
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – पूर्वी चितवनमा पहिलो पटक मेसिनबाट धान रोप्नका लागी ट्रे प्रविधिको बिउ उत्पादन सुरु भएको छ । चैते धान उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ दुबी चौरमा ट्रे प्रविधिबाट धानको विऊ राख्न सुरु गरिएको हो ।
कृषि आधुनिकीकरणसँगै धानको उत्पादनमा वृद्धि र लागतमा कम गर्न कृषि मन्त्रालयको नीति अनुसार पहिलो पटक पिप्ले, दुबी चौरमा ट्रे प्रविधिबाट धानको विऊ राख्न सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । गत सालदेखि नै मेसिनबाट धान रोपिए पनि ट्रे प्रविधिबाट धानको विऊ राख्न भने पहिलो पटक सुरु गरेको उनले बताए । ‘बृहत धान कार्यक्रम अन्र्तगत हामीले अनुदानसहित कार्यक्रम सुरु गरेका हौं’, उनले भने, ‘यसले चैते धान उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ ।’ आधुनिक तरिकाबाट धानको उत्पादन सुरु गरेका यस क्षेत्रका किसानहरु उत्साहित देखिएका छन् ।
कृषि सेवा केन्द्र खैरहनीका प्राविधिक साहयक विष्णु शर्माका अनुसार धानलाई लाईनमा रोप्ने, किसानहरुको वाली विमा गराउने, त्यसपछि उत्पादन वृद्धि गराउने तवरले राप्तीको पिप्ले, दुबे चौरमा कृषक सूमहको सहकार्यमा कार्यक्रम सुरु भएको छ । साथै उनले विशेष पकेट कार्यक्रम अन्र्तगत प्रर्दशन प्लटको रुपमा देखाउने र १५ देखि १८ दिनेको विउ मेसिनबाट रोप्ने तयारी समेत भएको बताए ।
समूहमा आवद्ध भई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउन किसान हरुलाई आधुनिक ढङ्गले गरेको कार्यक्रम राम्रो र खुसी लागेको जनमुखी समानुपातिक कृषक समुहकी अध्यक्ष ढण्डमाया कडेँलले बताइन् । कृषि कार्यालयले पहिलो पटक यहाँ साढे सात विगामा यसरी धान विऊ राख्ने तयारी गरेको छ । पूर्वी चितवन जिल्ला कै धान उत्पादनको दृष्टिकोण बाट पकेट क्षेत्र हो । २९ हजार ४ सय हेक्टरमा वर्षेधान र ४ हजार ५ सय ७५ हेक्टरमा चैते धान खेती हुँदा १ लाख २२ हजार ८ सय मेट्रिक उत्पादन भएको कार्यालयको तथ्यांकमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्