
धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्र्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था मर्चेन्ट बैंक हो । समग्रमा वित्तीय बजार दुईओटा क्षेत्रमा विभाजित हुन्छन् । एक बैंकीङ क्षेत्र (जस्तैः सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु) र अर्को पुँजी बजार । मर्चेन्ट बैंक पुँजी बजार अन्तर्गतको एक शाखा हो । मर्चेन्ट बैंक आफैँमा प्राइभेट बैंक होइनन् । यिनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनीको रुपमा रहेर निर्धारित कार्यहरु गर्ने गर्दछन् ।
समग्रमा मर्चेन्ट बैंकहरुले गर्ने कामलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
मर्चेन्ट बैंकहरुको नियमनकारी संस्था नेपाल धितोपत्र बोर्डले मुख्यतस् चार कार्यहरु मर्चेन्ट बैंकहरुले गर्न पाउने व्यवस्था गरेको छ ।
१. निष्काशन व्यवस्थापन
२. सेयर रजिष्टर
३. अन्डरराइटिङ
४. लगानी व्यवस्थापन
बोर्डको लाइसेन्स प्राप्त मर्चेन्ट बैंकहरुले यसबाहेक आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, सेकेण्डरी मार्केटको सेयर किनबेचको कार्य गर्ने, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट शेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामीलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु पनि गर्छन् । अब चाँडै नै मर्चेन्ट बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्न पाउने साथै लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा (कुन सेयर खरिद बिक्रि गर्ने, कुन सेयरलाई अल्पकाल तथा दिर्घकालका लगि खरिद गर्ने, प्रोफिट बुकिङ, स्तपलस, पोर्टफोलियो व्यवस्थापन) उपलब्ध गराउने समेत काममा सहभागिता जनाउन पाउने भएका छन् ।
- बैंकिङ्ग खबर
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्