
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – पवित्र धार्मिकस्थल नारायणी नदी देवघाटधाममा दैनिक सयौँको संख्यामा मानिसहरु नुहाउन र पूजापाठ गर्न आउछन् । तर, बिड्म्बना त्यहीं नदीको केही किलोमिटर तल नारायणगढ स्थित नारायणी पुल मुनि भने अनौठो दृश्य देख्न सकिन्छ । जहाँ दैनिक कुखुराको गाडीको सुली पखालिन्छ ।
यहाँ बढी जसो कुखुरा बोक्न प्रयोग हुने गाडीहरु धोइ पखाली गरिरहेको पाइन्छ । नदीमा गाडीको आधा भाग डुबाएर सुली पखाल्ने काम कुखुरा गाडी व्यवसायी, चालक, सहचालकले खुलेआम गरिरहे पनि यहाँका सरकारी तथा गैरसरकारी सरोकारवाला निकाय भने मौन छ । नियमनकारी निकाय नै नदेखेझैँ गरी बसिदिँदा नदी प्रदूषण बढिरहेको छ ।
‘नारायणी नदीमा गाडी धुन्छन् भन्ने कुरा हामीलाई थाहै छैन’, गैँडाकोट नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भने, ‘यदि त्यस्तो रहेछ भने कारबाही गर्छु ।’ पुलमाथि बाट ओहोरदोहोर गर्दा गैँडाकोट पट्टि अक्सफोर्ड कलेज मुनिको भागमा दैनिक गाडीहरु धोइरहेको देख्न सकिन्छ । तर, नगर पालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भने, ‘खै, मैले त देख्दिन त ।’ गाडी धुने गरेको बारेमा आफूकहाँ पहिले गुनासो आए पनि हिजो आज गुनासो नआएको बताए ।
नारायणी नदीमा फोहोर फालिने गरेको बारे उनी केही जानकार रहेछन् । उनले भने, ‘यहाँका केही उद्योगले सीधै नदीमा फोहोर पानी मिसाउने गरेका छन्, के गर्नु जति भने पनि मान्दैनन् ।थुम्सी क्षेत्रमा पनि होटलले नारायणी नदीमा फोहोर फाल्ने गरेका छन् । तर, यसबारे कार्यकारीले खासै चासो दिएनन् ।
आफ्नो कार्य क्षेत्रभित्र भएका गलत काम धन्दाबारे उनले केही जानकारी भए पनि केही गर्न नसकिने बताए । नारायणीमा सुली बगाएर गाडी धुन पाइन्छ रु भन्ने प्रश्नमा उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले भने,‘पाइँदैन , यस्तो गलत काम रोक्ने प्रयास गरिरहेका छौँ ।’ नदी प्रदूषण हुनबाट जोगाउन सबैको उत्तिकै दायित्व हुने भन्दै अध्यक्ष भट्टचनले नगरपालिका सँग आवश्यक समन्वय गरी गाडी धुन निषेध गरिने बताए ।
गाउँमा फोहोर भयो भन्दै बंगुरको खोर हटाउने तर नदीमा सीधै सुली बगाउने कामलाई बेवास्ता गर्ने यहाँका प्रशासन र व्यवसायी नदी प्रदूषणबाट जोगाउन खासै चासो नदिएको स्थानीय बताउँछन् ।‘नदी सबैको साझा सम्पत्ति हो । तर, यहाँका प्रशासक, नागरिक, बौद्धिक वर्ग यस प्रति सचेत भएको पाइँदैन, गैँडाकोट २ का श्रीजल थापाले भने, ‘बेलैमा नदी प्रदूषण हुनबाट नजोगाउने हो भने भोलि कुनै समयको फोहोरी वाग्मती जस्तै हुनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्