
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – शेयर बजारको लगातार गिरावटले जारी हुने तयारीमा रहेमा फर्दर पब्लिक अफरिङ एफपिओ को अब के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । एफपिओको मूल्य निर्धारणमा पूँजीकृत आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजार मूल्य र भबिश्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्य गणना गरिन्छ ।
बजारको बियरिस ट्रेन्डका कारण शेयर मूल्य धेरै तल ओर्लिनु अगावै एफपिओ जारी गर्न शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र स्ट्यान्डर्ड चाटर्ड बैंक हतारिएका थिए ।
शिखरले दोस्रो बर्ष लगातार एफपिओ जारी गर्न खोजेका कारण दिनेरनदिने बारे नेपाल धितोपत्र बोर्डले कुनै निर्णय गरेको छैन । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको शेयरमा १५ सय २० रुपैयाँ प्रिमियम थप गरि १६ सय २० रुपैयाँका दरले बिक्री गर्न अनुमति माग गरेको छ। यो गत बर्ष कम्पनीले एफपिओ जारी गरेको भन्दा दोब्बर बढि मूल्य हो । १६ लाख ३२ हजार ७८१ कित्ता एफपिओ जारी गरेपछि कम्पनीमा सर्वसाधारणको शेयर ४० प्रतिशत पुग्ने जनाइएको छ ।
प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता शेयर एफपिओ मार्फत बिक्री गर्न खोजेको छ । यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपिओ जारी गर्ने माग सहित धितोपत्र बोर्डमा अनुमति माग गरेको छ ।
प्रिमियरले १०० रुपैयाँको आधार मूल्यमा ९०४ रुपैयाँ थप गरि एक हजार चार रुपैयाँमा एफपीओ जारी गर्न अनुमति माग गरेको हो । स्ट्यान्डर्ड चाटर्डको मूल्य १२ सय ९० रुपैयाँ हुने जनाइएको छ ।
यी सबै मूल्य बजार घट्नु अघिको अवस्थामा तय गरिएको थियो। बजारको तिब्र गिरावटसँगै कम्पनीहरुको एफपिओको मूल्य घट्ने संभावना प्रवल छ । त्यसका लागि धितोपत्र बोर्ड पछिल्लो बजार हेरेर नयाँ मूल्य तय गर्ने निर्देशन भने दिन आवश्यक हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्