×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: आपूर्ति मन्त्रीले देखाए आँट, जनता ठग्ने कम्पनी लक्ष्मी हुन्डाईमा आपूर्ति मन्त्रालयको छापा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तत: आपूर्ति मन्त्रीले देखाए आँट, जनता ठग्ने कम्पनी लक्ष्मी हुन्डाईमा आपूर्ति मन्त्रालयको छापा !

६ आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हुन्डाईका गाडीमा कालोबजारी ऐन विपरित नाफा कमाएर जनता चुस्न पल्केको लक्ष्मी हुन्डाईमा आपूर्ति मन्त्रालयले छापा मारेको छ । पहिल्लो समय आपूर्ति मन्त्रीले आफु निकटका र ठुला व्यापारीहरुकहाँ छापा नमारेको भन्ने आरोप लागिरहेका बेला अर्थ सरोकार डटकमले आपूर्तिमन्त्रीज्यू, एउटै गाडीमा २५ लाख बढी कुम्ल्याउने हुन्डाईलाईचाहिं कहिले कारवाही हुन्छ ?  शीर्षकको सामाग्री प्रकाशन गरेपछि अन्तत: आपूर्ति मन्त्रालयले उक्त कम्पनीमा छापा मारेको हो । लक्ष्मी हुन्डाईका कर्तुतबारे यसअघि पनि अर्थ सरोकार डटकमले थुप्रै सामग्रीहरु प्रकाशीत गरिसकेको छ ।

यद्यपी ठुलो कम्पनी भएकाले यो छापा मराई औपचारिकताका लागि मात्र हुन सक्ने आशंका धेरैले गरेका छन् । आफुलाई कानुनमाथि छु भन्ने दम्भ देखाउनेहरुको आपूर्ति मन्त्रालयसँग पनि सेटीङ हुन हुन्छ भन्ने शंका धेरैले गरेका छन् । यद्यपी आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले भने दोषी ठहरिए कोहि पनि कारवाहीबाट उम्कन नसक्ने बताएका छन् ।  

अनुगमन टोलीका संयोजक लोक्बाहादुर कार्कीका अनुसार खरिद मूल्य र विक्री मूल्यमा अन्तर देखिएको आशंकामा कम्पनीको नक्सालस्थित कार्यालयमा छापा मारिएको हो । ‘खरिद र विक्री मूल्यमा ठुलो अन्तर आएको भन्ने कुरा बाहिर आएपछी छापा मारिएको हो । दोषी ठहरिए कोहि पनि उम्कन पाउँदैन’ उनले भने ।  
हुन्डाई कम्पनीको गाडी बेच्ने लक्ष्मी हुन्डाईले कालोबजारी ऐन विपरित गाडी बेच्दा अकुत फाइदा कमाउने गरेको छ । पैसाकै पावरमा कम्पनीका कर्मचारीहरुले खुलेआम रुपमा आफुहरु जनता ठग्ने अभिव्यक्ति दिने गरेका छन् । कम्पनीले एउटा गाडी मा नै २५ लाख रुपैयाँसम्म नाफा कमाउने गरेको छ । तर कम्पनीले नेपालको कानुन विपरित काम गर्दा पनि अनेकौं कुतर्क दिएर आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुलाई प्रभावमा पार्न खोजेको बुझिएको छ । अव यो प्रकरणमा मन्त्रालयले उक्त कम्पनीलाई के गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।     
अर्थ  सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी