×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल्ल खुल्यो रहस्य, यसकारण पो हारेका रहेछन् बामदेव गौतमले, (विस्तृतमा पढ्नुहोहोस्)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बल्ल खुल्यो रहस्य, यसकारण पो हारेका रहेछन् बामदेव गौतमले, (विस्तृतमा पढ्नुहोहोस्)

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशमा दुई तिहाई बहुमत आएका बेला बाम गठबन्धनका प्रमुख सूत्राधार मध्येका एक एमाले उपाध्यक्ष बामदेव गौतम पराजित भए ।
उनको पराजय कसैले सोचेकै थिएनन्, किनकी गौतम प्रतिनिधिसभामा उम्मेदवार रहेको बर्दिया–१ मा बाम गठबन्धनको मत काँग्रेसको भन्दा ३० हजारले बढी थियो । तर, उनी काँग्रेसका ‘लो प्रोफाइल’ सञ्जय गौतमसँग पराजित भए । बामदेवको पराजय उनकै बोली र व्यवहारले भएको चर्चा एमाले वृत्तमा चल्न थालेको छ । चुनावको अन्तिम समयमा आएर उनले प्रत्येक चुनावीसभा र घरदैलौमा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे । अन्ततः भावी प्रधानमन्त्रीको दाबी नै उनका लागि हारको प्रमुख कारण बन्न पुग्यो ।
बामदेवले एमालेका केपी ओली, माधव नेपाल, झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेकाले बाम गठबन्धनमा प्रधानमन्त्रीका लागि आफूजत्तिको योग्य, क्षमतावान र स्वच्छ छविको कोही नभएको भन्दै मतदाता आकर्षित गर्न खोजेका थिए । ‘बामदेव कमरेडले आफूलाई प्रधानमन्त्रीको दाबेदार नभनेको भए सजिलै चुनाव जित्नुहुन्थ्यो’, एमालेका एक नेताले भने, ‘जब उहाँले आफूलाई प्रधानमन्त्रीका लागि मजत्तिको योग्य कोही छैन भन्दै हिँड्न थाल्नुभयो, खेल त्यहींबाट बिग्रियो ।’ गौतमले प्रधानमन्त्री दाबी गरेपछि पार्टीभित्रकै एक पक्षले मत नदिएको ती नेताले बताए ।

बामदेवले समेत हारको कारण सोही दाबीलाई मानेको स्रोतले बतायो । काँग्रेसका शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, बिमलेन्द्र निधि तथा रामशरण महतसम्मले भावी प्रधानमन्त्री भन्दै भोट मागेकाले आफूले मतदाताका अगाडि प्रधानमन्त्री दाबी गर्नु स्वभाभाविक भएको तर्क बामदेवको छ ।

‘काँग्रेसका धेरै नेताले प्रधानमन्त्री हुँ भन्दै भोट मागेका थिए, मैले पनि त्यसरी माग्न किन नहुने ?’, बामदेवको तर्क छ । हारको अर्को कारण बामदेवले २०७० सालको संविधानसभा निर्वाचनमा प्यूठानमा गरेको प्रतिबद्धता पनि हो । त्यतिबेला उनी बर्दिया र प्यूठान दुवैतिरबाट निर्वाचित भएका थिए । बर्दिया छाडे । प्यूठानबाट सभासद रहे । त्यतिबेला उनले मतदाता खुसी पार्न भनेका थिए, ‘म प्यूठानमा जन्मिए । यहीं हुर्किएँ । म यहीं मर्न चाहन्छु । मरेपछि मलाई प्यूठानकै पवित्र चन्दनले जलाउनू ।’ लामो समयपछि चुनावमा गृहजिल्ला फर्किएका गौतमको यो भनाइको आशय आफू अब जिल्ला नछाड्ने भन्ने हो । त्यही प्रतिबद्धतालाई विपक्षी उम्मेदवारले मसला बनाएर बर्दियामा प्रचार गरे ।
‘प्यूठानमै मन पाऔं’ भन्ने नेतालाई बर्दियाले किन जिताउने ? भन्ने तर्क मतदाताका बीचमा बिक्यो । जसका कारण उनलाई कतिपय मतदाताले भोट दिएनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी