×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घरबहाल करबाट सात महिना मै उठ्यो ८ अर्ब

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ – घरबहाल करबाट चितवनमा सात महिनामा ८ अर्ब ५ करोड ९६ लाख ८० हजार रुपयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार माघ महिनामा मात्रै १ अर्ब १५ करोड ७८ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । 
चालु आर्थिक वर्षमा लक्ष्यभन्दा ५ दशमलव ४९ प्रतिशत बढी राजश्व संकलन भएको छ । अन्य भन्दा बढी लक्ष्य भन्दा कर संकलन हुने शिर्षकमा घरबहाल करको छ । स्वास्थ्यकरमा आँकलन गरे भन्दा कम राजश्व उठेको छ । बहाल करतर्फ सात महिनामा ६ करोड १५ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।
 माघ महिनामा मात्रै ५३ लाख ९१ हजार वहाल कर उठेको थियो । गत वर्ष ७ करोड ३९ लाख ५२ हजार रुपयाँ संकलन भएको थियो । वहाल कर उठ्ने क्रम बढेको छ । ०६८(६९ मा २ करोड १७ लाख ९८ हजार रुपैयाँ, ०६९(७०मा ३ करोड ३७ लाख रुपैयाँ, ०७०(७१ मा ५ करोड १ लाख ३६ हजार रुपैयाँ, ०७१(७२ मा ५ करोड ४९ लाख ४१ हजार रुपैयाँ वहाल कर संकलन भएको थियो । 
स्वास्थ्य करलाई चितवनका ठुला मेडिकल कलेजले ठुला करदाता का रुपमा अन्यत्र कर बुझाउन थालेपछि स्वास्थ्य सेवा कर संकलनमा गिरावट आएको छ । ५१ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा कर वापत ३ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । तर लक्ष्यभन्दा ज्यादै कम हो । कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा बढी अन्तस्शूल्क तर्फको कर संकलन भएको छ । 
सूर्तिजन्य पदार्थ, मदिरा, वियर, अन्य औद्योगिक उत्पादन वापत बढी कर संकलन भएको छ । ६ अर्ब ६६ करोड ९८ लाख एक हजार रुपैयाँ अन्तशूल्क वापत कर उठेको छ । अन्तशूल्क तर्फ यो चालु आर्थिक वर्षमा गरिएको अनुमान भन्दा झण्डै तीन प्रतिशत बढी राजश्व संकलन भएको हो ।
आयकर तर्फ ६७ करोड २० लाख ७१ हजार रुपैयाँ, व्याजकर तर्फ ४ करोड ४६ लाख ९६ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ५६ करोड १२ लाख रुपैयाँ, शिक्षा सेवा शूल्क तर्फ १ करोड ३५ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गुणराज पोखरेलले राजश्व संकलन सन्तोषजनक रहेको बताए । “यो वर्षमात्रै झण्डै ४ हजार नयाँ करदाता थप भएका छन्”, उनले भने, “निर्धारित समयमै कर तिर्ने प्रचलनन् बढेको छ ।” गत आर्थिक वर्षमा ३८ हजार ९ सय १९ करदाता रहेका थिए । 
आयकर आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्रै कर तिर्नुपर्ने व्यवस्था छ । सो समयमा कर नबुझाएमा ३ महिनाको म्याद दिन सकिन्छ । मुअकर प्रत्येक महिनाको १५ गतेभित्र बुझाई सक्नुपर्छ । शिक्षा, स्वास्थ्य सेवा कर एक चौमासिक सकिएपछि अर्को चौमासिक को २५ दिनभित्र विवरण सहित कर बुझाउनुपर्छ । अन्तशूल्क निकासी गर्दा बुझाउनुपर्छ । “विदेश यात्रा, ऋणका लागि निष्कृय बन्ने करदाता पनि केहि छन्”, उनले भने, “करदाता बढेअनुसारको राजश्व बढेको छैन, तर विगतको भन्दा राजश्व असुली अवस्था राम्रो छ ।” उनले बजारमा विल विजक लिने र दिने बानीको विकास हुन नसकेको बताए । 
भन्सारमा हुने न्यून विजकीकरणले गर्दा पनि राजश्व संकलनमा केहि कमी आएको उनले बताए । कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले करदाताको दायित्व र अधिकार सम्बन्धि सूचनामूलक जानकारि दिन क्षेत्र तथा वस्तुगत रुपमा छलफल, अन्र्तक्रिया गर्ने गरिएको बताए । “करदाता समयमै कर दिन जागरण ल्याउने काम भैरहेको छ”, उनले भने, “ढिलो गरि आएर कर तिर्ने ज्यादै कम करदाता छन् ।” 
बजारमा बिल नदिई कारोबार छल्न खोज्ने व्यवसायीमाथि उच्च निगरानी भैरहेको उनले बताए । जनशक्ति अभावमा सहज रुपमा करदातालाई सेवा प्रवाह गर्न नसकिएको उनले बताए । आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्र चितवन सहित नवलपरासी को दाउन्नेसम्म रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: