
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आधारभूत रूपमा लोडसेडिङ अन्त्य गरेको नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापनका लागि थप २५ मेगावाट बिजुली आयात गरेको छ। ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनबाट बुधबार रातिदेखि २५ मेगावाट बिजुली आयात गरेको हो। योसँगै भारतबाट आउने बिजुली ३८० मेगावाट पुगेको छ।
यो गत वर्षको उच्चतम आयात भन्दा ३३ मेगावाट बढी हो। अब भने विद्युत् प्राधिकरणकरणले भारतबाट थप बिजुली समेत नल्याउने भएको छ। ‘यो वर्षका लागि भारतबाट थप बिजुली आयात गर्नुपर्दैन। यही बिजुली व्यवस्थापन गरिनेछ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने।
केपी शर्मा ओली नेतृत्वको सरकारले लोडसेडिङ अन्त्यका लागि यो वर्ष भारतबाट ५६० मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको थियो। त्यस्तै गत महिना भारत र नेपाल बीच माघसम्ममा थप ८० मेगावाट बिजुली आयात गर्ने सहमति भएको थियो। जसअनुसार गत पुस १७ गते ४० मेगावाट बिजुली आयात गरिएको थियो।
थप ४० मेगावाट गरी ८० पुर्याउने सहमति भए पनि बुधबार २५ मेगावाट मात्र आयात भएको हो। यो सहमति भन्दा १५ मेगावाट कम हो। प्राविधिक समस्याको कारण १५ मेगावाट कम बिजुली आयात गरिए पनि समस्या नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। हाल काठमाडौं उपत्यका सहित आसपासका केही जिल्ला र पोखरामा लोडसेडिङ छैन।
यी क्षेत्र बाहेकका स्थानमा दैनिक औसत २ घण्टा र उद्योगमा देनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ। तर विद्युत प्राधिकरणले वीरगञ्ज करिडोरमा लोडसेडिङ हटाउने तयारी गरेको छ। भारतबाट २५ मेगावाट समेत गरी प्राधिकरणको सिस्टममा ८६६ मेगावाट बिजुली पुगेको छ। जसअनुसार भारतबाट ३८०, प्राधिकरणका आयोजनाबाट ३३४ र निजीक्षेत्रबाट १७५ बिजुली सिस्टममा छ। यो मागको तुलनामा ३९९ मेगावाट मात्रै कमी भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। अहिले माग १२६५ मेगावाट मात्रै भएको घिसिङको भनाइ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्