×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टाँडी र निजगढमा भयो ‘जनता लुट्ने बिजनेश’को उद्घाटन ! पैसा र पावर हुनेका विरुद्ध को बोल्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालोबजारी ऐन विपरित मोटरसाइकल बेचेर अकुत नाफा खाने र जनता ठग्न पल्केको बजाज यसरीनै जनतालाई ठग्ने कामलाई निरन्तरता दिन चितवनको टाँडी र निजगढमा पुगेको छ । पैसा र पावरका भर्ना जनता लुटीरहेको हंशराज हुलासचन्द एण्ड कम्पनीले चितवनको टाँडी र बाराको निजगढमा नयाँ शोरुम सञ्चालनमा ल्याएपछी ती स्थानका जनतापनि ठगिने पक्कापक्की भएको छ । रत्ननगरको बकुल्लर-८ मा निशास मोटर्स र निजगढमा नित्यम ट्रेडर्स पूर्ण सुविधा सहित सञ्चालनमा ल्याएपछी यस्तो पक्कापक्की भएको हो ।
यसरी जनता लुटिरहेका छन् गोल्छा 
बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपकै कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।

गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।

के छ कानुनी व्यवस्था ?
कालो बजारी सम्बन्धि ऐनको दफा ३ मा स्पष्ट लेखिएको छ ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट व्याख्या गरेपनि गोल्छा समुहले भने यो ऐनको बर्खिलाप गर्दै जनता लुट्ने धन्दालाई जारी राखेको छ ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: