
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ‘दिदि तपाईंको नाम के हो ?’ हातमा क्यामेरा बोकेका पत्रकारले प्रश्न गर्दा उनी थोरै लजाईन् । मुसुक्क हाँस्दै उनी केहि नसुनेजस्तो गरी मकै चलाउन थालिन् । ‘दिदि नाम नभन्ने ?’ हामीले पुन प्रश्न गर्दा उनी फेरि लजाईन्, र केहि बोलिनन् । त्यहि बेला नजिकैको घरबाट आवाज आयो, ‘मकै दिदि ! यता हेर्नुहोस् त !’
कोटेश्वरमा धेरैले उनलाई ‘मकै दिदि’ भनेर चिन्छन् । थुप्रै समयदेखि हरियो मकै बेच्दै आएकी उनी कोटेश्वरमा ठेलामा मकै बेचेर गुजारा चलाउँछिन् । ‘पहिला डोकोमा बेच्थे, अहिले गाडा किनेको छु ।’ यति भन्दा पनि उनको मुहारमा छुट्टै हाँसो थियो ।
आइतबारको दिन, देशभर चुनाव । कोटेश्वरको नवज्योति कलेज मतदान केन्द्रमा पनि चहलपहल राम्रै थियो । त्यहिनै बेला सुरीलो स्वरमा सधैंझैं एउटा आवाज जुन्जियो, ‘आयो हरियो मकै है, हरियो मकै !’
यहि बेलामा उनको ठेलामा रहेका केहि घोगा मकै किन्दै हामीले सोध्यौं, ‘दिदी, भोट हाल्न जानुभएन ?’
हाम्रो प्रश्नमा पुन आफ्नो मीठो हाँसोसँगै उनी बोलिन्, ‘जसले जितेपनि काम नगरी खान पाइन्न क्यार ! भोट हालेर के गर्नु !’
मुस्कान सहितको उनको बोलीमा छुट्टै पीडा थियो, जो धेरै श्रमजीवीहरुको पीडा हो । उनी त प्रतिनिधि पात्र मात्र हुन्, जो श्रमिक बनेर बाँचेको छ यो शहरमा । ‘आउँदा जनप्रतिनिधिले यिनीहरुको मुद्धापनि उठाओस्। काम गरेर खान दियोस्।’ उनीसँग मकै किन्ने धेरैजस्तै हामीलेपनि यहि अपेक्षा गर्यौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्