
काठमाण्डौ – रसुवागढी केरुङ नाकाको मितेरी पुलबाट पारितर्फ चीनको विशाल र अध्यागमन कार्यालयको रौनकता र वारितर्फ नेपालमा टिनको छानोमा नेपाल प्रहरी र त्रिपालमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयले नेपालको अस्तव्यस्तताको प्रतिविम्ब झल्किन्छ ।
१२ वैशाख ०७२ मा गएको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीन तर्फको एक मात्रै अन्तर्राष्ट्रिय नाका रसुवागढीको अहिलेको बेहाल अवस्थाले नेपाल सरकारको अव्यवस्थित र अपरिपक्क योजनालाई थप पुष्टि गर्दछ ।
सो नाका हुँदै दिनहुँ नेपाल आवतजावत गर्ने दर्जनौं चिनियाँ नागरिकले नेपालतर्फ टिनको छानोमा फहराइरहेको नेपाली राष्ट्रिय झन्डा रुचिपूर्वक नियालीरहेका हुन्छन् । भूकम्प गएको २ वर्ष बित्न लाग्दासमेत चीन तर्फको एक मात्रै नाकाको व्यवस्थापन गर्न भइरहेको ढिलाइले नेपालको अन्तर्राष्ट्रिय भइरहेको नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङ बताउँछन् ।
पारितर्फका सुरक्षाकर्मी र कर्मचारीले भव्य महलभित्रबाट अत्यधुनिक उपकरणमार्फत सवारीसाधन र यात्रुको चेकजाँच गर्छन् । उनीहरुको लुगामा धुलोसम्म लागेको हुन्न । नेपाल तर्फका सुरक्षाकर्मी भने धुलाम्य भएर सडकमा उभिनुपर्ने बाध्यता छ । त्यसमाथि पनि कतिखेर पहाडबाट ढुंगा खसेर मरिने हो कि भन्ने चिन्ता उनीहरुका सामु छ।
कार्यक्षेत्रमा हेल्मेट लगाएर खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सुदीप अधिकारीले भने, ‘गतसाता ढुंगा खसेर हाम्रा सई साप मुकुन्द घिमिरे घाइते भएपछि १४ टाँका लगाउनुप¥यो । त्यसैकारण हेल्मेट लगाएर ड्युटीमा खटिएका छौं ।
यात्रु जाँच गर्ने ‘वाल्क थू गेट’ मेटल डिटेक्टर र सवारीसाधनको चेकजाँच गर्ने भेहिकल एक्सरे मेसिन जस्ता अनिवार्य मानिएका केही पनि उपकरण अहिले त्यहाँ कार्यरत नेपाली सुरक्षा निकायसँग छैनन्। अन्तर्राष्ट्रिय नाका भएकोले यो संवेदनशील हुनका साथै बढ्दो मात्रामा भइरहेको सुन तस्करी रोक्नसमेत यस्ता उपकरण अनिवार्य मानिन्छन् । खाली हेरेको र कोट्याएका आधारमा समान र यात्रु चेकजाँच गर्नुपर्ने अवस्था रहेको नेपाल प्रहरीका सहायक निरीक्षक ध्रुव श्रेष्ठले गुनासो गरे । अझ पैदल यात्रुलाई त जुत्ता नै फुकालेर चेकजाँच गरिन्छ । यो समाचार गोरखा पत्र दैनिक बाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्