×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यचौकीको बेथिति , कार्यालयमा ताला झुन्डिदा बिरामीको बिचल्ली ! जनस्वास्थ्य भन्छन् : कार्वाही हुन्छ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वास्थ्यचौकीको बेथिति , कार्यालयमा ताला झुन्डिदा बिरामीको बिचल्ली ! जनस्वास्थ्य भन्छन् : कार्वाही हुन्छ

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

काठमाण्डौ –  पुर्वी चितवनको कठारमा रहेको कठार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । मर्कामा पर्नेमा एक खैरहनी नगरपालिका चैनपुर – ३ काशीगाउँ बस्ने बर्ष ३० को चिरञ्जीवी आचार्य हुन् ।
आचार्य सामान्य उपचारका लागी सोमबार स्वास्थ्य चौकी पुगेका थिए । उनी त्यहाँ भरपर्दो उपचार पाइने हेतुले त्यहाँ पुगेका थिए तर, बिड्म्बना ज्वरो आएर उपचारको लागि सोमबार दिउँसो १२स्१८ बजे पुगेका उनले त्यहाँ उपचार पाएनन् बरु स्वास्थ्यचौकीको भवनमा ताला झुन्डिएको भेटे । आचार्य त एक केवल प्रातिनिधि पात्र 
मात्रै हुन् उनी जस्तै कयौं नागरिक सेवा लिन बाट बञ्चित भएका छन् । 
अधिकांश स्थानीयले स्वास्थ्य चौकीको ढोकामा ताला लगाएको हुन्छ भन्ने जनगुनासो गर्न थाले पछि सोमबार हामी पनि बास्तबिकता बुझ्न कठार स्वास्थ्यचौकी पुग्दा त्यहाँ उपचारका लागी आएका कयौं बिरामीहरु बिचल्ली भएका थिए । स्वास्थ्यचौकीमा ताला झुन्डिएको खबर स्वास्थ्य चौकीमा निमित्त प्रमुख गोकुल तिवारीलाई जानकारी गराउदा उनले आफू मानसिक रोग सम्बन्धि तालिमको लागि भरतपुर गएको बताउदै कार्यालय संचालनको लागि अनमी यशोधा सापकोटा र कार्यालय सहयोगीलाई जिम्मा लगाएको गैर जिम्मेवार जवाफ फर्काए ।
 यता, आफ्नु नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए अनुसार उक्त स्वास्थ्य चौकीमा कर्मचारीको मनलाग्दी हुने गरेको , पूरा समय कर्मचारी कार्यालयमा नबस्ने गरेको आरोप समेत लगाउने गरेका छन् । निमित्त प्रमुख तिवारीले उनीहरुलाई  कार्यालयको जिम्मा लगाए पनि अन्तत्  उनीहरु कार्यालय नै बन्द गरेर कता गए भन्ने बारे कोहि जानकार छैनन् । 
 जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख बिजय कुमार झाले बिदा तालिमको नाउँमा कार्यालय नै बन्द गरेर पुर्णतः लापरबाही गर्न नमिल्ने बताउदै दोषी जोसुकै कर्मचारीलाई पनि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यालयका सबै कर्मचारीलाई तपाईंले जानकारी गराएलगत्तै हामीले २४ घण्टे स्पष्टीकरण समेत सोधेका छौँ , कार्यालयको नाममा पत्र समेत काटेका छौँ र चित्त बुझ्दो जवाफ नआए कडा भन्दा कडा कारबाही गर्न समेत पछि पर्दैनौं ।
 बिरामीको स्वास्थ्य माथि खेलवाड गर्ने कसैलाई छुट नभएको बताउदै स्वास्थ्यचौकीलाई कार्वाही गर्न जनस्वास्थ्य कार्यालय दत्तचित्त भइ  लागिपरेको झाले बताए । यता, यस बिषयमा गुनासो आएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत तथा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत समेत रहेका गंगा बहादुर भुजेलले सोमबार कार्यालयको अनुगमन गरेका छन् । 
कार्यकारी अधिकृत भुजेलले समेत स्वास्थ्य चौकी पुग्दा कार्यालयमा ताला लगाइएको र कोहि पनि कर्मचारी कार्यालय मा उपस्तिथि नभएको बताए । उनले यस्तो चरम लापरबाही गर्ने कर्मचारीलाई यथाशीघ्र कारबाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयमा पत्रचार गर्ने समेत प्रतिबद्धता जनाए ।
 सात जनाको दरबन्दी रहेको  उक्त स्वास्थ्य चौकीमा हाल ६ जना कार्यरत छन् । जसमध्य हाल कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठ काजमा भण्डारा स्वास्थ्य चौकीमा कार्यरत रहेको र निमित्त कार्यालय प्रमुख रुद्र शर्मा लोकसेवाको परिक्षाको लागि बिदा लिएर काठमाण्डौ गएका छन् ।
स्वास्थ्य सुधार सुझावको कार्यदल सार्वजनिक 
चितवन सेवा सुधार मार्गचित्र–२०७३ अनुसार स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरी सुधार गरी चितवनलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अध्ययन थालिने भएको छ । सेवा सुधार मार्गचित्रलाई अर्थपूर्ण बनाउनका लागि चितवनको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सुझाव संकलन र प्रतिवेदन बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदनमाथि छलफल गरेको छ । 
‘अबको केही दिनमा प्रतिवेदनलाई अन्तिम रूप दिई सार्वजनिक गर्र्छौ, चितवन जिल्ला स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक विजय सुवेदीले भने,‘ विषय विशेषज्ञ, सरोकारवाला निकाय, राज्य र निजी पक्षसबैसँग आवश्यक सुझाव लिने काम भइरहेको छ ।’ साथै उनले मौखिक, लिखितरूपमा पनि सुझाव जो कोहीले दिन सक्ने बताए ।
चितवनलाई मेडिकल सिटी बनाउन सम्भाव्यता अध्ययन गर्ने, मेडिकल विश्वविद्यालयको सम्भावना खोजी गर्ने, मेडिकल रिसर्च सेन्टरको आवश्यकता, क्यान्सर प्रतिष्ठान स्थापना र जनस्वास्थ्य सरोकार प्रतिष्ठान स्थापना आवश्यक रहेको भन्दै प्रतिवेदनमा यसको सम्भावनाको लागि लाग्नुपर्ने सुझाव उल्लेख छ ।
मेडिकल विश्वविद्यालयअन्तर्गत राष्ट्रिय स्नायु तथा मानसिक रोग अध्ययन अनुसन्धान र सेवा केन्द्र, बालबच्चा तथा आमा अध्ययन अनुसन्धान र सेवा केन्द्र, मिर्गौला रोग अध्ययन अनुसन्धान र सेवा केन्द्र, मुटु रोग अध्ययन अनुसन्धान र सेवा केन्द्र, मधुमेह, थाइरोइड तथा इन्डोकाइन अध्ययन अनुसन्धान र सेवा केन्द्र, वैकल्पिक उपचार प्रणाली अध्ययन अनुसन्धान र सेवा केन्द्र स्थापना जरूरी रहेको कार्यदलका संयोजक विजय सुवेदीले बताए । गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक कार्यदल बनाइ सुझाव लिने काम यहाँ भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: