
- रामु खनाल, सेयर बजार विश्लेषक
शेयर बजारमा स्थापित सर्वव्यापी मान्यता , ‘बजार उच्च बिन्दुमा पुगेको बेला आफु संग भएको सबै शेयर बेच अनि बजार बाट बाहिर बस , बजार न्यून बिन्दुमा पुगेको बेला पुन: बजारमा प्रवेश गर ‘। यहि सिद्धान्तलाई आधार मान्ने हो भने अहिले बजार न्यून बिन्दुको वरीपरी घुमिरहेको छ । अहिले बजार १२१८ अंकको न्यून बिन्दुको हाराहारी बाट फर्किएको छ । यो अहिले सम्मको नै न्यून बिन्दु हो ।
बजार कतिसम्म घट्न सक्छ वा कति सम्म बढ्न सक्छ ठ्याक्कै कसैले भन्न सक्दैनन ।बजारलाइ प्रभाव पार्न सक्ने बिभिन्न अवयवहरुको आधार बाट बिश्लेषण गरि अनुमान लगाउने हो । त्यसैले त शेयर बजारलाई अनुमान नै अनुमानको बजार पनि भन्ने गरिन्छ । यो सम्भावना नै सम्भावनाको बजार पनि हो ।सहि समयमा सहि निर्णय गर्न सक्नु नै शेयर बजारको सफलताको मूल मन्त्र नै हो ।
जब बजार न्यून बिन्दुमा पुग्छ त्यो बेला बजार बढ्न सक्ने बिबिध आयामहरुको बिश्लेषण गरि बजार बढ्न सक्ने बलियो आधार भेटेमा बजारमा प्रवेश गर्नु पर्छ । अहिलेको अवस्थालाई हेर्दा बजार पुर्णरुपमा फर्कि नै सकेको हो , बजार Upward ट्रेन्डमा गएको नै गएको हो भनेर भन्न सक्ने स्थिति छैन । बजार स्थिरता तर्फ गएको हो भनेर भन्न पनि मिल्दैन । बजार अहिले न्यून बिन्दुकै वरिपरी घुमिरहेको चाहि यथार्थ नै हो । यदि तपाई Long Term को लागि लगानी गर्ने सोचमा हुनुहुन्छ भने अहिलेको यो न्यून बिन्दु लगानीको राम्रो अबसर पनि हो ।
यदि तपाई Short Term कारोबारको लागि बजार प्रवेश गर्ने सोचमा हुनहुन्छ भने बजार स्थिर भइ बजार Upward Movement मा गइ सकेको यकिन भइ सके पछि मात्र बजारमा प्रवेश गर्नु भयो भने शेयर बजार बाट तपाइले सफलता प्राप्त गर्न सक्नु हुन्छ । यदि तपाई Risk Taker हो भने पनि अहिलेको अबस्थामा पनि Short Term मा Profit गर्न सक्नुहुन्छ ।तयसैले त भन्ने गरिन्छ , Higher The Risk , Higher Profit
अहिलेको अबस्थालाइ सरसर्ती हेर्दा बजारलाइ सकारात्क पार्ने धेरै कुराहरु विस्तारै विस्तारै देखिन थालेका छन् ।NLIC को FPO , Forward Micro finance को शेयर अब छिट्टै बाडफाड हुदैछ ।त्यो रकम फिर्ता पश्चात त्यसले पनि बजारलाइ केहि हद सम्म सकारात्क प्रभाब नै पार्ने छ । सरकारले पुजीगत खर्च बढाउदै छ । सरकारले पुजीगत खर्च बढाउनु भनेको राष्ट्र बैकमा थन्किएर रहेको रकम बिभिन्न माध्यमबाट बिभिन्न तरिकाबाट बजारमा पूजीको प्रबाह गर्नु हो । जसको कारण बैक तथा वित्तीय सस्थाहरुमा रहेको तरलता अभाव केहि हद सम्म सम्बोधन हुनेछ ।
मार्जिन ल्यान्डिङ ७० % पुर्याउन गभर्नर सकारात्क रहेको कुरा पनि बिभिन्न माध्यम बाट सार्वजनिक भैरहेको छ ।चर्को ब्याजदर पनि घटाइदै छ ।देशमा चुनावको माहोल पनि विस्तारै बिस्तारै बनि रहेको छ ।देशमा राजनितिक , आर्थिक लगायतका कुराहरु पनि सकारात्मक नै छन् । अन्य समयमा पनि फाल्गुण चैत्रमा शेयर बजार न्यून हुने , यो समयमा सस्तो मुल्यमा शेयर पाइने भएकोले यो समयमा शेयर किन्ने अनि असार, श्रावण तिर बिक्रि गर्ने गरेको अनुभवी लगानीकर्ताहरुले आफ्नो अनुभव सुनाउने गर्नुहुन्छ ।
तर आगामी दिनमा निष्काशन हुदै गरेको स्टाण्डर्ड चार्टर्ड बैंकको FPO , अन्य कम्पनिहरुले निष्काशन गर्ने FPO , IPO , Right Share र लगानीकर्ताहरुको मनोबैज्ञानिक त्रासको प्रभाब बजारमा पर्ने निश्चित नै छ ।लगानीकर्ताहरुको बजार प्रति सकारात्मक प्रभाब नपरुन्जेल बजार बुल मै गैहाल्ने स्थिति देखिदैन । अत: यदि तपाई Short Term को लागि लगानी गर्ने सोच हुनहुन्छ भने बजार स्थिर भइ Upward Movement मा नजाने बेला सम्म पर्खनु नै बुद्धिमानि नै हुने छ ।
तर यदि तपाई Long Term को लागि लगानी गर्ने सोचमा हुनहुन्छ भने यो समय भनेको राम्रो कम्पनी सस्तो मूल्यमा किन्न सक्ने अवसरको रुपमा पनि लिन सक्नुहुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्