
काठमाडौँ – २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए।
श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए। उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे। तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ।
१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो। उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन्। मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन्।
शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन्। प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ।
श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो। अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन्। ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ।’ तातो९चिसोको पनि महसुस गर्न थालेको उनले बताइन्।
बेहोस भएर ढल्दा उनी पूर्व क्षेत्रीय तालिम कार्यालय बिराटनगरमा कार्यरत थिए। पुलिसिङपछि खेलकुद उनको प्रिय क्षेत्र थियो। ब्याटमिन्टन, टेबुलटेनिस तथा फुटबलका प्रतिस्पर्धामा उनी नियमित भाग लिइरहन्थे। प्राय पहिलो, दोस्रो नै हुने गरेका थिए। ‘खेलकुद जितेर आउदा सधैं पार्टी दिनुहुन्थ्यो,’ आराधना सम्झिन्छिन्।
तालिम केन्द्रमा सरुवा भएपछि पनि उनले खेलकुद गतिविधिलाई प्राथमिकतामै राखेका थिए। १५ साउनको बिहान धरानमा ब्याडमिन्टन कोर्टमै ढलेका उनी अहिलेसम्म उठ्ने संघर्षमै छन्। प्रहरीका भावी आईजिपीका एक प्रमुख दाबेदारका रुपमा मानिएका उनलाई नियतीले त ठग्यो नै, राज्यले समेत बिर्सिएको छ। – नयाँ पत्रिकाबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्