
मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्र्बौ लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ । सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्।
सरकारले बर्सेनि ठूलो रकम सीपमूलक तालिममा खर्च गरे पनि वैदेशिक रोजगारीमा जानेका लागि भने एक पैसा पनि खर्च नगरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन्।
‘जुन क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने हो, त्यसमा सरकारले एक पैसा पनि खर्च गरेको छैन’, उनले भने, ‘बिनातालिम वैदेशिक रोजगारमा जाँदा त्यसबाट पाउनुपर्नेजति प्रतिफल प्राप्त हुन सकेको छैन।’ दैनिक एक हजार युवा जनशक्ति बिनासीप बिदेसिँदा उनीहरूले दुःख र हन्डर खानुपरेको उनको धारणा छ।
तालिम तथा सेमिनारका लागि छुट्ट्याएको रकम (रु. हजारमा )
-सिँचाइ मन्त्रालय ७,२४,६६
-शिक्षा मन्त्रालय ४,३३,३४
-अर्थ मन्त्रालय १०,६१,५९
-उद्योग मन्त्रालय १,५०,८६,९२
-ऊर्जा मन्त्रालय २७,६५
-कृषि विकास मन्त्रालय २३,५१,७८
-गृह मन्त्रालय ४,५७,३६
-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १,७३,५५
-पशुपक्षी विकास मन्त्रालय १२,१८,८७
-वन तथा भू–संरक्षण मन्त्रालय १९,९६,०२
-जनसंख्या तथा वातावरण मन्त्रालय ३,१६,८०
-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ७०,४०
-महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय २८,४५,०८
-सहरी विकास मन्त्रालय २,१९,८६
(स्रोतः रातो किताब)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्