- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले नेपाली बैंकिङ क्षेत्रमा अवको १० बर्षपछि संस्थापक सेयरहरु सर्वसाधारण सेयरमा परिणत हुने हल्ला छ । सबै संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने कुराले धेरैलाई खुसीसमेत बनाएको छ । तर यसरी सबै संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुन कानुनलेनै नदिएको खुलासा भएको छ ।
कानुनले यसरी दिएन
बाफियाको परिच्छेद ३ अन्तर्गत सेयर विक्री वा धितोबंधक सम्बन्धी व्यवस्था अन्तर्गत चौथो बुँदामा भनिएको छ, ‘दफा ९ को १ र उपदफा २ मा जुनसुकै कुरा लेखिएको भएपनि बैंक वा वित्तीय संस्थाले कारोबार संचालन गरेको दश बर्ष पुगेपछि पूँजी बजार, बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा परे प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक सेयर ख्रमाषा सर्वसाधारण सेयरमा परिणत गर्न सकिनेछ ।’
यद्यपी दफा ९ को उपदफा १ र २ भन्ने स्पष्ट लेखिएपनि यो बुंदाले उपदफा ४ का बारेमा बोलेको छैन । उपदफा ४ ले स्पष्टसँग भनेको छ, ‘बैंक वा वित्तीय संथाले चाहेमा राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी संथापक सेयर समूहको स्वामित्व एकाउन्न प्रतिशतभन्दा कम नहुने गरी बाँकि अंश सर्वसाधारण सेयर समुहमा परिणत गर्न सक्नेछ ।’
यो उपदफाले स्पष्टसँग ५१ % भन्दा कम नहुने गरी भन्ने उल्लेख गरेको हुनाले १० बर्षपछि सबै संस्थापक सेयर नभई ५१ प्रतिशतभन्दा माथिको संस्थापक सेयर मात्र सर्वसाधारण सेयरमा परिणत गर्न सकिने भएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्