
काठमाडौँ: विद्युत् उत्पादन कम्पनीले चार ठूला जलविद्युत् आयोजना अघि बढाउने भएको छ । ठूला तथा जलाशययुक्त आयोजना निर्माणका लागि सरकारले गठन गरेको विद्युत् कम्पनीले चार ठूला आयोजना अघि बढाउने भएको हो । चार ठूला आयोजना अघि बढाउने गरी २ हजार १ मेगावाटका चार ठूला आयोजना अघि बढाउन कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ ।
विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीका अनुसार कम्पनीले ६ सय १७ मेगावाटको ठूलो भेरी, ४ सय ५० मेगावाटको किमाथांका अरुण, ३ सय ७ मेगावाटको जगडुल्ला र ६ सय २७ मेगावाटको लोअर अरुण जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स)का लागि निवेदन दिएको छ ।
“विद्युत् उत्पादन कम्पनीले विकास गर्ने गरी चार ठूला आयोजना निर्माणका लागि आवेदन आएको छ,” उनले भने । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले चार ठूला आयोजना अघि बढाउन विभागमा आवेदन दिइएको जानकारी दिँदै लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने बताए । कम्पनीले ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजनामा समेत १० प्रतिशत सेयर लगानी गर्न लागेको जनाएको छ ।
गत पुसमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेपछि कम्पनीले बल्ल ठूला आयोजना निर्माणको काम अघि बढाउन लागेको हो । अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी २ अर्ब रहने गरी कम्पनीले जलाशययुक्त र ठूला आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ । मन्त्रिपरिषद्बाट हालै १२ सय मेगावाटको बूढीगण्डकी र ४ सय १० मेगावाटको नलसिंहगाढ जलाशययुक्त आयोजनालाई हाल रहेको बूढीगण्डकी विकास समितिलाई खारेज गरेर कम्पनी मोडेलमा लैजाने निर्णय भएको थियो ।
दुवै आयोजना समेत विद्युत् उत्पादनमार्फत अघि बढाउने तयारी भएपनि पछिल्लो समय बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने अर्को निर्णय भएको छ । विद्युत् प्राधिकरणको पुर्नसंरचना गरी उत्पादन, वितरण र प्रसारण निर्माणको काम छुट्टाछुट्टै गर्ने गरी उर्जा मन्त्रालयले प्रक्रिया अघि बढाएकोमा गत मंसिरमा मात्र कम्पनी स्थापना गरेको थियो ।
गत पुसमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेपछि कम्पनीले बल्ल ठूला आयोजना निर्माणको काम अघि बढाउन लागेको हो । अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी २ अर्ब रहने गरी कम्पनीले जलाशययुक्त र ठूला आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
कारोबार दैनिकमा खबर छ – कम्पनीमा ऊर्जा मन्त्रालयसहित अर्थ, कानुन तथा संसदीय मामिला मन्त्रालय, प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको सेयर स्वामित्व रहने छ ।
प्रस्तावित आयोजनाको क्षमता (मेगावाटमा)
ठूलो भेरी ६१७
किमाथांका अरुण ४५०
जगडुल्ला ३०७
तल्लो अरुण ६२७
स्रोतः विद्युत् विकास विभाग
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्