
काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आइतबारदेखि मतपत्र छाप्दैछ । आयोग सचिव गोपीनाथ मैनालीले मतपत्र छाप्ने सबै तया री पूरा भएको बताए । प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले शनिबार मतपत्र छाप्ने भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको स्थलगत निरीक्षण गरेपछि आइतबारदेखि छाप्न लागिएको हो । प्रेसको तयारी, छाप्ने क्षमता, मेसिनको अवस्था र सुरक्षा व्यवस्थाबारे जानकारी लियौं उनले भने, अन्तिम टेस्ट पनि लियौं, त्यहाँको व्यवस्थापन राम्रो पायौं ।’ आयोगका पदाधिकारी रहेकै बेला केन्द्रले नमुना मतपत्र छापेर देखाएको थियो ।
आयोगले १ करोड ६० लाख हाराहारीमा मतपत्र छाप्ने भएको छ। ुमतदाता संख्या फाइनल हुन बाँकी छ, २० गतेसम्म टुंगो लाग्छ । तर करिब १ करोड ४० लाख मतदाता हुने आकलन छ,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ुमतदाता संख्याभन्दा २० लाख बढी छापिने छ ।’ मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज खपत हुने अनुमान छ ।
आयोगले खोजेजस्तै कागज केन्द्रले व्यवस्थापन गरेको छ। सबै मतपत्र छापिन ४० देखि ४२ दिन समय लाग्ने प्रवक्ता शर्माले बताए । छापिने क्रम सुरु भएसँगै मतपत्र क्रमशस् जिल्लातिर पठाउन थालिनेछ । एक मतदाताले आगामी स्थानीय तह निर्वाचनमा ७ जना जनप्रतिनिधिलाई मतदान गर्न पाउने छन् । आयोगले ७ वटै पद समेटिएको एउटै मतपत्र तयार पारेको छ । बाँकी गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्ष वा नगरपालिकाको हकमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र चारजना वडा सदस्य गरी एक मतदाताले एउटै मतपत्रमा ७ वटा पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ ।
चार वडा सदस्यमा दुई महिला अनिवार्य गरिएकोमा त्यसमध्ये एक जना दलित महिला पद हुनेछ । प्रवक्ता शर्माले सबैतिर मतपत्र एकै प्रकारको हुने बताए। ‘सेतो कागजमा नीलो मसीबाट निर्वाचन चिह्न छापिएको एकै प्रकारको मतपत्र हुनेछ,’ उनले भने, ुतर जिल्लाअनुसार उम्मेदवार संख्या फरकफरक हुने भएकाले जिल्लागत रूपमा मतपत्रको आकार भने फरक हुनेछ ।’ सानो, मझौला, ठूला गरी ६ आकारका मतपत्र छापिने उनले बताए । कान्तिपुर दैनिक दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्