
- दिनेश बस्न्यात
कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्तयमुनि,
तहाँ उपरान्त पृथ्विलोकको नेपाल नामक देशको बैंकिङ क्षेत्र अस्तव्यस्त हुन गयो । पैसाको हाहाकार हुन थाल्यो । ऋणको आश गरि बैंङकको दैलो टेक्नेहरु निन्याउरो मुख पार्दै फर्कदा भए । यता ऋणले स्नान गर्दै गरेका नन्दि,भीरङगि,६४ योगिनिलाई पनि “चर्को ब्याज” नामक अस्त्रको प्रहार भयो ।
अस्त्रको प्रभावले कोहि छटपटाउन थाले,कोहि बरबराउन थाले,कोहि रोईकराई गर्न थाले । हे अगस्तय मुनि, यता बैंकहरु पनि डिपोजिट डिपोजिट भन्दै हारगुहार गर्न थाले ।एकअर्काको खोसाखोस गर्न थाले ।यता बैंकहरुको बैंक राष्टृ बैंक भने बैंकहरूको यो अप्सरा नृत्य देखि मख्ख पर्दा भए । अगस्तय मुनिः”हे कुमार जि ती बैंकहरुका बैंक राष्टृ बैंकको वर्णन पनि हजुरको मुखारविन्दु बाट सुन्न पाए धन्य हुने थिए ।”
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्तयमुनि, ती बैंकहरुका बैंक राष्टृ बैंकको वर्णन हजार मुख भएका शेष नागले त गर्न सकेनन् भने म के सकुला तै पनि ल सुन्नुस ती राष्टृ बैंक कस्ता थिए भने ब्याजदर करिडोर लागू नगरी बैंकहरू बिच अस्वस्थ्य प्रतिस्प्रधा गराई मनोरंजन लिने,निक्षेपमा १५% भन्दा बढी ब्याज दिन लगाउदै मूल्य वृद्वि चर्काउन प्रोत्साहन गर्ने,एकातिर ८ अर्ब पुजिँ पुर्याउ भन्ने अर्कातिर पुुजिँ सँगसँगै कर्जा बढ्दा कर्जाको अनुपातमा कसरी यत्रो वृद्वि भयो भनि प्रश्न गर्ने स्वभावको थिए ।”
इति स्कन्द पुराने, स्रिसखण्डे केदारखण्डे माघमहात्म्य कुमारअगस्तये बैंकिङ क्षेत्र अस्तव्यस्ताय नामक ८ अर्बे अध्याय समाप्तम ॥
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्