
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यतिबेला पूँजी बजारलाई देश व्यापी विस्तार गर्ने अभियानमा रहेको छ । उपत्यका भित्र मात्र सीमित रहेको बजारलाई विस्तार गर्ने क्रममा बोर्डले विभिन्न चरणमा देशका विभिन्न स्थानमा गएर शेयर बजार सम्बन्धी सचेतना फैलाउँदै आएको छ ।
यसै सन्दर्भमा बोर्डले हालसालै मध्यपश्चिमाञ्चलको दाङ्ग, सल्यान र रुकुमका सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघको संयुक्त आयोजना, तथा विभिन्न कलेजहरुको संयोजनमा छुट्टाछुट्टै पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण प्रसाद भुषालको सभापतित्वमा दाङ्गमा भएको पूँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्र्तकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्यले बोर्डले संचालन गरेका पूँजी बजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रमले काठमाडौं केन्द्रित पूँजी बजारले दाङ्ग जिल्लामा समेत लगानीको लागी वातावरण बनाउने विचार व्यक्त गरे । साथै त्यहा स्थित भिक्टोरिया इन्टरनेशनल कलेजको संयोजनमा २०० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा पूँजी बजार सम्बन्धी थप कार्यक्रम समेत सम्पन्न भएको छ ।
यसका अतिरिक्त सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष सधन श्रेष्ठको सभापतित्वमा सल्यानमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुको बजारप्रतिको बिश्वास अभिबृद्धि गर्न नियमन तथा सुपरीवेक्षण कार्यलाई अझै प्रभावकारी रुपमा अगाडी वढाउनुपर्ने धारण व्यक्त गरे । साथै सल्यान जिल्लामा अवस्थित शिवजन क्याम्पसमा करीव १७५ जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामासमेत यस्तो कार्यक्रम सम्पन्न भएको थियोे ।
त्यस्तैै रुकुम उद्योग बाणिज्य संघका उपाध्यक्ष वाल कुमारी गिरीको सभापतित्वमा रुकुममा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमित्त प्रमुख जिल्ला अधिकारी शेर बहादुर पुनले नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा हालसालै गरेका विभिन्न सुधार तथा सकारात्मक पक्षहरुले गर्दा नेपालको पूँजी बजार लगानीकर्तामैत्री भई अर्थतन्त्रको ऐनाको रुपमा विकास हुँदै गइरहेको धारणा व्यक्त गरे । यस्तै कार्यक्रम रुकुमको त्रिभुवन जनता उ। मा।बि।मा करीव १६० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमहरुमा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, लगानीकर्ताहरु, शिक्षक, विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणहरुको सहभागितामा नेपालको पूँजी बजारका विविध पक्षहरु, पूँजी बजारका संभावना तथा चूनौतीहरुकोबारेमा उत्सुकत्ता पूर्वक विभिन्न जिज्ञासाहरु राख्दैे अन्र्तकृया सम्पन्न भएको थियो ।
छुट्टाछुट्टै रुपमा आयोजना गरिएका यी कार्यक्रमहरुमा उठेका जिज्ञासाहरुको जवाफ बोर्डका अध्यक्ष डा।रेवत बहादुर कार्कीले दिएका थिए । उनले काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउन क्रममा जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्न यही माघ १ गते देखि आस्बा प्रणालीको लागू गरिएको बताए । उनले सो प्रणालीले गर्दा देशका ७३ जिल्लामा रहेका विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुका २ हजार भन्दा बढी शाखा मार्फत आवेदन गर्न सक्ने व्यवस्था भई धितोपत्रको प्राथमिक बजार विस्तार भएको र दोश्रो बजार सेवालाई क्रमशः देशव्यापी बनाउन धितोपत्र दलालको शाखालाई काठमाडौं बाहिर विस्तार गर्न लागिएको जानकारी दिए ।
त्यस्तै बोर्डले धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई समते सहभागी गराउन आवश्यक कार्यविधि तयार गर्ने क्रममा रहेको जानकारी गराउँदै यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने जानकारी समेत दिए ।
त्यस्तै बोर्डले २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी पूर्ण स्वचालित सेवाको व्यवस्था, २०७३ माघबाट सार्वजनिक निष्काशनमा डिम्याट खाता अनिवार्य गरी आस्बा प्रणाली लागू गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्