×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्तब्यस्त नारायणगढ बजार, दिनुहुँको ट्राफिक जामले स्थानीय सकस भोग्न बाध्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अस्तब्यस्त नारायणगढ बजार, दिनुहुँको ट्राफिक जामले स्थानीय सकस भोग्न बाध्य

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – चितवनको नारायणगढ बजार अस्तब्यस्त भएको छ । कारण यस क्षेत्रमा व्यवस्थित पार्किङस्थल नहुनु हो । सडकमै जथाभावी गाडी पार्किङ गर्दा बजार क्षेत्रमा ट्राफिक जाम समेत हुने गरेको छ । सडक 

क्षेत्राधिकारभित्रै गाडी पार्किङ रोक्न सकिएको छैन । 
भरतपुर उपमहानगरपालिका, व्यवसायी तथा सरोकारवाला निकायले पार्किङस्थल हालसम्म पहिचान गर्न सकेका छैनन् । नारायणगढ ट्राफिक व्यवस्थापन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएसँगै नारायणगढ र भरतपुर बजारको व्यवस्थापनका लागि नयाँ निर्णयहरु भएका छन् । गत , माघ २ गते ट्राफिक प्रहरीको संयोजकत्वमा भरतपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, सडक विभाग, स्थानीय टोल सुधार समितिको संयुक्त अध्ययन टोली बनेको थियो । 
ट्राफिक व्यवस्थापनको दीर्घकालीन उपायका रुपमा भरतपुर उपमहानगरपालिकाबाट घरको नक्सा पास गर्दा घरमै पार्किङको व्यवस्थापन यथासम्भव अन्डर ग्राउण्ड भएको नक्सा मात्र पास गर्ने व्यवस्था लागू गर्न उपयुक्त हुने भन्दै यसको कार्यान्वयनमा ध्यान दिन सर्वपक्षीय निर्णय भएको छ । जिल्ला प्रहरी कार्यालयमा भएको सर्वपक्षीय बैठकले नारायणगढ बजार इलाकामा बैक तथा वित्तिय संस्थाहरुको गाडीको व्यवस्थापन सम्बन्धित संस्थाले आफै गर्नुपर्ने भएको छ ।
 बजारमा व्यापार व्यवसाय गर्ने र स्थानीयबासीको गाडी समेत लामो समयसम्म सडकमा पार्किङ गरेको पाइएपछि बजारमा रहेका बैक तथा वित्तीय संस्थाहरुले आफ्ना गाडी पार्किङको लागि आफै व्यवस्था गर्ने र सडक तथा फुटपाथ मा पार्किङ नगर्ने भनी अल्पकालीन निर्णय गरिएको छ । सेवाग्राहीका सवारीसाधन पार्किङको लागि आफ्नै पार्किङ स्थल राख्ने व्यवस्था गर्नुपर्ने निर्णयमा उल्लेख छ । ट्राफिक व्यवस्थापनमा समेत असहज भएपछि ट्राफिक व्यवस्थापनमा नयाँ नीति अपनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले बताए । 
साना भाडाका सवारीका हकमा नयाँ नियम बनाएको छ । जसअनुसार नारायणगढ बजारमा लायन्सचोकदेखि पुल्चोक सम्म दुबैतर्फको सडकको पेटी माथिको ढल रहेको पैदल यात्री हिड्ने बाटोमा सडकबाट पाइप राखी पानीको निकास निकाली सोमाथि स्लोप निकालेर छोटो समय सम्म रहने सेवाग्राहीहरुका चार चक्के साना सवारी तथा हाल रहेका ट्याक्सी स्टैण्डहललाई समेत सडक पेटीमा उकाल्ने व्यवस्था गरिने प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए । क्षेत्रका दर्जनौँ बैंक ता वित्तीय संघ संस्थाहरुको समेत आफ्नै पार्किङ स्थल छैनन् । तर, उनीहरुले सेवाग्राहीलाई पार्किङ सुविधा दिनुपर्ने प्रावधान लाई समेत लत्याएको छ ।
 घर भाडामा दिनेले समेत पार्किङको व्यवस्था दिनुपर्ने हो । तर, व्यवहारमा त्यो कार्यान्वयन भएको देखिन्न । नारायणगढ, भरतपुरका अधिकांश सडक क्षेत्रा धिकारभित्रै पार्किङ गर्ने प्रचलन छ । छड्के चेक जाँचका क्रममा जरिवाना असुल्ने ट्राफिक प्रहरी पनि बजारको पार्किङका सवालमा प्रायः मौन देखिन्छन् । नगर क्षेत्रभित्र बसबिसौनी तथा पार्किङ स्थलको व्यवस्था गर्ने काम नगरपालिकाको हो । तर, भरतपुर उपमहानगर पालिका स्वयं सरसफाइ शुल्क उठाउँदै ठेला, फुटपाथ व्यवसाय बाट राजस्व संकलन कार्यमा लागेको छ । 
नगरपालिका नजिकै रहेका बाइक रिकण्डिसन हाउसहरुले सडक क्षेत्राधिकार मिचेर ‘प्रदर्शनी स्थल’ जस्तै प्रयोग गर्दै आइरहेका छन् । “रिकण्डिसन हाउसलाई अग्रीम सूचना दिइसकेका छौँ, सडक अतिक्रमण गरी व्यवसाय तथा व्यापार नगर्न अनुरोध गर्नेछौँ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ठकुरीले भने, “सडक क्षेत्राधिकार ओगटेर व्यवसाय गर्ने साना ठूला सबैलाई कारबाही अभियान चलाउँदैछौँ ।” उनले अग्रीम सूचना दिए पछि पनि अटेर गर्नेलाई ऐन अनुसार दण्ड जरिवाना गराइने समेत बताए । 
सवारी तथा यातायात व्यवस्था ऐन २०२९ को दफा १२२ मा लेखिएको छ, “कुनैपनि सवारी अरु कुनै सवारी वा व्यक्तिलाई खतरा, बाधा वा असुविधा हुने गरी कुनै सार्वजनिक स्थानमा राख्न हुदैन ।” तर, यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । भरतपुर, नारायणगढ बजारको ट्राफिक व्यवस्थापन सम्बन्धी अध्ययन कार्यदलले माघ २१ गते स्थानीय प्रशासनलाई १० बुँदे सुझाव दिएको छ । बजारको ट्राफिक व्यवस्थापनका अल्पकालीन, दीर्घकालीन सुझाव दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
 प्रतिवेदनमा दिएको सुझावकै आधारमा बजारको ट्राफिक व्यवस्थापन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख पन्तले मुख्य राजमार्गमा फुटपाथ व्यवसाय गर्न नदिन उच्च निगरानी गरिने बताए । “राजमार्ग क्षेत्रमा फुटपाथ व्यवसाय गर्ने, सटर बाहिर सामान राखेर बेच्ने विरुद्ध अब कानूनी कारबाही गर्छौँ”, उनले भने, “बजारमा सहज यात्रा गर्ने वातावरण बनाइने छ ।” फुटपाथ व्यवसायलाई नगरपालिकाले सञ्चालनमा ल्याएको बालकुमारी मावि नजिककौ सब्जिमण्डीमा व्यवस्थापन गरिने बताए ।
 सडक पेटी अतिक्रमण हुने गरी बनाइएका पूर्वाधारहरु विस्तारै हटाइने दीर्घकालीन योजना बनाएको छ । बजारको ट्राफिक व्यवस्थापन कार्यका लागि तत्काल ६ जना नगर प्रहरी नियमित परिचालन गरिने छ । “बैंक तथा वित्तीय संस्थालाई डेढ वर्ष अघि पार्किङ स्थलको व्यवस्था गर्दा समेत अटेर गरेको पाइएको छ”, उनले भने, “अब सडक तथा फुटपाथमा सवारी पार्किङ गर्न पाइने छैन, आफ्नै पार्किङ स्थल बनाउनुपर्ने छ ।” बजारमा आउने भाडाका ट्याक्सीलाई सडक पेटीमा रहेको ढल निकासा हुने ठाउँमा स्लोप निकालेर साना चार चक्के सवारीलाई राख्ने व्यवस्था मिलाउन लागिएको बताए । 
विगतमा गरिदै आएको सडक पेटीमा पहेँलो रेखाभित्र मोटरसाइकलको हकमा पार्किङ हुने व्यवस्था मिलाइने छ । “सडकमा डिभाइडर नहुँदा दुर्घटनाको जोखिम समेत बढ्न थालेको छ”, ट्राफिक प्रमुखले भने, “चौविसकोठी देखि लायन्सचोकसम्म चाँडै रोड डिभाइडर राख्ने काम गरिनेछ ।” उनले पातला फलाममा स्टील पाता राखेर डिभाइडर राख्न सकिने उनको भनाइ छ । सडक डिभिजन कार्यालयले तयार गर्ने डिजाइनका आधारमा डिभाइडर राखिने बताए । सडक रेखा, ट्राफिक संकेतलाई अभियानकै रुपमा अघि बढाइने छ । 
“पुलचोक, शहीदचोक र लायन्स चोकमा सुरुको चरणमा ट्राफिक बत्ती राख्न पहल थालिएको छ”, ट्राफिक प्रमुख पन्तले भने, “डिजाइन तथा इस्टमेट सडक डिभिजनले गरे लगत्तै थप प्रक्रिया अघि बढ्ने छ ।” यस्तै आनन्दमार्गबाट लायन्चोक तर्फ प्रवेश गर्न निषेश गर्ने, पुलचोक र शहीदचोकमा रहेको जेब्रा क्रसिङ केही पछि सारिने योजना छ । “बजारमा चहल पहल बढेको छ”, उनले भने, “आकाशे पुल आवश्यक छ, चाँडै बन्नेछन् ।” दाताको सहयोगमा फलामका आकाशे पुल बनाएर पैदल यात्रुलाई सडक पार गर्न सजिलो बनाइने छ । बजारमा सवारीसाधनको चापले गर्दा बाटो पार गर्न ज्यादै कठिन छ । 
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले कालोपत्रेमा बसेर व्यापार गर्ने, सडक क्षेत्राधिकार मिचेर व्यवसाय गर्नेलाई निरुत्साहित गर्नुपर्ने बताए । “ट्राफिक व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ”, उनले भने, “सबै मिलेर बजार व्यवस्थापनमा लाग्नुपर्छ ।” जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सडक क्षेत्राधिकार मिचेर व्यवसाय गर्नेलाई कारबाही गरिने बताए । सडकबाट स्लोप निकाल्न तथा पाइप राख्नकोलागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था भरतपुर उपमहानगर पालिकाले गर्ने र ट्राफिक प्रहरी तथा सम्बन्धित टोल समितिले सहयोग गर्ने निर्णय भएको छ । 
मोटरसाइकलको हकमा हालकै व्यवस्थालाई नै कायम गरी सडक पेटीको बीच भागको पहेलो रेखाभित्र पार्किङको व्यवस्था गर्ने भनिएको छ । त्यस्तै , पैदलयात्रीहरुलाई सडक पेटीको भित्री भागबाट हिड्ने व्यवस्था मिलाउने तयारी भएको छ । नारायणगढको शहीदचोकदेखि मिलन रोड÷ प्रगतिपथ हुँदै क्षय रोग चोकसम्म, पुल्चोकदेखि नारायणगढ बसपार्क सम्म, मूल सडकदेखि मैयादेवी मार्गसम्म, मूल सडकदेखि कमलनगर सम्म, शहीद चोकदेखि बेलचोकसम्म, मूल सडकदेखि प्रेस मार्ग अन्त सम्म, लायन्स चोकदेखि आनन्द मार्ग हुँदै लंकू पुलसम्म, जुनहल रोड, भृकुटीपथ, पुतली बजार, मीना बजार, हरिहर मार्ग सम्मका सडकहरु र पुल्चोकबाट उद्योग वाणिज्य संघ तर्फको नारायणी पथमा महिनामा पन्ध्र पन्ध्र दिनको समय कायम गरी सडकमा पार्किङ गरी एकतर्फी एकलाइन मात्र पार्किङको व्यवस्था गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । 
राजमार्ग तथा शाखा सडकहरुमा सामान लोड तथा अनलोड गर्ने समय व्यवस्थापन सम्वन्धमा पनि नयाँ निर्णय भएको छ । यस प्रस्तावका सम्वन्धमा पेस भएको अध्ययन प्रतिवेदन अनुसार नारायणगढको लायन्सचोकदेखि पुलचोक र पुलचोकदेखि नारायणगढ बसपार्क सम्मको सडक मुख्य राजमार्गमा पर्ने र नारायणगढका अन्य भित्री सडकहरु समेत अत्यन्त व्यस्त भएकोले साँझ ७ बजे देखि बिहान ७ बजे सम्म मात्र ठूला तथा मझौला सवारीबाट सामान लोड अनलोड गर्न पाउने व्यवस्था मिलाउने र दिनको अन्य समयमा साना सवारी बाट सामान लोड अनलोड गर्दा पार्किङ भएको दिशातर्फ एक लाइनमा मात्र गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । 
चौबिसकोठीचोक देखि लायन्सचोक सम्मको सडकमा सेन्टरलाइन कोरिएको भए पनि सडक फराकिलो भएका कारण लेन अनुशासन कायम नभई सडक दुर्घटना मा वृद्धि भएकोले चौबिसकोठीदेखि लायन्सचोक सम्मको सडकमा रेक्टो रिफ्लाक्टिभ मेडियन राख्ने निर्णय भएको प्रनि पन्तले बताए । पुल्चोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिम चोक र बसपार्क चोकलगायत स्थानहरुमा यथाशीघ्र ट्राफिक बत्ती जडान गरी ट्राफिक आवागमनलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
 नारायणगढ बजार तथा भरतपुरसमेतको समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नकोलागि आकाशे पुलहरु अत्यन्त आवश्यक भएको भन्दै पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिम चोक र बसपार्क चोकलगायत स्थानहरुमा यथाशीघ्र ओभरहेड ब्रिज राखी ट्राफिक आवागमनलाई व्यवस्थित गर्ने निर्णय भएको छ । 
त्यस्तै , अन्य निर्णयहरुमा नारायणगढ तथा भरतपुर क्षेत्रको मुख्य सडक चोकको ५० मिटर वरपर कुनै पनि सवारी रोक्न, पार्किङ गर्न नपाइने व्यवस्था लागू गर्ने, डिभिजन सडक कार्यालयले लायन्स चोकको पुङ्गी खोला र भरतपुर ओरालोको नहरको बाटोलाई तत्कालै विस्तार गरी बाआवागमन सुचारु गर्ने, डिभिजन सडक कार्यालयले पुलचोकमा बायाँ लेन क्लियर गर्न, आनन्दमार्गबाट लायन्स चोक तर्फ प्रवेश निषेध गर्ने छ । 
त्यस्तै, पुलचोकको आइलेन्डबाट बाहेक नारायणी पुलसम्मको सडकमा यू टर्न गर्न निषेध गर्ने, नारायणगढ जेसीस तर्फबाट पुलचोकतर्फ आउदा दाहिने मोड्न निषेध गर्ने, पुलचोक र शहीद चोकमा रहेको जेब्रा क्रसिङ केही पछाडि डिभाइडर तर्फ सार्ने निर्णय भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: