
काठमाडौँ – काठमाडौँ उपत्यकामा यसअघि अस्तित्वमै नरेहका र तत्काल राष्ट्रिय राजनीतिमा स्थापित हुने सम्भावनासमेत नहरेका साझा पार्टी र विवेकशील नेपाली दलले समेत माओवादीलाई धेरै मतान्तरले उछिनेपछि माओवादी रिसाएको हो । माओवादी सरकारले काठमाण्डु उपत्यकाको बाटो फराकिलो पारेको र लोडसेडिङ अन्त्य गर्दासमेत मतदाताले आफूलाई न्याय नगरेको दुःखेसो उक्त पार्टीको छ । ‘गणेशमान सिंहले काठमाण्डुका जनतालाई त्यसै भेडा भनेका रहेनछन्’ माओवादी केन्द्रका एक कार्यालय सदस्यले काठमाण्डुटुडेसँग भने, ‘लोडसेडिङ हटाएर उज्यालो दिएको र सडक फराकिलो पारेको गुण तिर्न नसक्ने काठमाण्डुका मतदातालाई इतिहासले धिकार्नेछ ।’
उनले आफूहरुको सरकारले लोडसेडिङ अन्त्य गर्दा बिजुलीको पोल ढाल्ने र मिटर बिगार्ने तथा सडक फरकिलो पार्दा डोजरका अगाडि लम्पसार परेर अवरोध गर्ने दललाई मतदाताले रुचाउने मतदाता गणेशमानकै शब्दमा ‘भेडा’ भएको टिप्पणी गरे । उनले देशभरकै सबैभन्दा सचेत भनिएका काडमाठण्डुका मतदाता ‘वित्तीय एकाधिकार पुँजी तथा भूमण्डलीकरण र सूचना सञ्चारमा साम्राज्यवादी प्रभुत्व’ को शिकार भएको आरोप लगाए । यद्यपि ती नेताले अन्तिम परिणाम आएपछि चुनावी परिणामको गम्भीर समीक्षा गर्ने बताए । ‘लोडसेडिङ हटायौं, सडक चौडा पा¥यौं भनेर भोट आउने होइन रहेछ, बरु ती कामको विरुद्धमा कतै न कतै षड्यन्त्रमा लाग्नेलाई बोक्नेहरुको के कुरा गर्नु ?’, उनले भने । माओवादीले काठमाण्डुमा आफूहरुलाई भोट नदिए पनि गाउँका गरिब र दुःखी जनताले माओवादी मनपराएको दाबी गरेको छ ।
‘हामीले सहरमा ज्यानै फालेर राम्रो काम गरे पनि बालुवामा पानी खन्याएजस्तो हुनेरहेछ’, अर्का एक नेताले भने, ‘बरु हामीले १० वर्षसम्म उपेक्षा गरेको गाउँले हाम्रो राजनीति जोगाइदियो ।’ ती नेताले दोश्रो चरणको चुनावपछि माओवादीले ‘सहरलाई ध्यान दिने र गाउँलाई जोड दिने’, जनयुद्धकालिन रणनीतिअनुसार काम गर्ने नीति अख्तियार गर्ने उल्लेख गरे । चुनावी परिणममा कसले कति जित्यो भन्दा पनि निर्वाचन सम्पन्न गराउन सक्नु नै माओवादी नेतृत्वको जित भएको तर्क उनको छ । ‘काँग्रेस र एमालेको नेतृत्वमा सरकार भएको भए कुनै हालतमा निर्वाचन हुने थिएन’, उनले भने, ‘गणतन्त्र संस्थागत गर्न र संविधान कार्यान्यवन गर्न निर्वाचन अनिवार्य थियो, कमरेड प्रचण्डको नेतृत्वमा त्यो काम सम्पन्न गर्न सक्नु नै हाम्रो राजनीतिक विजय हो ।’
उनले बिपी कोइरालाले ०३६ सालको जनमत संग्रहमा पराजय ब्यहोर्दा त्यसलाई स्वीकार गरेको र १० वर्षपछि बहुदलको जित भएको सन्दर्भ कोट्याउँदै आगामी निर्वाचनमा माओवादीले स्थिति थप सुदृढ गर्ने दाबी गरे ।
माओवादी प्रवक्ता पम्फा भुसालले भने जनताले निर्वाचनमार्फत दिएको अभिमतको पार्टीले सम्मान गर्ने बताइन् । ‘ठीक वा बेठीक के गरियो भन्ने समीक्षा काठमाण्डुका मतदाताले नै गर्ने हो’, उनले भनिन्, ‘आफूलाई भोट नदिँदैमा जनतासँग रिसाउनु हुँदैन ।’
भुसालले यही मतदाताले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उपत्यकाका अधिकांश सिटमा माओवादीलाई जिताएको भुल्न नहुने तर्क गरिन् । ‘जनमत सधैं एउटै दल र शक्तिले पाउँछ भन्ने केही छैन’, उनले भनिन् । यद्यपि निर्वाचनपछि काठमाण्डुका मतदाताले किन आफूहरुलाई मत दिएनन् भन्नेबारे गम्भीर समीक्षा भने गरिने भुसालले बताइन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्