×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफपीओको नाममा शिखर इन्सुरेन्सको लुट !

PRIME CA
GLOBAL IME BANK

एफपीओको नाममा शिखर इन्सुरेन्सको लुट !

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  •  आइआर सुवेदी 

शिखर इन्स्योरेन्सले दोस्रो पटक एफपिओ जारी गर्ने प्रबन्ध गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । पहिलो पटक जारी गर्दा सफल भएको नेपालकै अग्रणी निर्जीव बीमा कम्पनीको रुपमा चिनिएको शिखर इन्सुरेन्सले दोस्रो पटककको लागि यस्तो निवेदन दिएको हो । दोस्रो पटक आफ्नो हाल कायम चुक्ता पूँजीको १० प्रतिशत दोस्रो पटक एफपिओ जारी गर्ने प्रबन्ध गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको गलत भएको बताईएको छ ।

यदि यसपटकपनि शिखर इन्सुरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत एफपिओ जारी गरेको खण्डमा यस इन्सुरेन्सको संस्थापक शेयर स्वामित्व ६० प्रतिशत र सर्वशाधरणको ४० प्रतिशत कायम हुन जान्छ । यसपछि शिखर इन्स्योरेन्सले प्रताव गरेको एफपिओको प्रिमियम मुल्यबाट बसेको जगेडा कोषमा जम्मा हुने रकमबाट यो कम्पनीले ४० प्रतिशत बोनस शेयर जारी गर्नेछ । त्यसपछिपनि चुक्ता पूँजीको ९ प्रतिशत एफपिओ जारी गरी संस्थापकको शेयर स्वामित्व ४५ प्रतिशत बदल्ने प्रतावसहित तेस्रो पटक तत्कालिन अवस्थामा कायम चुक्ता पूँजीको ९ प्रतिशत एफपिओ जारी गर्न सक्ने छ ।
यदि यो प्रस्ताव नगरेको खण्डमा यस कम्पनीले दोस्रो पटकको एफपिओ र बोनस शेयर पश्चात संस्थापक शेयरको स्वामित्व ५१ प्रतिशतमा ल्याउन कम्पनी सफल भएको खण्डमा दुई पटक एफपिओ जारी गरी प्रिमियम वापत जम्मा भएको सर्वसाधारणको पैसाबाट संथापक शेयर धनीहरु मालामाल हुनेछन् । त्यसपछि सर्वसाधरण लगानी कर्ता शिखर इन्स्योरेन्सको शेयरबाट पीडित हुनेछन् ।
के गर्नुपर्छ अव ?
यदि व्यावसायबाट विस्तार गरी एफपिओको पैसाबाटनै शिखर इन्स्योरेन्सले शेयर धनिलाई प्रतिफल दिने र व्यावसायमा ध्यान नदिने हो भने हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत शेयर जारी गर्न दिनुपर्छ । संस्थापक र सर्वसाधरणको ५१ प्रतिशत र ४९ प्रतिशत कायम गराउनुपर्छ ।
साथै शिखर इन्स्योरेन्सजस्ता व्यापारवृद्धिलाई ध्यान नदिएर सर्वसाधरणको पैसालाई एफपिओको रुपमा उठाएर संस्थापकले बोनस शेयरको रुपमा रजाई गर्ने परिपाटी गरिरहने हो भने नेपालको पूँजी बजारको विकास सम्भव छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: