Skip to content
LAXMI SUNRISE BANK

सात विघा जग्गामा चौधरी समूहले बनायो शाश्वतधाम, फागुन २४ गते उद्घाटन हुने धाम पर्यटकीय गन्तब्य बन्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – चौधरी फाउण्डेसनले सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सकेको छ।यो धामको राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा आर्ट अफ लिभिङ फाउण्डेसका संस्थापक  रवि शंकर, काञ्ची कामाकोठी पीठका शंकराचार्य जयेन्द्र सरस्वती लगायतको उपस्थिती हुनेछ । दुम्कौलीमा निर्माण भएको यो धाम नेपालकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने देखिएको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाममा आध्यात्मिक उर्जा प्राप्त गर्ने बताए ।

“पूर्वीय सनातन धर्मप्रति आस्थावान सवैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्नेछन् । यहाँ मानिसले सनातन कालदेखि हाम्रो सम्पदाको रुपमा रहीआएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न सक्नेछन् र प्रेम र आनन्दको आफ्नो आन्तरिक स्वभावसँग आत्मसात गर्न पाउनेछन्,” उनले भने ।

पूर्वीय सनातन धर्मको संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफा नकमाउने उद्देश्यका साथ यो धामको स्थापना गरिएको समूहले जनाएको छ । करीव सात विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ ।

मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ ।

यो धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् ।
शाश्वतधाममा अत्याधुनिक अडियो भिडियो केन्द्र रहेको छ ।

केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सकिनेछ ।

धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ । आगन्तुकहरुको सुविधाको लागि बिश्राम स्थल पनि बनाइएको छ ।

धामको चारैतिर ढुंगा खोपेर बनाइएका स-साना स्पिकरबाट आगन्तुकहरुले मन्द आवाजमा भजन सुन्नसक्ने छन् । करीव ३ सय जना क्षमता भएको अन्नपूर्ण भोजनालय धाम परिसरमै रहेको छ जहाँ भक्तजनहरुले सात्विक खाजा तथा भोजन न्यूनतम शुल्कमा प्राप्त गर्न सक्ने छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK