
चार कक्षा पढ्दै गरेको बच्चालाई अहिलेनै प्लस टु को प्रमाणपत्र थमाईदिने कि, अझै सात बर्ष त्यस माथीका कक्षाहरु पढाउँदै लगेर प्रमाण पत्रको लागी योग्य बनाउने?
ठ्याक्कै यस्तै भएको अहिले ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने भनेर गरिएको निर्णय। हो बजारको लागी ब्रोकर मार्फत मार्जिन कर्जाको सुबिधा हुनु लगानिकर्ताको लागी मात्र नभई समग्र बजारको लागीनै खुशीको कुरा हो । तर नियामक नराम्रोसँग चुक्यो। ब्यवहारिक हिसाबले काम गर्नु पर्दथ्यो नियामकले तर त्यो हुन सकेन ।
हाल न्युनतम चुक्ता पुँजी २० लाख रहेको ब्रोकरलाई २ करोड पुर्याउनको लागी भनिएको छ । यसको लागी अझै समय लाग्ने पक्का छ । मार्जिन कर्जाको सम्बन्धमा चाहिं ५ करोड पुँजी हुनेले १० करोड सम्मको कर्जा प्रवाह गर्न पाउने भनिएको छ। जबकि बच्चा ४ कक्षा बाट ८ कक्षा पुग्नै बाँकी छ अनि अहिलेनै प्लस टु को प्रमाणपत्र थमाईदिनु कहाँसम्मको न्यायसँगत कुरा हो?
नियत सही हो भने यस्तो गर्न सकिन्थ्यो:
१. मार्जिन कर्जा सुबिधाको लागी आवश्य ५ करोड पुँजीको लागी एउटा निश्चित समय दिएर पुँजी बृद्धीको आव्हान गर्ने।
२ समय अगावै अथवा तोकिएको समयभित्र पुँजी पुर्याउने ब्रोकरलाई आशय पत्र प्रदान गर्ने ।
३ आवश्यक पूर्बाधारको अवलोकन पश्चात उउपयुक्त देखिएको खण्डमा सो कामको लागी स्विकृती प्रदान गर्ने।
४ राजधानी बाहिर साखा बिस्तार गरी सेवा दिन सक्नेलाई बिशेष सुबिधा दिने।
यो प्रकृया लागु भएको भए बजारमा स्वस्थ प्रतिस्पर्धा बढ्ने थियो अनि बल्ल यो बिषयलाई स्वागत गर्न सकिन्थ्यो। अहिले हतारमा गरिएको निर्णय अण्डा बिनानै चल्ला कोरल्ने प्रयास भन्दा फरक देखिएन।
सँबेदनशिल बजारमा यस्ता कुराहरुले धेरै ठुलो भूमिका खेल्ने हुन्छ। ब्रोकर लाई मार्जिन कर्जा दिने भन्ने खबर आउना साथ लगानिकर्ता एउटा हल्ला चल्यो, “अब बजार बढ्छ!” बढेको बजार पछी पुन फर्कियो । बिगतमा पनि यस्ता बिषयलाई हतियार बनाएर बजारबाट सिमितबाट खेल्ने प्रयास नगरिएको हैन। तर अहिले लगानिकर्ता सचेत छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्