×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओपिडी सेवा बिस्तार गर्ने भरतपुर अस्पतालको प्रतिबद्धता भएन कार्यान्वयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओपिडी सेवा बिस्तार गर्ने भरतपुर अस्पतालको प्रतिबद्धता भएन कार्यान्वयन

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – फागुन १ गतेबाट नौ बजे देखी साझको चार बजेसम्म ओपिडी सेवा बहिरंग विभाग सञ्चालनमा ल्याउने भरतपुर अस्पतालको प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेको छैनन् । भरतपुर अस्पताल विकास समितिको यसअघि भएको बैठकले ओपीडीको समय विस्तार गरी बिहान ९ देखि साँझ ४ बजे सम्म बनाउने निर्णय सार्वजनिक गरेको थियो । तर, अहिले सो निर्णयको पुर्णतः कार्यान्वयन हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । 
मंगलबार कपिलवस्तु तौलिहवाबाट भरपर्दो सेवा लिन चितवन स्थित भरतपुर अस्पतालमा आएका कपिलवस्तु कि मिना शर्मा डल्लाकोटी र उनका श्रीमान् उमेश शर्माले बेकामे सास्ती मात्रै पाए । नौ बजेदेखि चार बजेसम्म सेवा हुने भएपछि हतारीदै भरतपुर अस्पताल आएकी शर्मा दम्पतीले ओपीडी सेवा लिन पाएनन् । उनी एघार बजे त्यहाँ टिकट काट्न पुग्दा टिकट घर बन्द भइसकेको थियो । लगत्तै , उनी स्वास्थ्य जाँच नै नगरी त्यसै घर फर्किए ।
 जादाजादै शर्मा दम्पतीले हामीलाई  तपाईं को लोकप्रिय सञ्चारमाध्यममा फागुनबाट आपीडी सेवाको समय बढाउने भन्ने सूचना पाएर हामी कपिलवस्तुबाट सेवा लिन आएको थियौं । तर , अवस्था ज्युका त्युं नै रहेछ । जनतालाई अनावश्यक दुस्ख दिएको भन्दै उनीहरु आक्रमक भएका थिए । यता , फागुन पहिलो हप्ताबाट सेवा बिस्तार गर्छु भनी गलत अभिव्यक्ति किन दिएको भन्दै भरतपुर अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारी लाई प्रश्न राख्दा उनले सेवा विस्तार गर्नका लागी सबैभन्दा पहिले छलफल हुनुपर्ने बताए । उनले भने, एकलौटी निर्णयले केहि हुँदैन , सुरुमा अस्पतालका विभागीय प्रमुखहरु, अन्य डाक्टर तथा कर्मचारीसँग छलफल हुनुपर्छ अनि मात्रै सेवा बिस्तारको कुरा आउँछ । जसलाई हामीले अहिले छलफल लाई जोड दिइरहेका छौँ ।
 छिटै जनताले राहत पाउछ बिस्वस्त हुनुहोस् । उनले भने, ‘अस्पताल विकास समितिले ओपीडी समय बढाउने नीति त बनायो । तर कार्यान्वयन मा थप जटिल समस्या देखिएको बताए । त्यस्तै, असन्तुष्ट केही चिकित्सकहरुले भने, अस्पतालले समय बढाउने तयारीको खुलेरै बिरोध गर्न थालेका छन् । आफ्नु नाम नबताउने सर्तमा एक चिकित्सकले खुलेरै हामी सित भने स् कुनै जिल्लामा नभएको नियम यहाँ मात्रै किन कार्यान्वयन गर्नु पर्‍यो भन्दै उल्टो प्रश्न गर्न थालेका छन् । 
 अस्पताल विकास समितिले भने, आफ्नो निर्णयलाई ‘एकतर्फी’ नभई सामूहिक रूपमा छलफल गरेर त्यसबाट समय विस्तार गरेको बताए । ‘स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार अस्पताल विकास समितिले ओपीडीको समय बढाउने निर्णय गरेको हो’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र मरासिनी भन्नुहुन्छ , ‘मन्त्रालयले दिएको  निर्णय एवं निर्देशनलाई त सबैले स्विकार्नु पर्‍यो नि, अरु अस्पतालले टेरेननन्  हामीले किन ट्रेर्न्ने रु भन्नू नै गैरजिम्मेवार एवं मुर्खता भएको टिप्पणी गरे । अरुले गरेनन् , मानेनन् भन्नुभन्दा पनि मैले गरेर देखाउनुपर्छ भन्ने मानसिक सोचाइ चिकित्सकमा नआइसकेको बताए ।
 भरतपुर अस्पतालले अहिले दुई थरीका ओपीडी सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत दुई बजेसम्म सञ्चालनमा आउने ओपीडीको टिकट शुल्क ३० रूपैयाँ छ भने, दुई बजेपछि चार बजेसम्मको ओपीडीलाई ईएचएस सेवा भनिएको छ, जसको टिकटको मूल्य ३०० रुपैयाँ लिइन्छ जुन अत्याधिक महँगो छ ।
महँगो भएकै कारणले यो सेवाको प्रभावकारी बन्न नसकेको हो । यता, भरतपुर अस्पताल कर्मचारी युनियनका अध्यक्ष डाक्टर उन्नत श्रेष्ठले मन्त्रालयले ओपीडी सेवा सञ्चालन गर्न दिएको निर्देशन कसैलाई नस्वीकारेको बताए । मन्त्रालयले साँझ ५ बजे सम्म अनिवार्य ओपिडी सेवा सञ्चालनमा ल्याउनु भने पनि देशभरका कुनै हस्पिटलमा कार्यान्वयन नआएको दाबी गरे । उनले भने, राजधानीकै वीर अस्पतालमा त ओपिडी सेवा दुई बजेसम्म मात्रै सञ्चालनमा आएको छ । 
भरतपुर त जिल्ला अस्पताल यहाँ अहिले तत्कालै कुनै पनि हालतमा  कार्यान्वयन हुन सक्दैनन् । डाक्टर श्रेष्ठका अनुसार मन्त्रालयले दिएको निर्देशन लाई कुनै पनि अस्पताल नस्वीकार्ने बताए । यता, भरतपुर अस्पतालका मानसिक रोग विभाग प्रमुख डाक्टर  सुनिलकुमार शाहले अस्पताल विकास समितिले विभागीय प्रमुखहरु सँग छलफल नै नगरी एकतर्फी रुपमा निर्णय ल्याएको बताए । डाक्टर हरुलाई थप काम गरेबापत् प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि यो कार्यान्वयनमा आउन नसक्दा गरिब तथा विपन्न जनताले सस्तोमा उपचार गर्न पाएका छैनन् ।
ओपिडी सेवा सञ्चालनमा ल्याउन कर्मचारीको अभाव रहेको बताउदै आएका चिकित्सकहरुले अन्तर्त अस्पतालमा कुनै चिकित्सक नरहेको पाइएको छ । अस्पतालमा साझको ४ बजेसम्म ओपीडी सेवा सञ्चालनमा ल्याउन पर्याप्त जनशक्ति पुग्ने कर्मचारी रहेको पाएको हो । ‘एउटा चिकित्सकले हप्ताको ४२ घण्टा काम गर्नु पर्ने हुन्छ  । त्यही समयभित्र डाक्टर परिचालन गर्न सकियो भने त साझको ४ बजेसम्म ओपीडी सेवा सजिलै चलाउन सकिने अवस्था देखिएको हो । यसैबीच , सरकारले अति बिपन्न लाई दिने भनिएको निशुल्क उपचार सेवा भरतपुर अस्पतालले नदिने गरेको समेत पाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: