ नम्बरमा उजुरी दर्ता गरेका थिए । ‘सेनाको चेन अफ कमाण्डको नाममा कमसल चुल्हो ल्याउने र त्यसमा करोडौं भ्रष्टाचार भएको छ’, एक उजुरीकर्ताले भने,‘यहाँभित्रको भ्रष्टाचारको विषयमा बोल्न पनि कठिन छ ।’
‘सेनाको विरोधमा जति गरेपनि केही हुनेवाला छैन, यो स्वायत्त निकाय हो’, पत्रकारहरू भेला पार्दै जर्नेलहरूले विफ्रीङ गरेको स्रोतले जनायो । भ्रष्टाचार नियन्त्रणका लागि गतिला र न्युनिकरणका उपायभन्दा पनि सेनाले अटेर गरी अघि बढ्ने योजना बनाएको स्रोतले जनाएको छ । प्रत्येक वर्ष मिसनमा जाने बेला सेनाले पत्रकारलाई च्यापेर लैजाने गरेको छ । ‘सेना पत्रकारमैत्री छ भनेर देखाउनका लागि यसो गरिएको हो, जर्नेलहरूका नजिक बनाउने, प्रधानसेनापतिको नजिक बनेकालाई फकाएर अन्य भ्रष्टाचारका मुद्दामा नबोल्ने बनाउने पत्रकारलाई अघोषित रुपमा नै खरिद गरिएको हो’, एक सैनिक अधिकारीले भने,‘कल्याणकारी कोषदेखि अनेक ठाउँमा असह्य भ्रष्टाचार छ ।’
प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्मको मिलोमतोमा करोडौं भ्रष्टाचार गरिएको तथ्यलाई खुलेआम भने कोर्ट मार्सलसम्मको कारवाही हुने भएपछि सैनिक जवानहरूले बेनामे उजुरी सम्बन्धित निकायमा दर्ता गराउन थालेका थिए भने जनप्रहारले निरन्तर भ्रष्टाचारको भण्डाफोर गर्दै आएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीदेखि जर्नेलहरूलाई खुसी पार्दै बुद्ध सप्लायर्स पिया ट्रेडर्सले चुल्हो ठेक्का हात पारेको थियो, जहाँ करोडौं भ्रष्टाचार छ । पुराना चुल्हो चलाई नयाँ चुल्होको दाम सेनाबाट उठाएको उक्त ठेक्का चार सय करोडको हो । जहाँ ४६ करोड रूपियाँ प्रत्यक्ष रूपमा नै भ्रष्टाचार गरिएको छ । स्पर्धामा रहेको कम्पनी र सैनिक अधिकारीका लागि उक्त रकम ठेकेदार कम्पनीले बाँडेको स्रोतले दाबी गर्दै आएको छ ।
करिब चार सय करोडको ठेक्काको विषयमा उच्च तहका सैनिक अधिकारी, ठेकेदार कम्पनीका मालिकहरू र उद्योगी घरानाका व्यक्ति मिलेर ४६ करोडमा चलखेल गरेका हुन् । सैनिकहरूको भान्छामा प्रयोग हुने उर्जासहितको प्रविधि चुल्होमा यत्रो आर्थिक अनियमतिता गरिएको हो । केही महिनाअघि गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी नेपाली सेनाले चुल्होका लागि टेन्डर आह्वान गरेको थियो । चुल्होसहित सेवा शुल्कमा करोडौं आम्दानी हुने भएपछि ६ वटा कम्पनीले सेनाको उक्त टेन्डर भरेका थिए । तर, वैधानिक प्रक्रिया पुरा नगरी रकमको लोभममा विना प्रतिस्पर्धा नै कमिशन दिने कम्पनीका नाममा सैनिक अधिकारीहरूले टेन्डर पास गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
जर्नेल रमिन्द्र क्षेत्रीको चाहनाका आधारमा प्रतिस्पर्धामा रहेका सवै कम्पनीलाई जानकारी नदिई रातारात बसन्त चौधरीको ग्लोवल लजिष्टिक प्रालि र पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङलाई अन्तिम दुईमा छानेर ठेक्का मिलाइएको थियो । आफुले काम गरेवापतको रकमबाहेक मट्टितेलमा करोडौं रकम जोगाउने पुष्प पियाको बुद्ध कम्पनीले ठेक्का मिलाउनका लागि प्रत्येक सैनिकको खर्चमा आउने ४६ करोड रूपैंया बसन्त चौधरीसम्मलाई बाँडिएको छ ।
चुल्होको ठेक्काका लागि बसन्त चौधरीको ग्लोबल लजिस्टिक प्रालि, पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङ, पुष्प पियाकै भाईको पिके लजिस्टिक प्रालि, काजी शेर्पाको विरङ्ग ट्रेडिङ कम्पनी प्राली, राजेन्द्र जोशीको राजेन्द्र जोशी सप्लायर्स र अच्युत भारतीको सिद्धिसाई प्रकाश कन्साईन् स्पर्धामा थिए । यस्तो चुल्होको अवधारणा विरङ्ग ट्रेडिङ कम्पनी प्रालीले ल्याएको थियो । राती आठ बजे वैठक डाकी सेनाको सम्भार रथी (जर्नेल) पूर्ण सिलवालले दुई कम्पनीलाई अन्तिम छनौटमा दुई कम्पनी रहेको सूचना गोरखापत्रमा प्रकाशन गर्नका लागि निर्देशन दिएका थिए । स्रोतका अनुसार प्रधानसेनापतिको निर्देशनका आधारमा नै ति दुई कम्पनी अन्तिम छनौटमा परेका हुन् ।
चुल्होको नमूना बोकेर पुगेका ६ वटै कम्पनीलाई प्रारम्भिक छनौटका लागि पास गरिएको थियो । सेनाले बनाएको प्रारम्भिर छनौट (प्रि क्वालिफाई) समिति भने कर्णेल नारायण सिलवालको संयोजकत्वमा बनाएको थियो । उक्त समितिले सवैलाई छनौटमा पास गरी परिक्षणका लागि विभिन्न सैन्य क्याम्पहरूमा खटाएको थियो । स्रोतका अनुसार सेनाले परिक्षणमा हुने खर्च पनि सम्बन्धित ठेकेदार कम्पनीलाई नै गराउँछ ।
अख्तियारमा ठेकेदार कम्पनीसहित ठेक्का दिने निकायका अधिकारीहरूविरूद्ध उजुरी परेको छ । अख्तियारले उक्त उजुरी उपर छानविनका लागि कानुनी दायराको अध्ययन गरिरहेको छ । स्ट्रिङ कमिटि गठन गर्ने वा तामेलीमा राखेर छानविन हुने भन्ने सन्दर्भमा अख्तियारमा छलफल भइरहेको स्रोतले जनाएको छ । उक्त अनियमितता विषयमा संसदको सार्वजनिक लेखा समितिमा पनि उजुरी परिसकेको छ । सार्वजनिक लेखा समितिले पनि सेनाको ठेक्काका विषयमा प्रधानसेनापति वा सम्बन्धित निकायका जर्नेल र ठेकेदार कम्पनीका सञ्चालकलाई बोलाएर सोधपुछ गर्ने भएको छ ।
यो ठेक्का अन्तरर्गत नेपालभर रहेका नेपाली सेनाका विभिन्न पृतनाहरू, बाहिनीहरू, गणहरू र गुल्ममा गरी १ हजार २ सय ९६ वटा इलेक्ट्रिक पावरसहितका चुल्हो जडान गर्नुपर्ने हुन्छ । यस्तो चुल्होमा मट्टितेललाई ग्यास बनाएर पावर निकाली खाना पकाउने काम हुन्छ । त्यसका लागि नेपालमा रहेका ९६ हजार ५ सय सैनिकको प्रति दिन खर्च काटिने गरेको छ । चुल्हो विक्रि एकातिर रहेपनि त्यसको जडानबाहेक सेवा शुल्क वापत ठेक्का पाएको कम्पनीले प्रति सैनिक ६ रूपैंया ७ पैसाका दरले पाउने निर्णय गराइएको छ जवकि यसअघि २ रूपैंया ५९ पैसा रहेको थियो । अहिले बढाइएको ४ रूपैंया भन्दा बढि रकममा भ्रष्टाचार गरिएको छ ।
ठेक्काको अन्तिम दुईमा पुगेका कम्पनीहरू, प्रधान सेनापति, जर्नेलहरूलाई बाँड्नका लागि ४ सय करोडमा ४० करोडभन्दा बढि रकममा हिनामिना गरिएको हिसावसहितको तथ्य जनप्रहारसँग सुरक्षित रहेको छ । सेनाको ठेक्काकै क्रममा १८ करोड रूपैंया घोपाला पारेको अभियोगमा केही वर्षअघि आन्तरिक राजस्व विभागको कारवाहीको लिष्टमा परेको पुष्प पियाको बुद्धलाई नै मिलाएर यो ठेक्का दिनुमा सैनिक अधिकारीको पूर्ण संलग्नता रहेको देखिन्छ । कुनैपनि ठेक्काको विषयमा प्रधानसेनापतिले ‘यस’ नभनेसम्म पास हुने प्रचलन अहिलेसम्म नेपाली सेनामा कायम रहेको छैन । यसकारण पनि यो चुल्हो ठेक्का प्रकरणमा प्रधानसेनापति क्षेत्रीको परोक्ष संलग्नता देखिएको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्