×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेले निहुँ खोजे यसरी बन्छ कांग्रेस–माओवादी सरकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमालेले निहुँ खोजे यसरी बन्छ कांग्रेस–माओवादी सरकार

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम गठबन्धन बनाए । निर्वाचन सकियो र दुवै दलको सोचेजस्तै परिणाम आयो । वाम गठबन्धनको पक्षमा देखिएको जनलहरले नेपालीले स्थायित्व र समृद्धि चाहेको र त्यसका लागि स्थायी सरकार बनाउन, एउटै कम्युनिष्ट केन्द्र बनाउन जनताले दिएको जनादेशको रुपमा बुझ्दा फरक नपर्ला ।
तर, प्रतिनिध तथा प्रदेशसभा निर्वाचनमा माओवादीको बुईँ चढेर ठूलो शक्ति बनेको एमालेले आफ्नो दम्भ थाम्न सक्छ कि सक्दैन भन्ने कुरा नै सरकार निर्माण र पार्टी एकताको आधार हो ।
प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले समानुपातिकमा पनि राम्रै सिट ल्याउने पक्का छ । उसले ३५ प्लस सिट ल्याएको खण्डमा एमालेको कुल सिट संख्या ११५ प्लस हुन्छ । तर, यो बुहमतका लागि काफी भने छैन । बहुमत पुर्याएर एक्लै सरकार चलाउन १३ ८ सिट आवश्यक पर्छ । त्यसैले माअ‍ोवादीलाई साथ नलिनुको एमालेसँग अर्को विकल्प छैन । तर, एमालेले सरकार र पार्टीमा माओवादी र उसका नेतालाई कुन हैसियतका साथ स्वकीकार्छ भन्ने अहिलेको मुल प्रश्न हो । यदि उसले हेपाहा प्रवृद्धि र दम्भ देखाउने हो भने माओवादी एमालेसँगको सहमतिबाट पछि हट्छ सक्छ । जुन एमालेका लागि घातक सावित हुने निश्चित छ ।
एमालेबिना यसरी बन्न सक्छ सरकार
प्रतिनिधि तथा प्रदेशसभा कुनै पनि दललाई बहुमत प्राप्त नभएका कारणले मिलिजुली सरकारको बिकल्प छैन । यदी कांग्रेस र एमाले मिल्यो भने दुई तिहाई नै पुग्छ तर, त्यो सम्भव छैन । त्यसैले एमाले–माओवादी बाहेकको सरकारको बिकल्प खोजिन्छ भने त्यो हो कांग्रेस–माओवादी र मधेसवादी दलको संयुक्त सरकार । प्रतिनिधिसभातर्फ कांग्रेसले २३ सिट जितेको छ । समानुपातिकमा कांग्रेसको एमाले बराबर सिट आउने देखिन्छ । अर्थात, ३५ प्लस । सरसर्ती हेर्दा कांग्रेसको ६० सिट पुग्ने देखिएको छ ।
माओवादीको प्रतिनिधिसभातर्फ ३६ सिट छ भने समानुपातिकमा १५ सिट आउने निश्चित रहेको छ । यसरी माओवादीको ५० प्लस सिट संख्या हुन्छ । सरकार गठनका लागि आवश्यक १३८ सिट यी दुई पार्टी मिलेपनि पुदैन । तर, मधेसवादी दलहरु यदि कांग्रेस–माओवादी मिलेमा उनीहरुसँगै आउने पक्का छ । यसो गर्दा समाजवादी फोरमको र राजपाको ११ सिट प्रतिनिभिसभामा छ । दुवैले थ्रेस होल्डसमेत कटाइसकेका छन् । यसरी यी दुईको जोड्दा करिब २८ वा २९ सिट हुन आउँछ भने कांग्रेस–माओवादीको जोड्दा ११० प्लस हुन्छ । उनीहरु मिलेमा १३८ मज्जाले पुग्छ । तर, एमाले–माओवादी अब कसरी अगाडि बढ्छन् भन्ने विषयले नै यसको निर्धारण गर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी