
- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवनमा मात्रै झन्डै ५२ करोड रुपैयाँ बराबरको विकास कार्यक्रम थप गरेका छन् । दाहालको आगामी राजनीतिक कर्मथलो चितवन हुन सक्छ भनी आँकलन भइरहेका बेला यो रकमान्तर गरिएको बुझिएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा ६९ वटा सानाठूला कार्यक्रमका लागि ५१ करोड ७१ लाख रुपैयाँ रकमान्तरण गराएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चितवन जिल्ला विकास समितिलाई फागुन १ गते पठाएको थप योजना तथा बजेट विवरणमा उल्लिखित नयाँ विकास कार्यक्रम मध्ये ३७ वटा योजना निर्वाचन क्षेत्र नम्बर २ मा मात्रै पर्छन् । यसका लागि झन्डै २० करोड रुपैयाँ बराबरका नयाँ आयोजना समेटिएको स्रोतले बताएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य विवरण अनुसार उक्त क्षेत्रमा नयाँ आयोजनाका लागि घटीमा १० लाख देखि बढीमा ५५ लाख रुपैयाँ सम्म विनियोजन गरिएको छ । यसरी थपिएका अधिकांश योजना सडक निर्माणसम्बन्धी छन् । कतिपय योजना भने कुन निर्वाचन क्षेत्रको कुन नगरपालिका वा गाउँपालिका मा पर्छन् भन्ने नै उल्लेख छैन । उक्त क्षेत्रमा रहेका युवा क्लब, बचत तथा सहकारी संस्थादेखि विभिन्न सामुदायिक संस्थाका नाममा पनि ठूलो रकम विनियोजन गरिएको छ ।
रत्ननगर नगरपालिका ( ८ स्थित त्रिखोला बचत तथा सहकारी संस्था लिमिटेड बकुलहर र कालिका नगरपालिका खोलसिमल स्थित जनएकता उपभोक्ता सहकारी संस्था लिमिटेडका लागि दस दस लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, जनजागृति सहकारी संस्था रत्ननगर का लागि २५ लाख रुपैयाँ दिइने भएको छ । कालिका नगरपालिका स्थित मिलिजुली युवा क्लब र पदमपुरका लागि ३५ लाख दिने भनिए पनि त्यो कुन शीर्षकमा खर्च गर्ने भन्ने खुलाइएको छैन ।
रत्ननगर नगरपालिका टिकौलीमा सहिद स्मृति पार्क बनाउन ५५ लाख रुपैयाँको योजना थप गरिएको छ। एकतास्तम्भ निर्माणका नाममा माडी नगरपालिकाको शितलपुर र खैरहनीका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । मानवअधिकारवादी दलितबस्ती समाज पदमपुर का लागि ३५ लाख, थारु संस्कृति विकास समिति का लागि ३५ लाख तथा थारु कल्याणकारी समाज रत्ननगरका नाममा ५५ लाख रुपैयाँ दिइने भएको छ। त्यसैगरी, रत्ननगर नगरपालिका–८ मा स्थानीय क्षमता विकास तथा पशुपालन तालिमका लागि ५५ लाख विनियोजन गरिएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी नेता रामबहादुर थापा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनपूर्व पार्टी विभाजनपछि मोहन बैद्य नेतृत्वको माओावादीमा रहेका थापा ले निर्वाचन बहिष्कार गरेपछि उक्त क्षेत्रबाट कांग्रेसका पुराना नेता शेषनाथ अधिकारी निर्वाचित भएका थिए । पाँचवटा निर्वाचन क्षेत्र रहेको चितवनका अरू क्षेत्रमा भन्दा २ नम्बर क्षेत्र मा माओवादी अध्यक्ष दाहालले ध्यान केन्द्रित गर्दै यसलाई नमूना क्षेत्र बनाउन लागिपरेको राजनीतिककर्मी बताउँछन् ।
माओवादी नेता तथा मन्त्री हितराज पाण्डेले सम्हालिरहेको मन्त्रालय मार्फत् सबैभन्दा कम ३ र ५ नम्बर क्षेत्रमा ५÷५ वटाका दरले र ४ मा ९ वटा नयाँ योजनामा बजेट थप गरिएको छ। १ नम्बर क्षेत्रमा भने कुनै पनि योजना एकल रूपमा राखिएको छैन । तीन पृष्ठ लामो कार्यक्रममा उल्लिखित विवरणअनुसार क्षेत्र नम्बर १, २ र ३ मा पर्ने भरतपुर र कालिका नगरपालिका अन्तर्गत भरतपुर, विशालचोक, भोजाड , लंकालाइन, खोलेसिमल, पिठुवा, चैनपुर, वीरेन्द्रनगर, भण्डारा, उत्तराखण्ड वैकल्पिक राजमार्ग निर्माणका लागि छुट्याइएको १ करोड ८० लाख योजनामा बाहेक क्षेत्र नम्बर १ कहीँ उल्लेख छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्