×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो कर्तुत लुकाउन इसेवाले रातारात सिष्टम अपग्रेड गरेको खुलासा ! बिटक्वाइन कारोबारका प्रमाण नष्ट !

PRIME CA

आफ्नो कर्तुत लुकाउन इसेवाले रातारात सिष्टम अपग्रेड गरेको खुलासा ! बिटक्वाइन कारोबारका प्रमाण नष्ट !

१० कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- क्यास अन एड नामक एप्स प्रयोगमा ल्याएर जनताको करोडौं रुपैयाँ खाएर भागेका र पछी राजनीतिक राम्रक्षणका कारण नेपाल फर्किएका ‘ठग’ व्यापारी विश्वास ढकालको कम्पनी इसेवाले बिटक्वाइन कारोबार गर्ने गरेको कर्तुत बाहिरिने डरले रातारात सिष्टम अपग्रेड गरेको खुलासा भएको छ । बिटक्वाइन कारोबार सम्बन्धी खोजी सीआइबीले गरेपछि राष्ट्र बैंकबाट सुचना माग गरी आएको पत्र आएकै दिन इसेवाले आफ्नो सिष्टम अपग्रेड गरेको थियो । इसेवाले एक भव्य कार्यक्रमका बीच आफ्नो नयाँ सिष्टमको लन्च गर्ने तयारी गरेको भएपनि लामो समयदेखि बिटक्वाइनको कारोबार गरेको भन्ने आरोप लागेका इसेवाका मालिक विश्वास ढकाल, सीइओ अगसर अली लगायतको गोप्य बैठकपछी सो रातनै सिष्टम अपग्रेड भएको खुलासा भएको छ ।
स्रोतका अनुसार बिटक्वाइनबारे राष्ट्र बैंकमा सीआइबीको पत्र आउने बितिकै राष्ट्र बैंकका केहि अधिकारीले इसेवालाई अफ्ट्यारो परेको बताएका थिए । जवाफमा विश्वास ढकालले मोटो रकमको आश्वासन दिंदै राष्ट्र बैंकका ठुला तहका कर्मचारीलाई समेत मिलाउनु भन्दै आफ्नो सिष्टम अपग्रेड गरेका थिए । ‘इसेवाले त्यो दिन सिष्टम अपग्रेड नगरेको भए नेपालका सबै भन्दा ठुला बिटक्वाइनका व्यापारी इसेवाका सीइओ अली र मालिक ढकाल हुन् भन्ने पुष्टि नै हुने थियो । तर राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै इसेवाले रातारात सिष्टम अपग्रेड गरेको छ । यसरी सिष्टम अपग्रेड गर्दा राष्ट्र बैंकलाई औपचारिक जानकारी गराउनु पर्ने नियम छ ।

रकम बुझ्ने सर्तमा इसेवामा राष्ट्र बैंकको ‘देखावटी’ अनुगमन
यता इसेवाका मालिक तथा ठग व्यापारीको उपमा पाएका विश्वास ढकालले राष्ट्र बैंकका केहि अधिकारीहरुलाई भेटी आफुलाई यो प्रकरणमा जोगाउन र यसवापत मोटो रकम दिने भन्दै प्रभावमा पारेपछि बाहिर देखाउनका लागि राष्ट्र बैंकले देखावटी अनुगमन गरेको स्रोतको दावी छ । यो प्रकरणमा सनराइज बैंक र नबिल बैंकको समेत मिलेमतो रहेको स्रोतको दावी छ । इसेवाको सेटलमेन्ट बैंक नबिल हो भने सनराइजले डलर सेटलमेन्ट सेवा उपलब्ध गराउँदै आएको छ । इसेवा, सनराइज बैंक र होमसेन्ड कम्पनीबीच त्रिपक्षीय सम्झौता भई रेमिट्यान्सको कारोबार हुँदै आएको छ । बिटक्वाइनसमेत स्वीकार गर्ने अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक स्क्रिलले होमसेन्डको नेटवर्क प्रयोग गर्दै आएको छ । 
मिलेमतोमै प्रमाण नष्ट, राष्ट्र बैंकद्वारा इसेवालाई चेतावनीको नाटक !
सीआइबीको पत्र आएपछि इसेवाले राष्ट्र बैंकको अनुमतिविना नै सिस्टम अपग्रेड गरेको थियो । यसरी पैसा र पावरका भरमा नेपाल राष्ट्र बैंकलाई समेत आफ्नो पोल्टोमा परेको इसेवालाई देखावटी रुपमा राष्ट्र बैंकले फेरि पनि यस्तो नगर्न भन्दै चेतावनी दिएको छ । यति ठुलो प्रकरणमा थप अनुसन्धान गर्नुको सट्टा प्रमाण नष्ट गर्नेजस्तो अपराधमा संलग्न कम्पनीलाई राष्ट्र बैंकले गरेको व्यवहारले पनि उनीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएको जानकारहरुको भनाइ छ । प्रहरी र केन्द्रीय बैंकले बिटक्वाइन कारोबार सम्बन्धमा अनुसन्धान थालेपछि २७ असोजमा उसले सिस्टम अपग्रेड गरेको थियो । २७ असोज राति १० बजेदेखि ३० गते बिहान १० बजेसम्म सिस्टम अपग्रेड हुने सूचना जारी गरे पनि तीन दिनसम्म इसेवाका सम्पूर्ण कारोबार बन्द भएका थिए । २७ असोजमै नेपाल प्रहरीले इसेवाको कारोबारको तथ्यांक माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सीस्टम अपग्रेड गर्दा प्रणालीमा रहेका तथ्यांकहरू नासिन सक्ने सम्भावना भएकाले त्यस विषयमा नियामक निकायलाई जानकारी दिनुपर्ने नियम भएपनि इसेवाको दादागिरी र राष्ट्र बैंकका अधिकारीहरुसंगको गोप्य लेनदेनका कारण विश्वास ढकाल सहित उनको समूह उम्किएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: