
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – देशका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीहरुले विभिन्न खालका दुख भोग्ने गरेका छन् । विशेषगरी काठमाडौँका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीहरुले विभिन्न खालका दुख भोग्ने गरेका छन् । भूकम्प र नाकाबन्दीले थालिएको व्यापारको पीडामाथि नगरपालिकाबाट खटिएका प्रहरी, विभिन्न राजनीतिक दलका कर्य्क्कर्तादेखि टोले गुण्डाहरुले थप पीडा दिने गरेको व्यापारीहरुको गुनासो छ ।
प्रहरीले दुख तनाव :
काठमाडौँका विभिन्न स्थानमा व्यापार गरिरहेका व्यापारीहरुलाई विभिन्न बहानामा काठमाडौँ महानगर पालिकाका नगर प्रहरी देखि नेपाल प्रहरीसमेतले दुख दिने गरेको गुनासो छ । विशेषगरी फुटपाथमा व्यापार गर्ने व्यापारीहरुलाई प्रहरीले बढी दुख दिने गरेको छ । यस अलावा न्युरोड परिसरमा बाटा बाटामा राखिएका विभिन्न पसलहरुका सञ्चालकलाई पनि प्रहरीले दुख दिने गरेको गुनासो व्यपारीहरुको छ । न्युरोडमा भाँडापसल संचालन गरेर बसेका एक व्यापारी भन्छन्, ’प्रहरीले समय समयमा दुख दिने गरेको छ । कहिले बाटोमा पसल राखेको बहानामा, कहिले सटरको सामान बाटोमा राखेको बहानामा त कतै नगरपालिकाको नियमअनुसार काम नगरेको बहानामा प्रहरीले दुख दिने गरेको छ ।’ उनका अनुसार कहिलेकहीं त प्रहरी र व्यापारीहरुबीच झगडा समेत पर्ने गरेको छ ।
राजनीतिक दलका कार्यकर्ताले पनि दिन्छन् दुखः
व्यापारीहरुलाई विभिन्न राजनीतिक दलका कार्यकर्ताले समेत दुख दिने गरेका छन् । आफ्नो पार्टीको विभिन्न खालको काय्रक्रममा सहयोग गर्ने बाहानामा, विभिन्न चाडपर्वमा चिट्ठा किन्ने बहानामा, पार्टीलाई आवश्यक सहयोग गर्ने बहानामा होस् वा, पार्टीले निकाल्ने विभिन्न पुस्तकहरुमा विज्ञापन छाप्ने बहानामा, व्यापारीहरुलाई राजनीतिक दलका कार्यकर्ताले दुख दिने गरेका छन् । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सीका सञ्चालक भन्छन्, ’कहिलेकाहीं त ३– ४ हुल नै आउंछन् ।
पार्टीलाई सहयोग गर्नुपर्यो भन्नेदेखि पार्टीले निकालेको पत्रिका वा क्यालेन्डरमा विज्ञापन छपाउन भन्दै आर्थिक चन्दा माग्छन् । सार्है ठुला कहलिएका राजनीतिक दलका संगठनदेखि नाम नै नसुनेका तर कुनै न कुनै राजनीतिक दलसँग आवद्ध संगठनका प्रतिनिधि आएर चन्दा माग्ने गरेका छन् । व्यापार भएका बेला त खासै समस्या पर्दैन, व्यापारनै नभएका बेला पनि जवर्जस्ती गर्दाचाहिं सार्है दुख लाग्छ । उनका अनुसार विभिन्न राजनीतिक दलका कार्यकर्ताले पहिला सहयोग माग्ने र रहयोग नदिए कार्वाही गर्ने र व्यवसाय नै बन्द गरिदिने चेतावनी समेत दिने गरेका छन् ।
टोले गुण्डाले हैरान पार्छन् :
काठमाडौँका विभिन्न स्थानमा रहेका टोले गुण्डाहरुले पनि व्यापारीहरुलाई दुख दिने गरेका छन् । कतिपय टोले गुण्डाहरुले विभिन्न चाडबाडका बेला चन्दा मागेर दुख दिने गरेका छन् भने कतिप्या गुण्डाहरुले महिनैपिच्छे पैसा असुल्ने गरेका छन् । अझ कतिपय टोले गुण्डाहरुले त आफुसँग पैसा नभएको, साथी जेल परेको, जस्ता कारण देखाएर विनाकारण पनि पैसा असुल्ने गरेका छन् । काठमाडौँ बौधमा कपडाको व्यापार गर्ने एक व्यापारी भन्छन् ’मेरो साथी जेल पर्यो, साथीलाई जेलबाट निकाल्न ५००० चाहियो भनेर समेत आउने गर्छन् ।
अधिकांस यस्ता गुण्डाहरु मदिरा सेवन गरेर आउने हुनाले आफ्नो व्यापारमा असर पार्नु वा तीनीहरुसंग रिस साँध्नुभन्दा केहि पैसा दिनु नै ठिक हो भनेर दिने गरेका छौं । तर यसले निकै समस्या भएको छ ।’ विभिन्न राजनीतिक दलको संरक्षणमा यस्ता टोले गुण्डाहरुले व्यवसायलाई नै असर गर्ने गरी दुख दिने गरेका छन् ।
टोले गुण्डाले सबैभन्दा बढी रेष्टुराँ व्यापारीहरुलाई पिरोल्ने गरेका छन् । कतिपय स्थानमा टोले गुण्डाहरु आउने, टन्न खाने तर पैसा नतिर्ने गरेका छन् ।’ राजधानीका साना, मझ्यौला देखि केहि ठुला रेस्टुराँहरुमा पनि टोले गुण्डाहरुको दबदबा छ ।’ काठमाडौँ, थापाथलीका एक रेस्टुराँ सञ्चालक भन्छन्, ’उनीहरु आउँछन्, आफुलाई मन लागेको खान्छन्, पिउंछन् र जान्छन् । कतिप टोले गुण्डाले त उल्टो पैसा लिएर पनि जान्छन् । व्यापार गर्न निकै समस्या छ । ’
कर्मचारीले ठाडै घुस माग्छन् :
काठमाडौँमा संचालित कतिपय व्यापारीहरुले व्यापारीहरुसँग ठाडै घुस माग्ने गरेका छन् । नियम विपरित काम गरेको भन्दै होस् वा व्यापारलाई असर गरिदिने भन्दै, विभिन्न सरकारी कर्मचारीहरुले व्यापारीहरुबाट घुस लिने गरेका छन् । विशेषगरी दशैं तिहारजस्ता चाडबाडका बेला रकम नै तोकेर कर्मचारीहरुले घुस माग्ने गरेको व्यापारीहरुको भनाइ छ ।
’वाणिज्य विभागका कर्मचारी आएर ठाडै घुस माग्छन् । घुस नदिएको खण्डमा छापा मार्ने, उजुरी गर्ने र व्यापार नै बन्द गरिदिने सम्मको चेतावनी दिन्छन् । त्यसपछि उनीहरुलाई केहि रकम दिनुको विकल्प हुँदैन । काठमाडौँ, नयाँ बानेश्वरमा मिठाइ पसल संचालन गरेर बसेका एक व्यापारीले अर्थ सरोकार डटकमलाई सुनाए ।
विशेषगरी मदिराका, मिठाइ, तथा रेस्टुराँ व्यापारीहरुलाई कर्मचारीहरुले बढी दुख दिने गरेका छन् । ’उनीहरुलाई पैसा दिनुको विकल्प हुँदैन । उनीहरुको धम्की नै डरलाग्दो हुन्छ । गल्तीनै नगरेको भएपनि जवरजस्त गलत देखाउन सक्ने धम्की दिने हुनाले लाखौंको लगानी गरेको व्यापारमा जोखिम मोल्न नचाहने हुनाले उनीहरुले मागेको रकम दिने गरेको व्यापारीहरुको गुनासो छ ।
बैंकले ऋण दिंदैनन, ऋण दिए बढी तनाव दिन्छन् :
आफ्नो व्यापार व्यवसाय घाटामा गएका बेला होस् वा, व्यापारलाई अझ परिस्कृत गर्ने सबालमा होस्, बैंकबाट ऋण लिएर काम गर्नु उचीत मानिन्छ । तर काठमाडौँका अधिकांस व्यापारीको बैंकसँगको अनुभव निकै तीतो छ । बैंकले ऋण दिन आनाकानी गर्ने, ऋण मिलाईदिन पनि ’ज्याक’ लाउनुपर्ने, ऋण मिलाइदिनेलाई कमिसन दिनुपर्ने, बैंकमा सेवा शुल्क छुट्टै तिर्नुपर्ने, ब्याज पढी हुनेजस्ता समस्याले व्यापारीहरु निकै समस्यामा पर्ने गरेका छन् । कोटेश्वरमा एक हार्डवेयर पसल संचालन गरेर बसेका एक व्यापारी भन्छन्, ’ऋण मिलाइदिनेलाई समेत कमिसन दिनुपर्छ । हामीले बुझ्ने धेरै नियम देखावटीमात्र हुने गेरको छ । बैंकले गर्दा थुप्रै पटक दुख पाउनु परेको छ ।’
व्यापारीका हक हितमा आवाज उठाइरहेका छौं : व्यवसायी संघ
विभिन्न क्षेत्रमा व्यापार गरिरहेका व्यापारीहरुका विभिन्न संगठनहरुले व्यापारीका हक हितमा आफुहरुले आवाज उठाइरहेको बताउँछन् । ’व्यापारीलाई समस्या पर्दा सहयोग गर्ने गरेका छौँ । कस कसले कस्तो खालको दुख दिएका छन्, संघमा उजुरी गरे त्यहि अनुसारको कारवाही प्रक्रिया अगाडी बढाउँछौँ । ’ कोटेश्वर व्यवसायी संघका एक सदस्यले अर्थ सरोकार डटकमलाई सुनाए । उनी अगाडी भन्छन्, ’विभिन्न व्यक्तिहरुले दुख दिने गरेका घटनाहरु पहिलाभन्दा अहिले कम भएका छन् । पिडितले उजुरी गरेको खण्डमा कारवाही गर्छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्