तस्विर : समीर बलामी
- आजको सामाजिक सञ्जाल
‘ककनी गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता राम शरण महतमाथि आक्रमणको प्रयास भएको छ । डा रामशरण महतले बोल्दा बोल्दै आक्रोशित केहि कार्यकर्ताले यस्तो हर्कत गरेका हुन् । मञ्चमै अाक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीले आक्रमण गर्न खोज्नेहरुलाई बाहिरर निकालेका थिए ।’ भनी सामाजिक संजालमा बहस चलेको छ ।
यहि विषयलाई लिएर पत्रकार समिर बलामीले लिनुभएको यो भिडियो पनि यतिबेला चर्चाको विषय बनेको छ । भिडियो सार्वजनिक भएसँगै विभिन्न पत्रकार र अन्य सर्वसाधारणले पनि यस विषयलाई सामाजिक संजालमा प्राथमिकता दिएका छन् । आजको न्यूज डटकमका पत्रकार माधव प्रसाद तिवारीले आफ्नो फेसबुक स्ट्याटसमा उक्त घटनालाई प्राथमिकता दिएका छन् ।
यस्तै हाल रेडियो अन्नपूर्ण नेपालमा कार्यरत पत्रकार श्याम सुन्दर पुडाशैनीले पनि उक्त घटना भएको भन्दै आफ्नो फेसबुकमा स्ट्याटस हालेका छन् ।
यता नुवाकोटका कांग्रेसी कार्यकर्ताले भने त्यस्तो घटना नभएको दावी गरेका छन् । तस्विर खिच्ने समीर बलामी एमाले भएकाले नियोजित रुपमा अफवा फैलाईएको उनीहरुको आरोप छ । नेपाली कांग्रेसका नेता राम शरण महत एक सामाजिक कामका लागि गएको र त्यस्तो आक्रमणको प्रयास नभएको उनीहरुको दावी छ । यस्तै यसबारे समाचार लेखेको भन्दै केहि कांग्रेसी कार्यकर्ताहरुले फेसबुकमै अर्थ सरोकार डटकमको विरोध समेत गरेका छन् ।
यता घटनाबारे नेपाली कांग्रेसको आधिकारिक धारणा भने आएको छैन ।