
एजेन्सी – कम्प्युटर अगाडी बसेर क्लिक गरेकै भरमा पैसा कमाउनुस् १ एक क्लिक वापत पाँच रुपैयाँ आम्दानी पक्का ।यस्तो सहज स्किम आउँदा नलोभिने को होला र !
यसका लागि सोशल ट्रेडडटबिज नामको सामाजिक सञ्जालमा ५ हजार देखी ५० हजार भारतीय रुपैया तिरेर सदस्य बन्नुपर्थ्यो। सदस्य शुल्कको आधारमा क्लिक संख्या तोकिएको थियो र त्यसैको आधारमा पैसा आउँथ्यो।
जस्तो हजार तिरेर सदस्य बने दैनिक १० लाइक, ५० हजार तिरेर सदस्य बने १०० लाइक । यसमा २५ लाइक बोनस आउँथ्यो र यो वापत दैनिक ६२५ भारु सदस्यको खातामा आउँथ्यो। नयाँ सदस्य बढाएर थप कमिसन आउँथ्यो।
घरमा बसेर यसरी क्लिक गरेको भरमा पैसा आउने अवसर सुनेपछि भारतका ७ लाख जना प्रस्तावमा सहमत भए र सदस्य बने। केही समयसम्म कम्पनीको प्रस्ताव अनुसारनै उनीहरुको खातामा पैसा आइरह्यो । तर केही समयदेखि पैसा आउन रोकिएपछि सदस्यहरु उत्तर प्रदेशमा रहेको कम्पनीको कार्यालय पुगे।
प्रहरीले अनुसन्धान शुरु गर्यो। अनुसन्धानमा सो कम्पनीले यस्तो प्रस्ताव दिएर ७ लाख जनाबाट ३७ अर्ब उठाएर ठगी गरेको खुल्यो।भारत उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले अहिले यसका सञ्चालक अभिनव मित्तल र उनका २ जना सहयोगीलाई पक्राउ गरेर अनुसन्धान गरिररहेको छ। प्रहरीले ३७ अर्बमध्ये ५ अर्ब रुपैंया मात्रै फेला पारेको छ।
यस्तो थियो ठगी योजना
कम्पनीमा काम गर्नेहरुले आफैं नक्कली विज्ञापन बनाएर आफ्नो साइटमा राखेर सदस्य बनेकाहरुलाई त्यसमा क्लिक गर्न लगाउँथे। उनीहरुले सदस्य बनेवापत संकलन गरेको रकम यसरी क्लिक गर्नेहरुलाई आम्दानी भन्दै बाँड्थे।
प्रारम्भमा त धन्दा राम्रैसँग जमेको थियो। सदस्य संख्या बढेसँगै कम्पनीको समस्या पनि बढ्यो। कम्पनिले वाचा गरे अनुसार सबैलाई पैसा दिन सकेन। यसले सदस्यमाझ विवाद शुरु भयो र पोल खुल्यो। प्रहरीका अनुसार सो कम्पनीविरुद्ध एक लाख बढी उजुरी आएको थियो।
प्रहरी अनुसन्धानमा उनीहरुले प्रहरीलाई छक्याउन पटक(पटक नाम फेर्ने गरेको खुल्यो। न्युज१८ का अनुसार उनीहरुले प्रारम्भमा सोशलट्रेडविज नाम राखेर धन्दा सुरु गरेका थिए। लगत्तै फिरफ्रीहब डटकम, इङ्टामाट डटकम, थ्रीडब्ल्यू डटकमको नाममा कम्पनी खोल्दै ग्राहक बनाएका थिए । अनुसन्धानमा उनीहरुले सात लाखलाई सदस्य बनाएर सोशल ट्रेडिंगको नाममा ३७ अर्ब ठगेको खुलेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्