
काठमाडौँ – उत्तरी छिमेकी चीनले तिब्बतको ल्हासा हुँदै काठमाडौँसम्म जोड्ने रेल्वे सञ्जालको निर्माण प्रक्रिया अघि बढाइरहँदा दक्षिणी छिमेकी भारतले काठमाडौँलाई सिधा दिल्लीसँग जोड्ने रेल्वे सञ्जाल निर्माणको तयारी थालेको छ।
भारतीय रेलमन्त्री सुरेश प्रभुले व्यापार बढाउनका लागि सबैभन्दा पहिले नेपालको राजधानी काठमाडौँसम्म जोड्ने रेल सञ्जाल निर्माण थालिने जनाएका छन् । उनले नेपालसँग सिधै सम्पर्क बढाउने कुरामा जोड दिँदै काठमाडौँबाट दिल्ली र कोलकाताका लागि रेल सञ्जाल निर्माण गरिने जनाएका हुन् । अन्तरमहादेशीय रेल सम्पर्कको विश्व मञ्चको उद्घाटन गर्दै उनले एसियालाई विश्वको अघिल्लो विकास केन्द्र बनाउने पनि उद्घोष गरे ।
भारतीय रेल्वेको योजनाबारे बताउँदै प्रभुले आफूहरु सबैभन्दा पहिले छिमेकी देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलाई जोड्ने तयारीमा रहेको उल्लखे गरे । ‘केही छिमेकी देशहरुसँग अहिले नै हाम्रो रेल सञ्जाल रहेको छ’, उनले भने, ‘जुन देशमा जोड्न आवश्यक छ, हामी त्यहाँ तीब्र गतिमा काम अघि बढाउँछौँ ।’
सुरेश प्रभुले मूख्यरुपमा काठमाडौँबाट दिल्ली र कोलकाताका लागि रेल सञ्जालको विशेष महत्वका साथ वकालत गरेका छन् । यसका साथै उनले आश्वस्त पार्दै अगाडि भने, ‘हामी तपाईँहरुलाई विश्वस्त पार्न चहान्छौँ, काठमाडौँबाट दिल्ली र कोलकातासम्म सिधा रेलसञ्जालले जोडिने छ । श्रीलंकामा हामी ठूलो लगानीका साथ रेल क्षेत्रका लागि काम गरिरहेका छौँ । पाकिस्तानसँग पहिलेदेखि नै हाम्रो रेल सम्पर्क रहेको छ ।’
एक ठूलो महाद्विप भएकाले भारतले कसरी एसियाका सबै देशको विकासमा योगदान दिनेछ भन्ने कुरा चाहिँ चाखलाग्दो विषय बनेको छ । रेल मन्त्रालयको सहयोगबाट एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक आयोग (ईएससीएपी) ले यो कार्यक्रमको आयोजना गरेको हो ।
तर पनि प्रभुले कार्यक्रममा बोल्दै सिधा सम्पर्कको माध्यमबाट आर्थिक विकासको लक्ष्य भेट्नका लागि राजनीतिक सुझबुझको आवश्यकता रहेको पनि उल्लखे गरे । उनले दक्षिण र दक्षिण-पश्चिम एसियालाई रेलको माध्यमबाट जोड्ने कुरा धेरै रोचक रहेको बताउँदै यसका लागि पहिलो शर्त भनेको सबै देशबीच राजनीतिक सुझबुझ अनिवार्य हुने जिकिर गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्