×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ई रिक्साको ब्याबस्थापनमा चुनौती

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ई रिक्साको ब्याबस्थापनमा चुनौती

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार संबाददाता 

काठमाण्डौ – भरतपुर नारायणगढ क्षेत्रमा सञ्चालनमा आएका ई रिक्साको व्यवस्थापन हुन नसक्दा बजार अस्तव्यस्त बनेको छ । दुर्घटनाहरु बढेका छन् । सवारी जाम भएको छ । तोकेभन्दा बढी ई–रिक्सा सञ्चालनमा आएपछि यसको व्यवस्थापनमा कठिनाइ सिर्जना भएको छ । 
भरतपुर उपमहानगरपालिका कार्यालयको बोर्ड बैठक, जिल्लाका विभिन्न दलका प्रतिनिधि र रिक्सा व्यवसायी समितिबीच भएको निर्णयभन्दा बढी ई–रिक्सा सञ्चालनमा आउँदा व्यवस्थापन गर्न मुस्किल भएको हो । सरोकारवाला निकायबीच ९१२ वटा पुराना रिक्सा हटाइ ३०४ थान ई–रिक्सा भिœयाउने निर्णय भएको थियो । 
तर, बैठक बसेर निर्णय गर्ने सरोकारवाला निकायहरुले नै तोकेभन्दा बढी ई–रिक्सा सञ्चालन गर्नका लागि सिफारिस गरेपछि यसको व्यवस्थापनमा चुनौती थपिएको छ ।
यसलाई न रिक्सा व्यवसायी समितिले व्यवस्थित गर्न सकेको छ न ट्राफिक व्यवस्थापनले । बजारमा सार्वजनिक सवारी साधनभन्दा ई–रिक्साको संख्या बढी देखिन्छ । ई–रिक्सासँगै अटो रिक्सा ९टेम्पो० ले गर्दा पनि बजार अस्तव्यस्त बनेको छ । समितिका अनुसार अझै पनि ४२२ थान प्याडल रिक्सा भरतपुर नगर क्षेत्रमा छन् ।
 ५१४ थान ई–रिक्सा समितिमा आवद्ध छन् । तर, समितिभन्दा बाहिर कति ई–रिक्सा सञ्चालनमा छन् भन्ने कुनै तथ्यांक छैन । समितिमा आवद्ध भएकाबाहेक अन्यलाई सञ्चालनमा रोक लगाए पनि कार्यान्वयन हुन सकेको छैन । अन्य सरोकारवाला निकायहरुले यस विषयमा चासो नदिँदा कार्यान्वयनमा आउन नसकेको समितिले जनाएको छ । ‘आवश्यकताभन्दा बढी ई–रिक्सा सञ्चालनका लागि सरोकारवाला निकायहरुले सिफारिस गरेकोले रिक्सा व्यवसायी समितिलाई यसको व्यवस्थापन गर्न बडो गाह्रो भएको छ’ समितिका अध्यक्ष वीरेन्द्र लामिछानेले भने ।
 सिफारिस गरिएका ई–रिक्सा सञ्चालनमा आएका भए अहिले यो समस्या नआउने उनले बताए । बजारमा ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा अन्य सवारी साधन तथा पैदलयात्री हरुलाई समस्या परेको चौतारी यातायात व्यवसायी समितिका अध्यक्ष भुवन बरालले बताए । ‘ई–रिक्साले यात्रु खोज्ने होइन, यात्रुले ई–रिक्सा खोज्दै आउनुप¥यो’ उनले भने ‘तब बल्ल व्यवस्थित हुन सक्छ । 
नत्र व्यवसाय धरापमा पर्न सक्छ ।’रिक्सा व्यवसायी समितिका संस्थापक कोषाध्यक्ष अष्टमान श्रेष्ठ जुग्नुले ई( रिक्सा व्यवसायीहरु एकजुट हुनुपर्ने ठाउँमा विभिन्न नाममा संघ संगठन खोल्नतर्फ लागेकोले यो अवस्था सिर्जना भएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: